• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

के मा पढौं हामी ?


विद्यालयमा ३ हप्ता अगाडी नै पढाई सुरु भैसक्नुपर्ने थियो । अझै भएको छैन । यो महिना पनि त्यत्तिकै बित्ला जस्तो छ । ९ कक्षा पास भएर १० कक्षामा पढ्ने ४० जनाको दैनिकी विद्यालय जाने र फकर्ने मात्रै भएको छ । अझै यसरी कति दिन वित्ने हो यसको जवाफ उनिसंग त छैन नै उनलाई बाटो देखाउने शिक्षकहरुसंग पनि छैन ।
विद्यार्थीहरु प्रत्येक दिन विद्यालय जान्छन । गफगाफ गर्छन र फर्कन्छन । किताब कहिले आँउछ ? प्रत्येक दिन विद्यार्थीहरुले सोध्ने प्रश्नले शिक्षकहरु आजित छन । “खै,”  विद्यार्थीले सोधेका प्रश्नका यसभन्दा बढि जवाफ शिक्षकहरुसंग पनि छैन ।
रामेछापको गोश्वारा गाविसबाट २ दिन खर्च गरेर चरिकोट आएका बुद्ध लामा आफ्नो विद्यालयको दैनिकी वताँउदै थिए । ४ सय २ रुपैंया पर्ने किताब लिन उनका लागि चरिकोट सम्म आईपुग्दा नै उनको ३ सय ५० रुपैंयाभन्दा बढि गाडीमा भाडा तिर्दै सकियो । विचमा बास बसेको र खाना खाजाको त हिसाब नै गरेको छैन । “सबै हिसाब गरिसकेको छैन । १५ सय खर्च बोकेर आको छु । फर्केर घरपुग्दा सबै सकिन्छ होला,” उनले भने ।
जिल्ला शिक्षा कार्यालयले साझा प्रकाशन भन्दा बाहेकका किताब नकिन्न विद्यालयहरुलाई उर्दी जारी गरेको छ । विद्यार्थीहरु किताब नपाएपछि तीन दिन खर्च गरेर किताब किन्न चरिकोट आईपुगेका छन । उनलाई अन्य साथीहरुले पनि किताब किन्न पठाएका रहेछन । चरिकोटको कार्की बुक्समा किताब किन्न लागेका उनि किताब हतार हतार प्याक गर्दै थिए । “आज गएर मुढे बस्ने । भोलि बेलुका घर पुग्छु होला । उनले आफ्नो योजना सुनाए । विद्यालयमा कत्ति भन्यौं । आफैं किनेर ल्याउ भन्छन सरहरु । अनि किताब किन्नै भनेर आ’को ।
रामेछापका धेरै स्थानमा यस्तै समस्या छ । चरिकोटको कार्की बुक्स एण्ड स्टेशनरीका प्रोपाईटर प्रकाश कार्कीले भने । उनका अनुसार जिल्लाको चुचुरे, ठोसे लगायतका स्थानबाट धेरै विद्यार्थी किताब किन्नका लागि आएका छन ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना