आज चैं वैतेश्वर जग्गाबारे लेख्न अल्छि लागेको थियो । बैतेश्वर जग्गा विवादका बारेमा पत्रकारहरुका पनि आफ्नै आफ्नै बुझाइ भएका समाचारहरु आउन लागेका छन् । आज एक पत्रिकाले लेखेको समाचारमा एक जग्गादाताले लेखेको प्रतिकृया देखेपछि भने यो जाँगर चलेर आयो । वैतेश्वर जग्गा विवादबारेको यो तेश्रो सामाग्री हो । यसअघिका सामाग्रीहरु पनि तपाँइले हेर्नुभएको भए कुरा बुझ्न सजिलो हुन्छ । पहिलो भागमा जग्गाको केन्द्रका बारेको लफडा र दोश्रोमा जग्गा लिनका लागि बनाइएको समितिका बारेमा जानकारीहरु राखेको छु ।
तेश्रो भागको सुरुमा जग्गा विवादका बारेमा आएको समाचारमा एकजना जग्गादाताले राखेको प्रतिकृया जस्ताको तस्तै
'निष्पक्ष पत्रकार हुँ भन्ने लाग्छ भने यस्तो समाचार नलेखेको राम्रो । पाँडुडाँडाको जग्गा मिलिमिलि आफन्तको नाममा पास गरेका हुन् । जग्गा व्यवस्थापन गर्ने समितिलाई जग्गा बेच्ने अधिकार कसले दियो ? जगादाताले सोधभर्ना पाउँदा भनेको ठाउँमा नपाउने अनि पाउनुपर्ने जति नपाउने अनि जनप्रतिनिधि हरु रोजिरोजी जग्गा पाउने ?
जग्गा किन्ने मान्छेले 160 वर्गमिटर जग्गा पनि संयुक्तरूपमा पास गर्छ ? आफ्नो पाटिका धेरै परे भनेर समाचार मार्फत भ्रम छर्न पाइन्छ ? व्यवस्थापनको खर्च एउटा योजनाको 20 लाख मध्य 10 लाखले पुर्याएर 10 लाख पाइसकेका थिए । उनीहरुको नाममा जसको जग्गा आएको छ उनिहरुले एक पैसा पनि लिएका छैनन् । हामी जगादाताको इमान्दारीता र धैर्यता माथी खेल्ने अधिकार कुनैपनी व्यक्ती र पत्रकारलाई छैन । पाँडुडाँडाको जग्गामा लुट, भ्रष्टाचार र पदको चरम दुरुपयोग भएको छ ।'
यो कुरा पढेपछि तपाँइलाई पनि पक्कै केहि गडबढी छ भन्ने त लाग्यो होला नै । त्यसो भए गाउँपालिकाले जग्गा चाँहि कति लिन खोजेको थियो त । २०७४ असोज आठ गते बसेको गाउँ कार्यपालिकाको बैठकमा यसका बारेमा छलफल भइ निर्णय गरिएको थियो । उक्त बैठकमा २२ जना जग्गाधनिबाट २२ हजार ४७ व.मि जग्गा दान लिने उल्लेख छ । बैठकमा को जग्गाधनिबाट कुन कित्ताको कति व.मि. जग्गा लिने पनि खुलाइएको छ । २२ जनामा १ जनाले कित्ताकाट गरेर जग्गा दिने भनिएको छ भने बाँकि २१ जनाबाट पुरै कित्ता लिने भनिएको छ । पालिकामा जग्गा कति छ भन्ने विषयमा विवाद सुरु भएपछि २०७७ भदौ २१ मा गाउँपालिका आफैंले केन्द्र पाँडुडाँडामा २२ हजार ३ सय २५ व.मि जग्गा रहेको सार्वजनिक गर्यो । गाउँपालिका आफैंले निर्णय गरेको भन्दा पनि धेरै जग्गा पो रहेछ त । फेरि निर्णय गरेकै जग्गा नपाइएको भन्ने कुरा पनि आएको छ ।
यसमा उल्लेख भएका केहि जग्गादाता नेपाल बाहिर रहेका कारण जग्गा प्राप्त हुन नसकेको गाउँपालिकाले गठन गरेको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । के नेपालमै रहेका अरु जग्गादाताले दान दिने भनेको जग्गा दान दिए त । यसका बारेमा म अर्को भागमा लेख्नेछु ।
No comments:
Post a Comment