• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

झुसेफलको करामत

श्याम खड्का सुष्पाक्षमावतीका स्थायी वासिन्दा हुन । चरिकोटमा वसोवास गर्दै आएका उनको घरमा २०४४ सालतिर लामोसाँघु जिरी सडकमा काम गर्ने एक इञ्जिनियर डेरा गरेर बस्थे । जे एफ मेसी नामका तिनै विदेशीले उनको घरमा एउटा अनौठो जातको विरुवा रोपेर त्यहाँबाट हिंडे । “आफु पनि त्यसबेला कामको सिलसिलामा घरबाहिर थिएँ । जान्छु भन्यो भन्ने खबर आको थ्यो जानु भनिदिएँ,” उनले विगत सम्झँदै भने । 
उनका घरमा बसेका विदेशी सडक इञ्जिनियर जे एफ मेस्सिले रोपिदिएको त्यो विरुवा दिनप्रतिदिन वढ्दै गयो । केही वर्षमा नै फल फल्न पनि लाग्यो । तर नयाँ फल काउसो नै काउसो भएको देखेपछि यस वोटको नाम उनिहरुले झुसे फल राखिदिए । खान पनि डर लाग्ने भएपछि उनले यस वोटका वारेमा जिल्लाका कृषिको क्षेत्रमा सरकारी तथा गैरसरकारी कार्यालयमा सोधखोज गरे । कसैले पनि यसका बारेमा जवाफ दिन सकेनन् । ६१÷६२ सालमा उनको घरमा केशव शिवाकोटी घरमा आए । घरमा अनौठो बोट देखेपछि उनले भने “तपाँईको घरमा त सुन पो फल्दो रैछ त !” शिवाकोटीको कुराले खड्का छक्क परे । त्यसबेलासम्म त्यो अनौठो बोटका बारेमा कुनै जानकारी नपाएका उनलाई शिवाकोटीले नै त्यो विरुवा र फलका वारेमा जानकारी दिए । 

किवी नर्सरीमा खड्का       तस्विर   सन्तोष बोहोरा 
उनले वर्षेनी कुहाएर फ्याक्ने गरेको अनौठो बोटको फल त सयौं रुपैंया प्रतिकेजीमा विक्रि हुने फल रहेछ । त्यो अत्यन्तै पोशिलो फल किवि रहेछ । खड्का भन्छन “त्यसपछि मैले यस फलको विरुवा बढाउनुपर्छ भन्ने लागेर विरुवा उत्पादन गरेर खेती विस्तार गर्न लागें ।”
कुनै दिन नचिनेर खेर फ्याक्ने गरिएको यो फल नै अहिले खड्काको जीविकोपार्जनको मूख्य आधार बनेको छ । दोलखाको पहिलो किवि नर्सरी आमा किवि नर्सरी स्थापना गरेका उनले गत वर्ष मात्र विरुवा विक्रिवाट झण्डै डेढ लाख आम्दानी गरे । यस नर्सरी स्थापना गर्न उनले राम्रो संस्थामा गरिरहेको काम छोडेका थिए । आजसम्म यो निर्णयप्रति पछुतो नलागेको उनले वताए । नर्सरीबाट यस वर्ष १७ हजार विरुवा वेच्ने लक्ष्य छ । एक विरुवाको तीन सय पचास रुपैंया पर्ने गर्छ । “माग त यत्ति धेरै छ की अहिले मसँग विरुवा छैन अर्को वर्ष आउनुस भन्नुपर्छ । ५ हजार विरुवा माग गर्नेलाई ५ सय विरुवा दिएर पठाउनुपर्ने अवस्था छ”, खड्का भन्छन ।
चरिकोट वजारका श्यामकृष्ण श्रेष्ठ ४ रोपनी जग्गामा किवि खेती गर्न कस्सिएका छन । अहिले ६० वोट किवि रोपेका श्रेष्ठले भने “भविष्य राम्रो देखेर नै बजार छेउको घडेरीमा विक्रि हुने जग्गामा खेती गर्न लागेको हुँ ।”
१ हजार २ सय मिटरदेखी २ हजार ४ सय मिटरको उचाईसम्म किवि फलको खेती गर्न सकिन्छ । दोलखा जिल्लामा किवि खेतीमा काम गरिरहेको संस्था वागवानी विकास केन्द्र बोचका अधिकृत चन्द्रमान श्रेष्ठ भन्छन “दोलखामा यो उचाई भएको क्षेत्र धेरै भएका कारण यसको खेती फस्टाउन सक्छ ।” 
फल फलेको किवीको बोट   तस्विर   सन्तोष बोहोरा 
व्यक्ति मात्रै हैन किवि खेतीमा दोलखाका स्थानीय निकायहरु पनि विगतवर्षदेखी नै संलग्न हुँदै आईरहेका छन । बोच गाविसले गाविसलाई नै किवि गाविस बनाउने भनेर २ वर्ष अगाडीदेखी नै प्रत्येक घरमा किवि रोप्ने अभियान नै सञ्चालन गरेको छ । गाविस सचिव श्यामकृष्ण थापा भन्छन गाविसमा किवि फलको सम्भावना राम्रो छ भन्ने लागेपछि अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरिएको हो । अहिलेसम्म गाविसले यस अभियानमा झण्डै पाँच लाख रुपैंया खर्च गरिसकेको थापा बताँउछन । गाविसले १ सय ५० घरधुरीमा १ हजार पाँच सय विरुवा वितरण गरिसकेको छ । 
वागवानी केन्द्र बोचका प्रमुख चन्द्रमान श्रेष्ठ भन्छन दोलखामा अहिले यसको महत्व बुझ्न थालिएको छ । किसानहरु आफैं यसका बारेमा बुझ्न र्फममा आउन थालेका छन । फर्मले वर्षमा करिब ५ हजार विरुवा उत्पादन गर्ने क्षमता राख्दछ । तर एक जिल्लाबाट नै आठ नौ हजार विरुवको माग आउन थालेको छ । जिल्लामा झण्डै पाँच सय मानिसहरु यसको व्यवसायीक खेतीमा लागेको उनले वताए । उनी भन्छन “अहिले किवि नेपालमा विदेशवाट आयात भैरहेको अवस्था छ । किसानहरुको जाँगर हेर्दा केही वर्ष भित्रमा नैं यो अवस्था फेरीने देखिएको छ ।”

यसबारेमा तयार पारिएको रेडियो रिपोर्ट सुन्नुहोस । 



apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना