झण्डै ३५ अंक प्रसारण भइसक्दा पनि कसैले एउटा पत्रसम्म लेखेनन् कार्यक्रमका लागि । प्रत्येक कार्यक्रमको अन्तमा कार्यक्रमका लागि प्रतिक्रिया माग्नका लागि हाम्रा पत्राचार तथा इमेल ठेगना दिने गरिन्थ्यो । बाटोतिर भेट्दा कार्यक्रम राम्रो छ भन्ने भेटिन्थे कोही कोही । कुनै कुनै बेलामा लाग्ने गथ्र्यो यत्ति धेरै दूख गरेर बनाएको कार्यक्रम केहि न केहि कामको त भएको छैन ?
४५ मिनेटको कार्यक्रम, सरदरमा ६ जना बक्ताहरु । एक विषयमा कार्यक्रम अवधिभर पक्ष वा विपक्षमा मात्र रहनुपर्ने । धेरैजना मानिस रहेका कारण एकजना बक्ताले कार्यक्रमलाई जन्ति बहस भन्ने नाम पनि दिएका थिए । विषय खोज्यो उपयुक्त मान्छे पाईन्न । मान्छे भेटियो उनिहरुका समय लिन नै कठिन । समय लियो सबै मानिसहरु एकै समयमा आइदिन्नन । अगाडी आउने मान्छे दिक्क मान्न थालीसक्छन । अर्को पक्ष आइपुगेको हुँदैन । फोन ग¥यो आँउदैछु भन्छन । कत्तिपटक त ल मैले विर्सेछु सरी है भन्ने जवाफ पनि आँउछ । बल्ल बल्ल समय मिलाएको मानिसलाई आज कार्यक्रम रेर्कड हुन सकेन भनेर फर्काउनुपर्दाको अप्ठ्यारो आफ्नै ठाँउमा छ ।
कार्यक्रमको तयारीका लागि पर्याप्त सामाग्री पाईन्न । इन्टरनेटमा खोज्यो अधिकांश सामाग्री अंग्रेजी भाषामा हुन्छन । ती पनि अन्य देशका । स्थानिय सवालसँग तिनको गोरु वेचेको साईनोसम्म पनि हुँदैन । केही सामाग्री भेटियो भने तिनकै आधारमा आकलन गरेर विभिन्न विषयहरु वनायो कार्यक्रम चलायो ।
२ वर्ष अगाडी नेपालमा विभिन्न सामाजिक सवालहरुमा बहस चलाउने संस्था सामाजिक संवादका लागि सहकार्यको एउटा कार्यक्रममा पोखरामा थियौं । कार्यक्रममा विभिन्न ठाँउबाट आएका साथीहरुले विभिन्न योजना पेश गरे । मसँग त्यस्तो कुनै योजना थिएन । म त्यहाँ योजनाका साथ गएको पनि थिईन । साथीहरुका योजना सुन्दै गर्दा एउटा रेडियो कार्यक्रम नै किन नबनाउने भन्ने लागेर हामी छलफलको एउटा रेडियो कार्यक्रम निर्माण गर्छौ भन्ने प्रस्ताव राख्यौं । यो प्रस्तावमा हौसला आएन वरु झारा टार्न बनाईएको प्रस्तावका रुपमा लिए सबैले । कार्यक्रम उत्पादनका लागि मसँग त्यस्तो ज्ञान थिएन । समाचार संकलकका रुपमा मैले रेडियो पत्रकारीता सुरु गरेको थिएँ । त्यसमा पनि रेडियो पत्रकारीताका लागि नभै नहुने आधारभुत रेडियो पत्रकारीता तालिम पनि लिएको थिइन ।
एकजना मानिसलाई ल्याएर अन्तरवार्ता गर्ने काम त सबैले गरिरहेका नै थिए । त्यो काम गर्दा कुनै पनि नयाँपन ल्याउन सकिने थिएन । सामुहिक रुपमा मानिसहरु वोलाएर गरिने अन्तरवार्ता पनि केही ठाँउमा गरिएकै थियो । हामीले त्यसभन्दा अगाडी गएर कुनै एक सवालमा पक्ष र विपक्ष नै जम्मा गर्ने योजना निर्माण गरियो ।
कार्यक्रम १० अंक जत्ति चलाउन सकिएला त्यसपछि त्यत्ति नै बेला सोचौंला जतिखेर आवाश्यक पर्छ भन्ने सोचाई थियो सुरुमा । पछि गर्दै जाँदा ३० अंक पुरा गरियो । त्यसपछि कार्यक्रम रोकियो नै । कार्यक्रम उत्पादनका लागि सहयोग गर्ने कोही सहयोगी पनि थिएनन् ।
एकदिन एउटा फोन आयो । मोबाईलमा नम्बर सेभ थिएन । फोन गर्ने महिला थिईन । उनले भनिन हामी तार्किक निष्कर्श पुन सुरु गर्नुपर्छ भनेर यहाँ सहयोग संकलन गर्ने अभियानमा छौ. । म के जवाफ दिने के जवाफ नदिने अन्यौलतामा परें । स्थानिय ठाँउमा मानिसले एउटा रेडियो कार्यक्रमका लागि सहयोग उठाँउदा त्यसलाई कसरी लेलान भन्ने थियो । मैले त्यसै भएर म रेडियोसँग कुरा गरेर तपाँईलाई फोन गरौंला भनेर टारें ।
फोन गर्ने रामेछापको सुमी मगर थिईन । रेडियोका धेरै कार्यक्रम नियमित सुन्ने श्रोता थिईन उनि । मैले युवाहरुका बारेमा केन्द्रित तन्नेरी पुस्ता चलाँउदा उनका पत्र आउने तथा मेरो मोबाईलमा म्यासेजहरु आउने गर्थे । कार्यक्रममा एस एम एस प्रतिक्रियाका लागि मेरो मोबाईल नम्बर दिने गरिएको थियो । मैले उनलाई चिनेको त्यत्ति सम्म मात्रै हो । पैसा उठाउने कुरा सुन्दा म अचम्ममा परें । लाग्यो यो किशोरमनको एउटा रमाईलो पुरा नहुने रहर हो ।
गाँउमा छँदा रेडियो धेरै सुनिन्थ्यो कत्ति कार्यक्रमहरु आँउथे र निश्चित समयपछि बन्द हुन्थे । बन्द गर्नुभएन भनेर चिठी पनि लेखियो होला थुप्रै पटक । तर यसरी साथीहरुविचमा पैसा नै उठाउन भने लागिएन । गाँउमै एउटा कार्यक्रम आयोजना गर्न पनि पैसा जम्मा हुँदैनथ्यो । पैसा उठाउने कुरा गर्दा मच्चिएर कुरा गर्नेहरु पैसा झिक्ने बेलामा भने विभिन्न बहाना राखेर तर्कने गर्थे । कत्ति पटक त साथीहरुका विचमा झगडै भएको छ ।
पैसा उठाँउछौं भनेको केहीदिनपछि फेरी फोन आयो । फोन गर्ने सुमी नै थिईन । हामीले अलिकति पैसा संकलन गरेर पठाएका छौं । त्यसले तपाँईहरुलाई अलिकती भए पनि सहयोग गर्ला भन्ने आश छ । कुराकानीका क्रममा अँ अँ । हो । ए । भन्ने भन्दा कुनै बढि कुनै कुरा भनिन । के भन्ने के नभन्ने भन्ने कुरा सोच्दा सोच्दै फोनको कुरा सकियो ।
एकदिन रिर्पोटीङ्ग सकेर रेडियो पुगेको थें । निर्मला दिदीले तपाँईलाई एउटा चिठी आएको छ भनेर भनिन । मलाई चिठीको बारेमा धेरै उत्सुकता जागेन । कसैले पठायो होला भन्ने सोचें । उनले चिठी रामेछापबाट आएको छ भनेर भनिन । मलाई चिठी सुमिले पठाएको होला भन्ने थियो । चिठी कहाँ छ भन्ने कुरा भयो । सबैले चिठी देखेको सम्म वताए । तर कसैले चिठी यहि ठाँउमा छ भनेर बताउन सकेनन ।
बल्ल बल्ल चिठी भेटियो । एकापट्टिको भागमा पुरै टिकटले छोपेको थियो । ५ रुपैंया जाने ४ वटा र १ रुपैंया जाने ५ वटा टिकटका कारण त्यस भागमा थोरै मात्र ठाँउ बाँकी थियो ।
चिठीमा रकम पनि छ भन्ने मलाई थाहा थियो । स्टेशन म्यानेजर रामचन्द्र गिरी आफ्नै कार्यकक्षमा थिए । मैले उनलाई चिठी देखाँए । सँगै कार्यकारी निर्देशक पनि थिए होम पाठक । उनिहरु दुवैलाई यसले उत्साहित पारेको थियो ।
खाममा चिठी । चिठी भित्र जतनसाथ बेरीएका नोटहरु २१ ओटा । जम्मा रकम १ हजार २ सय ८० रुपैंया । सबैभन्दा ठुलो नोट १ हजारको थियो । सानो ५ रुपैंयाको । त्यसभन्दा साना त छापिनै छोडीसके क्यार ।
चिठी पढें । धेरै कुरा लेखिएको थिएन । गौरीशंकर उच्च माध्यामिक विद्यालयमा पढ्ने साथीहरु विचमा संकलन गरिएको जानकारी र रकम प्रदान गर्ने २५ जनाको नाम थियो । स्कुले जीवन पैसा नै कहाँ हुन्छ र ? साथीहरु बिचमा १५ रुपैंयादेखी १ सय ५० रुपैंयासम्म उठाइएको रहेछ । धेरैले रकम दिने वाचा गरेर पनि दिएनन् पत्रमा लेखिएको थियो ।
नाप्ने आधार केलाई बनाउने भन्ने कुराले न हो धेरै र थोरै छुट्ट्याउने । मेरा लागि यो अत्यन्तै धेरै रकम हो । त्यो भन्दापनि ठुलो कुरा कार्यक्रमको आवश्यकता कसरी महशुस गरिएको रहेछ भनेर थाहा पाउने एउटा माध्यम पनि भयो यो मेरा लागि ।
कार्यक्रम यहाँसम्म आईपुग्न धेरै व्यक्तिहरुको साथ र सहयोग छ । जसलाई भुल्न मिल्दै मिल्दैन । सामाजिक सम्वादका लागि सहकार्य एएसडी जसले कार्यक्रमको अवधारणा वनाउनका लागि सहयोग ग¥यो, अध्ययन सामाग्री उपलव्ध गराएर विषयवस्तुहरुमा सुझाव दिएर । त्यसैगरि नेपाल डिबेट इनिसियटिभ, दोलखा डिबेट क्लव, रेडियो शैलङ्ग सामुदायिक एफएम दोलखा, व्यक्तिगत रुपमा सामाजिक सम्बादका लागि सहकार्य (ASD) का सहायक निर्देशक प्रेम सापकोटा, नागरिक दैनिकका तिलक पाठक, आदरणिय दाई विष्णु सुवेदी, स्टेशन म्यानेजर रामचन्द्र गिरी, दोलखा डिबेट क्लवका साथी गणेश बुढाथोकी लगायतको कार्यक्रम यहाँसम्म ल्याईपु¥याउन अमूल्य योगदान छ । आशा छ अगाडीको यात्रामा पनि साथ पाईरहनेछु ।
apawad@hotmail.com
No comments:
Post a Comment