विमल गुरुङ्ग
सहायक प्रवन्धक
माथिल्लो तामाकोसी जलविद्युत आयोजना
- माथिल्लो तामाकोसी आयोजनाको पछिल्लो प्रगति के छ ?
अहिले तामाकोसीको काम धेरै द्रुत गतिमा अगाडी वढिरहेको छ । सिभिल ठेकदार भनेको लट १ भयो । लट २ र लट ३ भने चाँडै अव साईटमा आँउछ । लट नं ४ भनेको गोगरदेखी खिम्तिसम्म ४७ किलोमिटर प्रसारण लाईनको निर्माण पनि अव चाँडै निर्माण सुरु हुन्छ । यसको लागि भारतको केइसि इन्टरनेशनललाई हामीले छनौट गरिसकेका छौं । चाँडै ठेक्का सम्झौता हुन्छ । आयोजनाको निर्माण सुपरिवेक्षण गर्नका लागि नरकन्सल्ट ए एस लामे इन्टरनेशनल भन्ने कम्पनी छ यसको पनि सम्पूर्ण टिम अहिले साईट आईसकेको छ ।
- लट नं. ४ को टोली अलि अगाडी नै आईसक्नुपर्ने हैन र ?
त्यो निर्णय गर्न अलिकती समय लाग्या थियो । त्यो अहिले सकिईसकेको छ । हेडवर्कस बाट कुरा गरौं हेर्डवक्र्समा हामीले रिभर डाईभर्सन गरेर, ड्यामको आधा भागमा फलोड्याम बनाएर बाँधको फाउण्डेशन गर्ने काम गरिसकियो । त्यसभन्दा अगाडी बाँध बनाउने ठाँउको वारपार ७ मिटरको स्टिल पाताहरु राख्ने त्यसको अगाडी १५ मिटर ग्लटिङ गर्ने त्यहाँ सिमेन्ट पानी र हावको घोला राखेर त्यसलाई बलियो वनाउने काम अस्ति कात्तिकसम्म सकियो । अव फाउण्डेशनको काम रफ्तारमा जान्छ । बालुवा थिग्राउने पोखरकिो काम पनि धमाधम भईरहेको छ । निर्माण सामाग्री पनि अहिले धमाधम आईरहेको छ ।
करिब २ हजार टन सिमेन्ट १ महिनामा नै आईसकेको छ । हजारौं टन थप आँउदैछ । मूख्य सुरुङ्ग आठ किलोमिटर छ । त्यसमा २ किलोमिटरको काम सम्पन्न भएको छ । पेनस्टक अडिट स्याप करिब ९ सय मिटर थियो । त्यो मंसिर ५ गते सकियो । विद्युतगृहमा जाने १२ सय मिटर अडिट सकेर जहाँ भोली टर्वाईन जेनेरेटर बस्छ । त्यसको काम पनि धमाधम भैरहेको छ । पावरहाउसबाट निस्केको पानीलाई तामाकोसीमै पु¥याउने ३ किलोमिटर लामो टेलरेस सुरुङ्गको काम ४ ठाँउबाट भईरहेको छ । कबि ११ सय मिटर खनिसकेको अवस्था छ ।
- तामाकोसीमा पटक पटक विष्फोटक पदार्थका कारण काममा समस्या परेको खबर आँउछ, अहिलेको अवस्था कस्तो छ ?
अहिले एकदम सहज भाको छ । मेलम्ची खानेपानी आयोजनामा रहेको करिब १ सय १० टन त्यहाँबाट ल्यायौं । त्यसपछि अस्ति भर्खर हामीले २ ट्रिप ल्याईसक्यौं, करिब करिब १२० टन । यसले हामीलाई ३, ४ महिना काम गर्न पुग्छ ।
- आयोजनाको निर्माणमा गुणस्तरहिन सामाग्री प्रयोग भएको हल्ला छ नी वजारमा ?
गुणस्तरमा त अन्तराष्ट्रिय परामर्शदाता छ । यसमा कुनै पनि किसिमको सम्झौता गर्ने कुरा नै छैन । यो आयोजना त २, ४ वर्ष चल्ने हैन १०० वर्ष चल्ने हो । गुणस्तर कायम गर्नका लागि हरेक २, २ हप्तामा हाम्रो गुणस्तर नियन्त्रण (क्वालिटी कन्टोल)को मात्रै मिटिङ हुन्छ । गुणस्तर कायम राख्ने जिम्मा सबै ठेकेदारको हुन्छ । उसले गरेको कुनै काममा गुणस्तर कायम राख्न नसकेको भेटिए उसलाई हामी त्यो काम फेरी गर्न लगाउँछौं । हल्ला फैलाउनेहरु त छन तर हामीले गुणस्तर कम हुने कुनै खालका कामहरु गरेका छैनौं ।
- तामाकोसी आयोजनामा सुरुमा निर्धारण गरिएको कार्यतालिका बमोजिम काम हुन सकेको छैन । अहिले हामी कार्यतालिका अनुसार छौं त ?
जनु सेड्युल (तालिका) थियो सुरुको । सुरुमा नै ढिला भयो । जुन महिनादेखी काम सुरु गर्ने भनेर भनिएको थियो । तयो काम ठेकेदारको कारणले गर्दाखेरी र देशको परिस्थितीले गर्दाखेरी र निर्माण उपकरण आयात एक्सप्लोसिभका लागि अनुमति लिने यस्ता कुराहरुले गर्दा करिब १ देखी डेढ वर्ष काम विना नै ढिला भयो । अगाडी ढिला भएर ८ नौ महिना ढिला भयो । अहिले त्यसलाइृ पनि मेक अप गर्ने गरि रिभाईज्ड सेड्युलहरु वनाएर जहाँ जहाँ क्रिटिकल प्वाईन्टहरु हो जसले आयोजनाको समयअवधी लम्ब्याउँछ । त्यस पक्षमा वढि फोकस गरेर अहिले काम गरिरहेका छौ. । अहिलेको अवस्थामा हामी कार्यतालिका भन्दा २ महिना ढिला छौं । तर यो पनि हामी केही समयमै मिलाउने प्रयत्नमा छौं ।
- त्यसो भए आयोजना समयमा सकिन्छ त ?
आयोजनाले निर्धाण गरेको पहिलो युनिटचाँही २०७२ को बैशाखमा ल्याएर त्यहि वर्षको बैशाखभित्र सम्पूर्ण युनिट सक्ने । सुरुमा गरिएको स्विकृत लागत जुन हो त्यसैमा सबै काम सम्पन्न गर्ने हाम्रो उद्धेश्य छ ।
No comments:
Post a Comment