पहाडी जिल्ला दोलखामा ट्राफिक प्रहरीले दैनिक झण्डै १७ सय रुपैंया राजस्व संकलन गर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । यस आर्थिक वर्षको श्रावण महिनादेखी पौष महिनासम्म ६ महिनाको अवधिमा ट्राफिक कारवाहीमा परेका १ हजार १ सय ४९ वटा सवारी साधनबाट ३ लाख ३ हजार ८ सय रुपैंया राजस्व जम्मा भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरिक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय दोलखाले आर्थिक वर्षको सुरुको ६ महिनामा गरेका कामहरुका वारेमा जानकारी दिन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा दोलखा प्रहरी प्रमूख काफ्लेले दशैं तथा तिहारजस्ता चाडपर्वका समयमा धेरै कारवाही भएका कारण यो संख्या धेरै देखिएको जानकारी दिए । आधाभन्दा धेरै घटना त ति एउटै महिनामा भएका हुन उनले भने । ६ महिनाको अवधीमा क्षमता भन्दा वढि भारवहन गर्ने १ सय १९ ओटा सवारीबाट ७२ हजार रुपैंया, कागजपत्र नवोकी सवारी चलाउने १ हजार १५ जनाबाट २ लाख १६ हजार ८ सय रुपैंया तथा मादक पदार्थ सेवन गरि सवारी चलाउने १५ जनाबाट ५१५ हजार रुपैंया राजस्व संकलन भएको हो ।
कार्यक्रममा जिल्लामा जिल्ला प्रहरी कार्यालय अन्तर्गत रहेका २१ ओटा प्रहरी कार्यालयमा ४ सय १३ ओटा ठाडो निवेदन परेकामा २ सय ४६ ओटा निवेदनमा मिलापत्र भएको छ । जिल्लामा रहेका इलाका प्रहरी कार्यालय जिरी, सिङ्गटी, सिमा प्रहरी चौकी लामावगर, प्रहरी चौकी रोल्वालिङमा दर्ता भएका सबै निवेदनहरुलाई मिलापत्र गरिएको प्रहरीले जानकारी दिएको छ ।
स्थानिय स्तरमा हने अपराधीक घटनाहरुको न्युनिकरणका लागि विद्यालय तथा समुदायमा अभियान सञ्चालन गर्न लागिएको काफ्लेले जानकारी दिए ।
No comments:
Post a Comment