• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

क्यारेमबोर्ड खेल्नेहरु सावधान, प्रहरीले पक्राउ गर्ला !

जाडोमा घाम ताप्दै क्यारेमबोर्ड खेल्नेहरुले दोलखा सदरमुकाम चरिकोटमा अव त्यसरी क्यारेमबोर्ड खेल्दा होस पु¥याउनुपर्ने भएको छ । यस्ता कामले सामाजिक प्रदुषण वढाएको भन्दै प्रहरीमा उजुर परेपछि प्रहरीले त्यस्ता काममा संलग्नहरुलाई कारवाही गर्ने भएको हो ।  कार्यालयमा निवेदन परेपछि प्रहरीले त्यस्ता खेल भईरहेका स्थानमा पुगि पहिलोपटकलाई भन्दै सचेत गराएको छ ।

हिजो कार्यालयमा उजुरी परेपछि प्रहरीले त्यस्ता खेल भईरहेका स्थानमा पुगेर यस्ता खेलहरु तत्काल बन्द गर्न आग्रह गरेको थियो । क्यारेमबोर्ड लगायतका खेलले विद्यालय जाने विद्यार्थीहरुलाई गम्भिर असर परेको भन्दै जिल्ला प्रहरी कार्यालयमा हिजो आवाश्यक कारबाहीका लागि निवेदन पेश गरिएको थियो । 

सडक छेउमै यस्ता खेलहरु खेलाउँदा यतायातका साधन आवातजावत र पार्किङमा समस्याहुनुको साथै आर्थिक क्रियाकलापका कारण समाजमा झैझगडा हुने तथा चोरी डकैती जस्ता अपराधमा समेत बृद्धिको सम्भावना भएको भन्दै स्थानियले तत्काल त्यस्ता काममा रोक लगाउन ज्ञापनपत्रमा माग गरिएको छ । यस्ता खेलहरुका कारण समाजमा अपराधिक गतिविधि वृद्धि हुनसक्ने भन्दै विज्ञप्तीमा नियमनको लागि आग्रह गरिएको छ । ज्ञापन पत्र बुझाउन गएका चरिकोट बसपार्कका चन्द्रदेव कार्कीले प्रहरीले आवाश्यक कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेको जानकारी  दिए । उनले भने “देख्दा सामान्य लागेपनि यसले कति व्यक्तिहरुको पारिवारिक सम्बन्ध नै ध्वस्त गरिरहेको छ ।” 

स्थानियको ज्ञापन पत्र बुझेपछि अवैधानिक खेलमा संलग्न केहि व्यक्तिहरुलाई यस्ता खेलमा संलग्न नहुन जिल्ला प्रहरी कार्यालयले चेतावनी दिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमूख प्रहरी नायव उपरिक्षक सुरेश काफ्लेले पहिलोपटक खेल खेलिएका स्थानमा गएर खेल बन्द गरिदिन आग्रह गरिएको वताउनुभयो ।  “प्रहरीको अनुरोधलाई बेवास्ता गरेर आगामी दिनमा यस्ता गतिविधि दोहो¥याएको पाईएमा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाईन्छ,” काफ्लेले भने । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना