अर्जुन अपवाद
तिम्ले हुन्न भन्यौ, बाटो मोडियो
घात ग¥यौ अनि, नाता तोडियो ।
एक्लै दौडिएर, के जित्नु छ र ?
नयाँ सम्बन्ध, अन्तै जोडियो ।
अबेर भयो की ? तिम्रो निर्णय
राम नाम जप्न, बर्को ओडियो ।
विश्वास न हो, संसार थेग्ने
छुद्र वचनले, दिल फोडियो
माटोमै हुर्कन्छ, निम र ऊखु
फल लिन लाई, वृक्ष गोडियो ।
कस्ले देख्या छ ? भोलिको घाम
राम्रैसंग जाउ, साथ छोडियो ।
२०६९÷०८÷०९
No comments:
Post a Comment