दोलखाली नेता भीमबहादुर तामाङसँगका मेरा त्यस्ता धेरै प्रसङ्गहरु छैनन् । २०६४ सालमा गाँउमै हुँदा भोट माग्न आएको भने राम्रैसँग याद छ । खेतबारीको काममा व्यस्त हुँदा उनि दलबलसहित बारीमा नै भोट माग्न आएका थिए । उनीसँग भेट हुँदा म बारीमा जोत्दै थिएँ । लुगा सायद मैलो थियो होला ।
त्यसबेला मेरो पत्रकारीताको कखरा भर्खर सुरु भएको थियो । दलबलका एकजनाले मेरो बारेमा भीमबहादुरलाई परिचय गराएका थिए । "उ पत्रकार हो" । चिनाउनेले भनेपछि "राम्रोसँग गर्नुस है" भनेका थिए भीमबहादुरले । हुन्छ भनेँ की बोलीन । मैले अहिले बिर्से ।
भीमबहादुरसँग नजिकैबाट त्यसअघि भेट भएको थिएन । संविधानसभाको चुनाबमा उनले पराजय बेहोरे । मलाई उनको त्यो सहजताले प्रभाव पारेको थियो । सदरमुकाम नै बसेर पत्रकारिता गर्ने भएपछि भने दोलखा आएका बेला पटक पटक उनिसँग भेट हुन्थ्यो । तर दोहोरो कुराकानी हुने अवसरहरु जुटेनन् ।
कानुनमन्त्रिसमेत भईसकेका व्यक्तित्व । जीवनशैली भने एकदमै सरल हुन्थ्यो । दोलखा आँउदा धेरै पटक सार्वजनिक बसमा यात्रा गरेका थिए उनले । मृत्यु भएको वर्ष दिन पुग्न पनि धेरै महिना बाँकी छैन । यीनै व्यक्तित्वको हस्ताक्षर एउटा ब्लगमा भेटेपछि त्यो यहाँ राखेको छु । उनले आफ्ना मित्रलाई लेखेको चिठी हो यो । यो चिठी पत्रकार शम्भु गौतमको ब्लग देउरालीबाट लिईएको हो ।
No comments:
Post a Comment