अर्जुन दाहाल
नेपाली पुँजीमा दोलखाको लामावगरमा वन्न लागेको माथिल्लो तामाकोशी जलविद्युत आयोजना नेपालका ठुला विद्युत आयोजनामध्ये १ हो । कुल ३५ अर्व २९ करोड रुपैंयामा निर्माण सम्पन्न हुने भनिएको यो योजनाको हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।
आयोजनाले सुरुमा निर्धारण गरेको समयसिमाभन्दा आयोजना अझै दुई महिना ढिला छ । यो कुरालाई आयोजनाका पदाधिकारी स्विकार गर्छन । आयोजनाका सहायक प्रबन्धक विमल गुरुङ्ग भन्छन विभिन्न कारणले आयोजना आफैंले निर्धारित समयसिमामा काम हुन सकेको छैन । तर अहिलेको प्रगतिको अवस्था हेर्दा हामी समयमा नै आयोजना निर्माण सम्पन्न हुन्छ भन्ने अवस्थामा पुगेका छौं ।
आयोजनाको काम चार खण्डमा बाँडेर अगाडी बढाइएको छ । जसअन्तर्गत पहिलो खण्डमा सिभिल संरचना, दोश्रो खण्डमा हाइड्रोमेकानिकल, तेश्रो खण्डमा इलेक्ट्रोमेकानिकल र चौथो खण्डमा प्रसारण लाईनको काम गरिनेछ । यसमा सिभिल संरचनाको काम चिनिया कम्पनी सिनो हाइड्रोले गरिरहेको छ । गएको वर्षमा सिभिल संरचनाअन्तर्गतको काममा सडकका कारण केही दिन काम रोकिएको थियो । आयोजनाको सिलान्यास हुँदा तत्कालिन उर्जामन्त्रि गोकर्ण विष्टले स्थानियलाई सम्वोधन गर्दैे ३ सिफ्ट काम गरेर पनि तामाकोसी समयमा नै आउने वताएका थिए ।
जलविद्युत आयोजनाका बारेमा जानकार दोलखाका पत्रकार दिलबहादु केसी पनि माथिल्लो तामाकोसी समयमा नै निर्माण सम्पन्न हुने वताँउछन । उनि भन्छन “आयोजनाको अहिलेको कामको गतिलाई हेर्दा निर्धारित समय र तोकिएकै लागतमा पूरा हुनसक्छ भन्ने आशा जगाएको छ किनभने आयोजनाको ४० प्रतिशत काम पूरा भएको छ । १६ किलोमिटर सुरुङ मध्ये झण्डै आधा पूरा हुन लागेको छ ।
आयोजनामा २४ सै घण्टा काम भइरहेको कारण पनि आयोजना समयमा पुरा हुन्छ भन्न सकिन्छ ।”
तामाकोसी आयोजना समयमा नै निर्धारित समय र लागतमा बन्न नसके त्यसले देशमा खराव सन्देश प्रवाह हुनाले पनि तामाकोसी समयमै सकिुनपर्ने पत्रकार केसीको भनाई छ । “आयोजना समयमा पूरा हुँदा नेपालको जलविद्युतमा अब स्वदेशी पुँजी र जनशक्ति नै सकिदो रहेछ भन्ने सन्देश जान्छ । त्यसलाई प्रमाणित गर्न पनि अहिलेको व्यवस्थापकीय टिमले प्रभावकारी काम गरेर देखाउन जरुरी छ ।” केसीले भने ।

No comments:
Post a Comment