• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

बालगृहको बेहाल

नाडीमा भएको घडीतिर हेर्दै विरवल बोहोरा हतारहतार खाना खाँदै थिए । विहानको आठ वजिसकेको थियो । बिरवलले विद्यालयको पोशाक लगाउने काम वाँकी नै थियो । लुगा लगाईसकेपछि उनी करिब आधा घण्टा सडकको बाटो हिंडेर विद्यालय आउनुपर्ने थियो । सडकमा ओहोरदोहोर गरिरहेका सवारी साधनमा चढ्न उनिसँग  खल्तिमा रकम थिएन ।
नौ वज्न लाग्दा उनिजस्तै गौरिशंकर वालगृहका वालवालिका विद्यालयतर्फ जान भनेर निस्किए । त्यसैमध्येका एक थिए कालीकोट जिल्लाका विरबल वोहोरा । उनले चरिकोटको गौरिशंकर वालगृहमा वस्न लागेको ५ वर्ष भयो । सानै छँदा वाहोराका बुबाको कणाली नदिमा तुइन तर्न लाग्दा खसेर मृत्यु भयो । आमाले अन्तै घरजम गरेपछि सहाराविहिन भएका उनी नेपाल वाल संगठनले सञ्चालन गरेको वालगृहमा आश्रय लिन पुगेका हुन । १४ वर्ष उमेर भएका उनलाई आश्रय दिईरहेको गौरिशंकर वालगृह भने अहिले चरम आर्थिक संकटमा गुज्रिरहेको छ । “पहिला त यस्तो थिएन, अहिले धेरै संस्थाले सहयोग गरिरहेका छन । लाउन खान समस्या नै छ,” बोहोराले भने ।
बालगृह मा आश्रित बालबालिका 
उनिजस्तै देशका विभिन्न स्थानका १३ बालवालिका यस वालगृहमा आश्रित छन । दोलखाको भेड्पु गाविसका प्रजय गोले पनि एकजना आश्रित हुन । बाबु आमा दुवैको मृत्युपछि उनी यहाँ आईपुगेका हुन । २ वर्ष हुँदा गौरिशंकर वालगृहमा आईपुगेका उनले आफ्ना बाबुको सडक दुर्घटनामा र आमाको छात्तीमा घाउ आएर मृत्यु भएकोले सहाराविहिन भएपछि यहाँ आएको वताए । उनि अहिले चरिकोटको गौरिशंकर वोर्डिङ्ग स्कुलमा कक्षा ३ मा अध्ययन गर्दैछन । वालगृहमा आर्थिक संकट गहिरिएपछि गोले पढ्ने विद्यालयले वालगृहका ६ जना बालवालिकालाई निशुल्क रुपमा अध्यापन गराईदिएको छ । 
बालगृहको सञ्चालक संस्था नेपाल वाल संगठनले प्रयाप्त रकम पठाउन नसक्दा यस्तो समस्या आईपरेको हो । गौरिशंकर वालगृहका प्रमूख ओमप्रकाश काफ्लेका अनुसार यो समस्या आईपरेपछि स्थानिय रुपमा रहेका विभिन्न संघसंस्था तथा व्यक्तिहरुले गरेको सहयोगका भरमा चलिरहेको छ । उनि भन्छन “वालगृहमा ५० जना वालवालिका राख्न मिल्ने क्षमता छ तर आर्थिक अभावका कारण १३ जना वालवालिकालाई पनि पालनपोषणका लागि समस्या छ । ” झण्डै ६ महिनादेखी वालगृह पूर्ण रुपमा स्थानिय रुपमा प्राप्त सहयोगवाट सञ्चालन भईरहेको काफ्लेले जानकारी दिए ।
काफ्लेका अनुसार गत आर्थिक वर्षको अन्तमा जिल्ला विकास समितिको कार्यालयबाट वालगृहलाई ४ टन चामल र भौतीक संरचना मर्मत अन्तर्गत ४ लाख रुपैंया प्राप्त भएको थियो । दोलखा स्थायी घर भई काठमाण्डौमा बसोवास गदै आएका विष्णुलक्ष्मी श्रेष्ठ र गिता श्रेष्ठले यस गत शैक्षिक सत्रका लागि सबै वालवालिकालाई पुग्ने लत्ताकपडा तथा पाठ्यपुस्तक तथा झण्डै डेढ महिनाका लागि पुग्ने खाद्यसामाग्री को व्यवस्था गरिदिएका थिए । त्यसैगरि लक्ष्मी बैङ्क चरिकोट शाखाका प्रवन्धक विष्णुमणि अधिकारीले ३ जना बालबालिकालाई पढ्नका लागि सम्पूर्ण खर्च व्यहोरिदिएका छन । खर्च जुटाउनका लागि वालगृहले भोलन्टिएर प्रोग्राम लगायत विभिन्न कार्यक्रम सञ्चालन गरेर खर्च जुटाँउदै आएको छ ।

वालगृहमा प्रयाप्त रकम प्राप्त नहुँदा संस्थामा कार्यरत कर्मचारीले तलव समेत पाएका छैनन् । केही समय अगाडी वालगृहमा भेटिएका कर्मचारी टेक बहादुर थापा मगरका अनुसार उनले काम गरेको १ वर्षभन्दा धेरै समय भयो तर एकपटक दशैं पेश्की भन्दा बढि उनले रकम बुझेका छैनन् । “काम गरेको पैसा नपाईने ठाँउ छोड्ने तयारीमा छु,” भेटमा उनले भनेका थिए ।
वालगृहले कुनै समय काठमाण्डौवाट बालवालिकाहरु यस केन्द्रमा ल्याएर पढाउने राख्ने गरेको थियो । १५ वर्षदेखी प्रमूखका रुपमा काम गरिरहेका काफ्ले सम्झन्छन । यस वालगृहमा वसेर पढेका वालवालिकाले उच्च शिक्षा पनि प्राप्त गर्नका लागि विभिन्न संघसंस्थासँग समन्वय गरिएको थियो । आजभोली त वालगृहमा आउने रकम एकदमै कम छ । यसरी कम रकम आउन लागेको पनि झण्डै २ वर्ष पुग्न लाग्यो । यसका कारण विभिन्न पक्षलाई तिनुपर्ने रकमको मात्रा पनि वर्षेनी थपिँदै गएको छ । काफ्लेले भने, “सबै पक्षलाई तिर्नुपर्ने  हिसाव झण्डै १५ लाख जती छ होला ।”
स्वच्छ वातावरणमा हुर्कन पाउनु वालवालिकाको नैसर्गिक अधिकार हो । राज्यले वालअधिकारका विभिन्न सन्धिहरुमा हस्ताक्षर समेत गरेर वालअधिकारका पक्षमा आफ्नो प्रतिवद्धता जनाएको छ । सरकारले आफ्नो प्रतिवद्धता अनुसार काम गर्नु पर्छ अनि सरोकारवाला सबै पक्षले वालअधिकार हनन् हुन नदिन आवाश्यक कदम चाल्नु आवाश्यक छ ।

यसै बारेमा तयार गरिएको रेडियो रिपोर्ट सुन्नुहोस ।

डाउनलोड गर्नुहोस
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना