गाँउमा उब्जिएको खानेकुराले वर्षभर खान पुग्दैन । २ वटा छोरा र १ छोरीलाई पढाउनु पर्ने जीम्मेवारी पनि छ । दोलखाको लामिडाँडा गाविसकी पार्वती दर्जीले गाँउमा आफ्ना लागि गर्न सक्ने काम देखिनन ।
गाउँमा कम नदेखेछी २ वर्षअगाडी उनले विदेश जाने विचार गरिन र यसका लागि घरसल्लाह गरिन । श्रीमान भुवानेसिं दर्जीसंगको घरसल्लाहमा २ जनाले विदेश जाने सल्लाह गरे । काठमाण्डौमा रहेकी भाञ्जी विनु मगरले विदेशमा काम गर्न जान सल्लाह दिईन । उनकै सल्लाहमा कुवेत उड्ने निधो पनि भयो । मासिक १५ हजार रुपैंया तलब पाउने गरि कुबेतमा घरेलु काम दारका रुपमा काम गर्न जान पाउने गरि उनि विदेश उडिन । गाँउमा अरु पनि महिला विदेश गएकै थिए । काममा गएको पहिलो महिना उनले भनेको काम र तलब पनि पाईन । १ महिनापछि काम गर्ने घरमा खटपट सुरु भएपछि उसले काम बाट निकालिदियो पासपोर्ट पनि दिएन । आँउदा लागेको ऋण तिर्नका लागि पनि उनले काम गर्नैपर्ने बाध्यता थियो । उनले घरमा आफ्नो पासपोर्ट खोसिएको जानकारी पनि गराईन ।
बेलाबेलामा फोन सम्पर्क हुने गर्दथ्यो । श्रीमान आलम्पुमा टेलरिङ्ग व्यवसाय गर्छन । तर पछिल्लो पटक बैशाखको पहिलो हप्ता फोन आएपछि फोन आएको छैन । बेलाबेलामा रेडियोले बेबारिसे लाश भेटिएको कुरा गर्दा श्रीमान भुवान झस्कन्छन । “पछिल्लो पटक रेडियोले इराकमा लाश भेटियो भन्यो । फोन गर्न खोजें लागेन के गर्नु के गर्नु,” चरिकोटमा भेटिएका उनले गुनासो पोखे ।
No comments:
Post a Comment