• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

समाचारले फेरिदिएको जिन्दगी

बुद्धिमाया थामीका बारे कान्तिपुरमा छापिएको समाचार 
‘आँखा देख्दिन, कान सुन्दिन, मर्ने बेला भो, हिड्न सक्दिन’, कुराकानीको सुरुमा नै उनले भनिन् । 

कस्सिएर हिँड्नेलाई उनको घरबाट बस चढ्ने ठाँउसम्म पुग्न ५ घण्टाभन्दा धेरै समय लाग्छ । बस चढेपछि चरिकोट आउन २ सय २० रुपैंया भाडा लाग्छ । कान कम सुन्ने समस्याका कारण सोधेका प्रश्नको सहि उत्तर आईरहेको थिएन । 

दोलखा जिल्लाको आलम्पु गाविस विकट गाविसमध्येको एक हो । गाविसको ७ नं. वडामा गोराँसेडाँडा गाँउ छ । यहि गाँउकी बुद्धिमाया थामीले ८० वर्ष कटिसक्दा पनि नेपाली नागरिकताको प्रमाणपत्र लिएकी थिईनन् । ‘नागरिकता बनाउन पैसा थिएन’, थामीले भनिन् । 

थामी जातीको वाहुल्यता रहेको यो गाविसमा गएको वर्षको मंसिर महिनामा जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरणका लागि पुगेको थियो । नागरिकता लिने टोलीमा तिनै थामी वृद्धा आईन । उनले नागरिकता लिए पछि गरेको आग्रहले सबैको ध्यान खिच्यो । नागरिकता हातमा लिंदै उनले भनेकी थिईन, ‘भोको छु खान देउ, जाडो छ लाउन देउ ।’

अनुहारमा चाउरी नै चाउरी, कमजोर शरिर, उमेर ८३ वर्ष । चरिकोटमा उनलाई गत वर्षदेखि सहयोग गर्दै आईरहेका माधवमणी राजभण्डारी र सरिता गुरुङ्गले दिने सहयोग थाप्न चरिकोट आईपुगेकी थिईन उनि । उनका बारेमा कान्तिपुर दैनिकमा समाचार छापिएपछि २ जना उनलाई सहयोग गर्न अघि सरेका थिए । पत्रकार कल्याणकारी कोष दोलखाको तेश्रो साधारण सभामा उनलाई सहयोग वितरण गर्ने कार्यक्रम तय गरिएको थियो ।

उनी र बुहारी बुद्धिमाया थामी संगै २ वटा नाती गाँउकै भदहा पर्ने इन्द्र बहादुर थामीको साथ लागेर चरिकोट आईपुगेका थिए । छिमेकी इन्द्रबहादुर थामीका अनुसार बुद्धिमायाको नाममा गाँउमा मुस्किलले २ रोपनी जग्गा छ । लेकाली भुभागमा रहेको जग्गामा कोदो, मकै तथा गहुँ अलिअलि फल्छ । ‘मुस्किलले तिन महिना खान पुग्छ की !’, थामीले भने । 

थामीको परिवारमा ७ नातीनातीना, बहारी र वृद्ध भएका श्रीमान छन । छोराको १२ वर्षभन्दा अगाडी काम गर्न गएका ठाँउमा कठ्याङ्ग्रिएर मृत्यु भयो । बुहारी र नातीनातिना छुट्टिएर बसेका छन । ‘बुढा र म एक्लै छौं’, थामीले भनिन ।

उनका बारेमा समाचार छापिएपछि उनलाई सहयोग गर्दै आईरहेका दोलखाका समाजसेवी माधवमणी राजभण्डारीले कार्यक्रममा मासिक ५ सय रुपैंयाका दरले ६ हजार र पोखराकी सरिता गुरुङ्गले एकमुष्ट १० हजार रुपैंया र कम्बल तथा पच्छ्यौरा प्रदान गरिन् ।
थामीलाई सहयोग रकम प्रदान गर्दै गुरुङ कालो टोपीमा राजभण्डारी 

सरकारले वृद्ध भत्ता प्रदान गर्ने उनको उमेर नागरिकता लिँदा नै पुगिसकेको थियो । अझै गाविसबाट पैसा पाएको छैन उनले भनिन । उनको छेउमा रहेका उनका छिमेकी तथा गाविस कार्यालय आलम्पुका सहायक कर्मचारी इन्द्र थामीले समयमा नागरिकता प्रमाणपत्र गाविसमा बुझाउन नसकेपछि भत्ता पाउन नसकेको वताए ।

थामीका बारे समाचार लेखेका कान्तिपुर दैनिकका पत्रकार एवं पत्रकार महासंघ दोलखाका अध्यक्ष राजेन्द्र मानन्धर यस्ता कामले पत्रकारको समाजप्रतिको दायित्व पुरा गर्न सहयोग गरेको वताउछन । उनले भने ‘अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने वातावरण बनाउन पाँउदा खुसी लाग्छ ।’

दोलखामा पत्रकारिता पेशामा काम गरिरहेका पत्रकारहरुलाई अप्ठ्यारो पर्दा सहयोग गर्नका लागि पत्रकारी कल्याणकारी कोष स्थापना गरिएको हो । कोषमा अहिलेसम्म ३ लाख ३६ हजार ३ सय ५ रुपैंया जम्मा भएको कोषाध्यक्ष बाबुराम शर्माले जानकारी दिए । कार्यक्रममा कोषले समस्यामा परेको दोलखा बहिरा क्लवले सञ्चालन गरेको वहिरा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई १० हजार रुपैंयाको खाद्यान्न सामाग्री सहयोग प्रदान गरेको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना