• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

पुनर्जन्मका बारे अमेरिकन वैज्ञानिकको विशेष खुलासा !

पूर्वीय दर्शनमा मानिसमा आत्मा र शरिर २ चिज हुने विश्वास गरिन्छ। शरिर मर्छ तर आत्मा मर्दैन। आत्माले अर्को अवतारमा जन्म लिने गर्दछ। पाप र धर्मको हिसाब आत्माले गर्ने विषयमा हिन्दु तथा वौद्ध धर्ममा विभिन्न प्रसङ्गहरु रहेका छन्। हिन्दु धर्ममा विष्णुले पटकपटक पुनर्जन्म लिएर राक्षसहरु विनाश गरेको कथाहरु रहेका छन्। 

पूर्वीय दर्शनमा धेरै गहिरो विश्वास राखिने यस पूनर्जन्मका विषयमा अमेरिका लगायतका देशमा विभिन्न खोज र अनुसन्धानहरु भइरहेका छन्। ५० वर्षदेखि यसका बारेमा अनुसन्धानमा जुटेका बैज्ञानिकहरुको एक समूहले पुनर्जन्मका बारेमा नयाँ तथ्य फेला पारेको दावी गरेको छ। 

अमेरिकाको भर्जिनिया विश्वविद्यालयको मनोचिकित्सा तथा स्नायुव्यवहार विज्ञान (Psychiatry and Neurobehavioral Sciences) विभागका इयान स्टेभेन (Ian Stevenson) र बाल मनोचिकित्सक जिम ट्युकर (Jim Tucker) ले पुनर्जन्मसँग सम्बन्धित २ हजार ५ सय घटनाहरुको अध्ययन गरेका थिए । विश्वविद्यालयका अनुसार यस्ता घटनाहरु विश्वका विभिन्न देशहरुबाट संकलन गरिएको थियो । 

ट्युकरका अनुसार अघिल्लो जन्मको कुरा गर्ने  २ देखि ५ वर्षसम्मका बालबालिकाको बारेमा अध्ययन गरिएको थियो । यस्ता बालबालिकाहरुले अस्वाभाविक व्यवहारहरु देखाउने र त्यस्तै कुरा गर्ने गर्दथे। उनिहरुले आफ्नो श्रीमान्/श्रीमतीका बारेमा कुराकानी गर्थे। आफू कसरी मरेको भनेर बताउने गर्दथे। कतिपयले अहिले नभएका घटनाहरु वताएर त्यसको असाध्यै डर लागेको वताउँथे । उनिहरु हुँदै नभएका घटना भएको भनेर डराउने गर्दथे । 

ट्युकरले यस्तै घटनाहरु उल्लेख गरेर पुस्तकसमेत लेखेका छन् । जीवनतर्फ फर्कंदा (Return to Life) नामको पुस्तकमा उनले वालवालिकाले पानीको प्रसङ्ग आउँदा आफु त्यसमा डुबेको बताउने गरेको प्रसङ्ग उल्लेख गरेका छन् । 

ट्युकरले अनुसन्धान गरेका घटनाहरुमध्ये जेम्स लेनिङ्गर (James Leininger) को घटनालाई धेरै महत्वका साथ हेर्ने गरिन्छ। २ वर्षको उमेरमा लेनिङ्गरले निरन्तर रुपमा हवाइजहाज दुर्घटना सपना देखेर तर्सने गर्दथे । यो सन् २००० को घटना थियो । 

उनी आफु पाइलट भएको र आफ्नो जहाँजलाई जापानीहरुले बन्दुक हानेर खसालेको बताउँथे । अनुसन्धानका क्रममा उनले उनले विमान खसेको स्थान, विमानमा भएका साथीहरु लगायतको विवरण पनि दिए । ट्युकरको टोलीले यसका बारेमा थप जानकारीहरु खोजी गर्दा यो घटना दोश्रो विश्वयुद्धमा भएको पत्ता लाग्यो। घटना विवरण दोश्रो विश्वयुद्धमा पाइलट रहेका जेम्स हस्टन(James Huston)
सँग दुरुस्तै मिलेको थियो । यो घटनाका बारेमा विभिन्न वृतचित्रहरु बनाइएका छन्। पुस्तकहरु पनि लेखिएका छन्। नेटफ्लिक्सले त सेरिज नै बनाएको छ 
‘Unexplained’ नाममा । 

जेम्सका जस्तै घटनाहरु अन्य पनि भएको ट्युकर दावी गर्दछन् । ७० प्रतिशत घटनाहरु हिंसाजन्य मृत्युसँग सम्बन्धित छन् । हत्या, आत्महत्या, दुर्घटनामा अकालमै ज्यान गुमाएकाहरु यस्ता घटनामा धेरै देखा पर्ने गरेको मनोविदहरु दावी गर्दछन् । 

पुनर्जन्मका बारेमा उपन्यास लेखेकी अमेरिकन लेखक बारबरा ग्राहम (Barbara Graham) आफूलाई नाजीहरुले यहुदीको संहार गर्दा मरेको मानिस भएको दावी गर्छिन । उनी भन्छिन् 'यातनापूर्वक मारिएका र अकालमा मरेकाहरुले अघिल्लो जन्मको कुरा सजिलै यस जन्ममा लिएर आउन सक्छन् ।' 

अमेरिकाको प्रसिद्ध अखबार त गार्जियन पोष्टले हालसालै पुनर्जन्मका बारेमा एक सामाग्री प्रकाशन गरेको छ। पोष्टका अनुसार एक दम्पतीले उनीहरुकि २ वर्षे छोरीले निनाका बारेमा बताएको उल्लेख गरे। छोरीले निनाका पाखुरामा अंक भएको र त्यसले उनलाई दूखित बनाएको बताइन् । 

दम्पतीले ट्युकलाई पनि भेटेका थिए । ट्युकले दम्पत्ती र उनीहरुकी छोरीसँग कुरा गरे। छोरीले घटनाका वारेमा विशिष्ट विवरणहरु दिन नसकेको हुँदा अनुसन्धान अगाडि बढाउन सकिएन। यो पनि धेरै अन्य अमेरिकन घटनाजस्तै पुष्टि गर्न नसकिएको घटना भयो । ट्युकले पोष्टसँग भने । 

ट्युक यो घटना पुष्टी गर्न नसकिनेमा पर्नुमा पश्चिमा देशमा पुनर्जन्मलाई मान्यता नदिइनु तथा नराम्रो मानिनु कारण रहेको विचार व्यक्त गर्छन्। धेरै अभिभावकले यसलाई रमाइलो स्वरैकल्पना मान्छन्  र यसलाई दवाउन प्रोत्साहित गर्छन् ।  

रायन हामोन्स (Ryan Hammons) को घटना यस्तैमध्येको एक हो । एक बालकले आफु अघिल्लो जन्ममा हलिउड अभिनेता भएको बताएका थिए। उनकी आमाले पोष्टसँग भनिन् छोराको कुरा सार्वजनिक भएपछि उनको समुदायका धेरैले उनी खराब अभिभावक भएको बताए। पुनर्जन्मका धेरै घटनाहरु यसलाई मान्यता दिने समाजबाट संकलन गरिएका छन् । प्राप्त प्रमाणहरुले पुनर्जन्म हुन्छ वा हुन्न भन्नेमा किटेर भन्न सकिने अवस्था नरहेको विज्ञहरु बताउँछन् ।  

२५ वर्षअगाडि सन् १९९९ मा मनोविद् इयान स्टेभेन्सनले पुनर्जन्मका बारेमा अनुसन्धान सुरु गरेका थिए । त्यो बेलामा उनले न्यु योर्क टाइम्स पत्रिकालाई अन्तर्वार्ता दिँदै भनेका थिए, 'विज्ञानले जे छ त्यसमा नयाँ विचारहरु विकास गर्छ र यसले वैज्ञानिकलाई तथ्यांकका आधारमा विश्वासहरु वदल्न वाध्य बनाउँछ ।' 
 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना