• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

स्विकारोक्ति

हो मैले जानिन
तिम्रो नियम मानिन
त्यसै कारण
तिम्रो समाज मलाई बहुलाहा उपाधी भिराँउछ ।
मैले अझै बुझ्न सकेको छैन ।
यो समाज यो संसार

सुरु गर्ने त
तिमी नै थियौ ।
तिम्रा पछि अरुहरु लागे
मलाई कसैले सुनेन ।
कसैले बुझेन ।

नजिक पर्दा
अर्कातर्फ मुन्टो फर्काउँछौ ।
समाजका अघिल्तिर
सज्जन र भलाद्मी हुने
प्रतियोगिताको ताज पहिरिन
थुप्रै तर्क प्रस्तुत गर्छौ
मेरा विरुद्ध हरपल

म धेरै जान्दिन
भगवानको रुप फेरिन्छ अरे
त्यो भन्दा धेरै
तिम्रो रुप फेरिन्छ ।
दिन भरिको तिम्रो भलाद्मीपन
सूर्य लुकेपछि मेरो थाङ्नामा गुटमुटिन्छ ।

म सोच्न सक्दिन
यहि नै हो तिम्रो विश्वास
म नसाचेको जस्तै गर्छु
यर्थाथ यहि हो ।

म कुरुप नै हुँ
समाज स्विकार्छ ।
तिमी कुरुप थियौ भन्ने थाहा पाउन
त्यसका लागि प्रमाण जुटाउन
र दोषि सावित गर्न
यो समाजलाई कति समय लाग्ला ?

तिनीहरु विश्वास गर्दैनन्
म ज्युँदै छु अझै
म नै प्रमाण हुँ
खोतलेर त हेर ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना