• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

प्रचण्ड जिम्मेवार बन

तस्बिर इन्टरनेट 
पछिल्ला गतिविधी हेर्दा मात्रै हैन । प्रचण्ड शान्तिपूर्ण राजनीतिमा आएदेखि नै उनका व्यवहार हेर्दा उनलाई अल्जाईमर्सको समस्या छ कि भनि शंका गर्ने ठाँउ छ । समय बदलिन्छ र धेरैलाई बदल्छ पनि । २०६५ भदौतिर हरुवाहरुलाई राष्ट्रपति, प्रधानमन्त्रि जस्ता कुनै पद दिईन्न भन्दै कुम हल्लाँउदै हिँड्दै गर्दा आजको दिन उनको कल्पनामा पनि थिएन । विगत हेर्न नसक्नेहरुले भविष्य आकलन गर्न सक्दैनन् । भैदियो त्यस्तै ।

परिक्षामा जेनतेन उतिर्ण हुने आकलन गरिएको परिक्षार्थी अनुतिर्ण हुँदा सहानुभुति प्रकट गरिन्छ । रोष देखाईन्न । आक्रोश पोखिन्न । जति विशिष्ट श्रेणिको आश गरिएको विद्यार्थी अनुतिर्ण हुँदा गरिन्छ । विद्यार्थीले शुभेच्छुकहरुको अपेक्षा अनुसार गल्ति स्विकार गर्न नसक्नु आफ्नै लागि घात गर्नु हो । नेपालको सन्दर्भमा एकिकृत माओवादी अध्यक्ष प्रचण्ड त्यस्तै आशालाग्दा विद्यार्थी थिए कुनैबेला । अहिले त्यो आशा घट्दै गएको छ । तैपनि समय घर्किसकेको छैन । सच्चिएर महान बन्ने मौका बाँकी नै छ । उनले अझै बुझेका छैनन् ।

निर्वाचनले पार्टीलाई गाग्रीबाट गिलास साईजको बनाईदिएपनि नेपालको राजनीतिको केन्द्र भागमा अझै प्रचण्ड नै छन । समयले मागेको भूमिका निर्वाह गर्ने इमान्दारिता छ भने प्रचण्ड पार्टीको मात्र हैन नेपालकै नेता बन्न सक्छन । उनका आसेपासे विगत सम्झनुहुन्न भन्छन वा उनि आफैं विगत सम्झन चाहन्नन । समस्या यसैले जन्माइरहेको छ । विगत समिक्षा नगर्नाले नै प्रचण्ड विस्तारै ओरालो लाग्दै छन । बेलैमा यसलाई थाहा पाउन सकेनन् भने प्रचण्डका लागि मात्रै हैन देशका लागि पनि त्यो महंगो नै पर्न जान्छ ।

कार्यकर्तालाई काठमाण्डौबासीले मन नपराँउदा नपराँउदै गरिएको आमहड्तालले प्रचण्डलाई तिनिहरुका नजरमा त गिराएको हो नै । अन्तिम दिनको भेलामा सुकिलामुकिलाहरुको उछितो काढ्दा आफ्नै पाईन्ट खुस्किएको प्रचण्डले पत्ता पाउन सकेनन् । सिधै दिल्लीसँग वार्ता गर्ने हुँकार गरेपछि उनले कस्तो सम्मान पाए त्यो सामान्य राजनीति बुझ्नेहरुका अघिल्तिर छर्लङ्गै छ । केही दिन नवित्दै त्यो व्यङ्गय मात्रै थियो भन्दै अन्तर्वाता दिंदा उनले सबैलाई मूर्ख बनाएँ भन्ने भ्रम पालेका थिए । जनता मूर्ख छैनन् ।

पार्टीको साईज जत्रो भएपनि पछिल्लो निर्वाचन सफल बनाउन उनले बुताले भ्याएसम्मको पहल गरेकै हुन । परिणाम आउन थालेपछि देखाएको गैरजिम्मेवारपनले भने उनलाई भोलीका लागि पनि ऋण लगाएको छ । त्यसलाई चुक्ता गर्न उनले राम्रै कसरत गर्नुपर्छ ।

हुन त एक पुस्तक विमोचन समारोहमा बोल्दै प्रचण्डले छिमेकीहरुले देशमा माईक्रो म्यानेजमेन्ट नगरुन भन्ने आग्रह गरेका थिए । चुनावपछि उनले मतपेटिका नै साटिएको विश्वास गरे । नमुछ्नु काम्लामा सातु मुछेपछि घिनाउनु हुन्नथ्यो । उनले त्यसलाई एक निकास दिन सक्नुपथ्र्यो सकेनन् । प्रचण्डले फेरी पनि नानीहरुले गुच्चा खेलमा गर्नेजस्तै झेली खेल खेल्न लागे । जसले उनलाई महान बनाउने बाटोमा तगारो मात्रै हालेको छ । साँच्चै अब देशमा मतपत्रमाथि नै शंका गर्ने दिन सुरु भएको हो भने प्रचण्डले नैतिकताका आधारमा राजनीतिबाट सन्यास लिए हुन्छ ।

समयको सदुपयोग राम्रैसँग गर्न जानेका गिरिजाप्रसाद कोईराला एउटा घेराबाट माथि उठेर सबैका नेता हुन सके । प्रचण्ड सबैका नेताबाट एउटा घेराको नेतामा सिमित हुने दौडमा छन । यदि यो कुरालाई बुझेका हुन्थे भने प्रचण्ड अहिले पहिचान पक्षधरवालाको समूह निमार्ण गर्दै हिंड्ने थिएनन् । यहि मुद्धा चर्कदा पहिलो संविधानसभाको अवसान हुने समयमा आफैंले संयम राख्न गर्नुपरेको सार्वजनिक अपिल पनि विर्सने थिएनन् ।

अहिले प्रचण्ड चौतर्फी आलोचनाको केन्द्रमा छन । आलोचना गर्ने धेरै उनका शुभचिन्तक नै हुन । उनिहरुको आशामाथि तुषारापात गरे प्रचण्ड नेपाली राजनीतिबाट किनार लाग्नेछन । त्यसपछि मुल भंगालोमा फर्कन असम्भव प्राय हुनेछ ।

भीर लड्ने गाईलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न । सम्भावना भएका नेताहरु भ्रष्ट हुँदा धेरैलाई चिन्ता लागेको छ नै । तिनीहरु स्वयंले गम्भिर आत्मसमिक्षा गर्नु जरुरी छ । गरेनन् भने आफु त सकिन्छन नै समाजलाई पनि अधोगतितर्फ धकेल्छन । चिन्ता यत्ति न हो ।
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना