बाईबल पढ वेद जान, इश्वर एकै आखिरमा
कुरान हेर, बुद्ध मान, इश्वर एकै आखिरमा ।
सबैलाई सम्मान गर्नु, भनेकै छन महात्माले
पराईलाई आफ्नै मान, इश्वर एकै आखिरमा ।
पुग्ने लक्ष्य एकै न हो, हिड्ने बाटो फरक होला
सबै उस्तै उस्तै हुँदा रा’न,इश्वर एकै आखिरमा ।
बाहिरको भर हुन्न, भित्री आँखा खुल्नुपर्छ
संसारमा असल छान, इश्वर एकै आखिरमा ।
आफू जस्तै अरु त्यस्तै, विवेक देखाउ सबैतिर
सहि कामले बढ्छ शान, इश्वर एकै आखिरमा ।
हाँसो खुसी उमङ्गले, जिन्दगी विताउनुछ
के नै छ र मरि लान, इश्वर एकै आखिरमा ।
२०७०/०५/१७
apawad@hotmail.com

No comments:
Post a Comment