• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

टुक्रा टाक्री ३

      अपवाद
           १ 
ण गरेर छाना
छाउनु गल्ति थियो
दुइको बीचमा म
आउनु गल्ति थियो

उसले त भन्या थ्यो
मेरो अर्कैतिर छ ।
कर गरेर माया
लाउनु गल्ति थियो ।।

२ 
कती साह्रो रिस गर्छौ, केही कुरा गरौं न हो
एक्लै जानु गाह्रो हुन्छ, संगै नदि तरौं न हो |
कैले काँही गल्ती हुन्छ, स्विकारी नै सकिसकें
रिस राग छोड्दै अव माया प्रेम भरौं न हो ।।

                                
ठिक गरेँ कि बेठिक गरेँ
तिम्रो साथ छोडेँ अब
हिजो गरेका बाचा कसम
सधैंलाई तोडें अब

अनन्तको लक्ष्य थियो
बिचैमा टुट्न गयो
नयाँ संसार सुरु गर्न
अन्तै नाता जोडें अ
          ४   
तिम्रो कि मेरो गल्ती,
खुट्ट्याउन मन छ ।
दुध दुध, पानी पानी
छुट्ट्याउन मन छ ।।

अति भो अबचाँही,
केही त गर्नैपर्छ
सुमधुर यो सम्बन्ध,
टुटाउन मन छ ।।
 


 ५   
जे मन लाग्छ गरे हुन्छ 
एक्लै नदि तरे हुन्छ । 

तिम्रो भलो हुन्छ भने ?
अन्तै बसाई सरे हुन्छ ।।

           

पर्खी बसौं की अघि जाँउ 
दोधारमा छु ।

यतै डाकुँ की त्यतै आउँ 
दोधारमा छु । 

समय संघारमा छ । 
म दोधारमा छु । 
सबै दोष लिउँ की लाउँ 
दोधारमा छु ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना