सायद मुस्ताङ्गमा
काठमाण्डौले गर्ने सपनाको व्यापार
चल्दैन । त्यसैकारण उसले काठमाण्डौको
दृष्टीमा घोर प्रतिगमनकारी
मानिने 'मुखिया' प्रथालाई अझै
जोगाएर राखेको छ । सरकारी कार्यालयको
लहर नजिकै गैरसरकारी कार्यालयको
भवनमा रहेको मुखियाको कार्यालयमा
सरकारी कार्यालयमाभन्दा धेरै
मानिसहरुको उपस्थिति देखिन्छ
। गाँउमा हुने धेरै कामकारवाहीको
अन्तिम फैसला मुखियाले गर्छन
। सरकारी कार्यालयहरु साक्षी
किनारा मात्रै हुने गरेका छन्
। मुखिया नेतृत्वले गत वर्ष
नै जिल्लाका सबै घरमा चर्पी
निर्माण गरी खुल्ला दिसामुक्त
क्षेत्र घोषणा गरेर काठमाण्डौलाई
सभ्यताको चुनौती दिइसकेको
छ । सपनाका व्यापारीहरुले देशलाई
विभिन्न क्षेत्रमा टुक्रा
टुक्रा बनाँउदै गर्दा मुस्ताङ्ग
एउटै मन्दिरमा वौद्ध र हिन्दु
पुजारी राखेर सहअस्तित्व सिकाईरहेको
छ । सपनाका व्यापारीहरु तथा
व्यापारीका भरियाहरु भने यसलाई
जान्दैनन् । जानेर पनि नजानेको
बहाना गर्छन । उत्पादकहरुलाई
सपनाको शिकारपछि मात्रै तथ्यको
जानकारी हुन्छ ।
मुखियाकै
आदेशबाट निर्माण गरिएका घोडेटामा
चारपाङ्ग्रे गुडाउँदै मुस्ताङ्ग
छिरेका सपनाका व्यापारीका
कुरा अझै उसले पत्याएजस्तो
देखिएको छैन । व्यापारीको मूख्य
सपना संघियताका बारेमा उसले
प्रष्ट रुपमा कुरा राखेको छैन
। संघियतापछि उसले अहिलेसम्म
कायम राख्न सकेको मौलिकता कायम
रहला वा हराउला भन्न गाह्रो
छ ।
नेपालमा
२००६ सालबाट सपनाको व्यापार
सुरु भएको हो । यो देशमा राणाहरुको
जहानिया शासनको अन्त हुनेबित्तिकै
रामराज्य हुने सपनाको व्यापार
गर्ने कांग्रेसले त्यही सपनाका
बलमा शासनसत्ता चलाएको हो ।
वि.पि. कोईराला पक्राउ नपर्दासम्म
कांग्रेसले यही सपना बाँडिरह्यो
सिमित रुपमा । वि.पि. जेल परेपछि
यो सपनाको व्यापक रुपमा व्यापार
गरियो । धेरै पटक मुलुकको प्रमूख
कार्यकारी पद प्रधानमन्त्री
भएका गिरिजाप्रसाद कोईरालाले
भनेकै हुन‘दाईलाई जेलबाट छुटाउन मात्र
मैले राजनीति गरेको थिएँ ।’
२००६ सालमै
प्रकाशन भएको थियो जर्ज अरवेलको
एनिमल फार्म । अरवेलले नेपालबारे थाहा
पाएका थिए वा थिएनन् थाहा छैन । उनको उपन्यासको
कथावस्तु र नेपालको राजनैतीक
विकासक्रम ठ्याक्कै मिल्दोजुल्दो
छ । अहिले यसको विक्रिवितरणमा
शिक्षक मासिक लागेको छ । सबै
शिक्षकहरुले पढे अनि तिनका
विद्यार्थीलाई सपनाको व्यापारबारे
बुझाईदिए नेपालको राजनीति
कसरी अगाडी जाला ?
मुलुक खत्तम
बनाएको पञ्चायती व्यवस्थामा
राम्रोसँग चलेको राजधानीको
ट्रलीबस, साझा यातायात, गोरखकाली
टायर उद्योग लगायतका रचना
प्रजातन्त्रले खाइदियो । सपना
व्यापारीहरु भन्थे हामी हजारौ
उद्योग खोल्नेछौ । लाखौँलाई
रोजगारी दिनेछौँ । गणतन्त्रले
सयौँलाई रोजगारी दिएको सूर्य
नेपाल खाईदियो । अचम्म लाग्छ,
सपनाको व्यापार झनै पो फस्टाँउदै
छ ।
भुपीले
जमानामै भनेका हुन नेपाली वुद्धु
छन् र त वीर छन् । नेपालीहरु
अझै सपना देख्दैछन् । शंका
लाग्न लागेको छ । कतै सपना पनि
विऊबिनाका हाईब्रिड त भैसकेनन्
। हुन त हामीकहाँ जमानामै जिएमओ
बिउ ल्याउनका लागि गम्भिर पहलहरु
नभएका होइनन् ।
भन्न
खोजिएको कुरा नेपालमा कसरी
सपनाको व्यापार हुन्छ भन्ने
हो । सपनाका व्यापारीहरुले
कसरी सर्वसाधारणका सपनाको
सामुहिक आमसंहार गर्छन माथिका
उदाहरणहरुले प्रष्ट पार्छन्
। आफैँले बाँडेका सपनाहरुको
कारण परिवारको सदस्य गुमाएका
जुम्लाका मानसिं र चाउरीका
घरमा खाना खान पुग्दा प्रधानमन्त्री
बाबुराम भट्टराईले परिवारका
सदस्यलाई सरकारी जागिर दिने
आश्वासन दिएका छापामा आएको
थियो । आश्वासन पुरा भएको कुरा
पढ्न आतुर यो लेखकले अहिलेसम्म
त्यस्तो खबर सुनेको, पढेको
छैन । एकात्मक राज्यको प्रमूख
कार्यकारी पद प्रधानमन्त्रीले
दिएको आश्वासन पुरा नहुने देशमा
संघियताले कस्तो विकास गर्ला
?
नेतृत्वसँग
ईच्छाशक्ति हुने हो भने विकास
गर्न समय लाग्ने रैनछ भन्ने
सार्क तयारीले पुष्टी गरिसकेको
छ । ट्राफिकले मापसे अभियान
सञ्चालन गरेपछि सडक दुर्घटनामा
उल्लेख्य कमि आएकै हो । अझै
संघियताका सपना कतिञ्जेल बाँडिरहने
हो ? पौरखी पाखुरा विदेश पठाएर
कसरी देश विकास हुन्छ । बुझ्न
नसकेको तथ्य यही हो ।
चालक
जस्तोसुकै होस सवारी साधन चिटिक्क
परेको भो भने गन्तव्यमा पुगिन्छ
भन्ने अहिलेको विकासे बुझाई
हो । धेरै नेपालीले सपनाका
बजारमा डुल्दाडुल्दै यसलाई
मुलमन्त्र बनाईसकेका छन् ।
दूई दशक पुग्न लाग्यो स्थानीय
निकायको निर्वाचन भएको छैन
। ५ रुपैँयाको टिकट टाँसेर
हुने काम गर्न सर्वसाधारणले
५ हजारबढि रुपैँया खर्च गर्नुपरिरहेछ
। सरकार गाईवस्तु मुस्किलले
हिँड्न मिल्ने सडक बनाएर नगरपालीका
घोषणा गर्छ । त्यही खालको विकास
उसले गर्ने विकासको एक अब्बल
नमुना हो ।
मुख
खोल्न अबेर भैसक्यो । देशलाई
अनि नागरिकलाई चाहिएको विकास
मात्रै हो । त्यो पनि टालटुले
हैन दिगो खालको । गर्न सक्ने
कुरा मात्रै गरे राजनीति यत्ती
साह्रै विकृत हुने थिएन । सपनाका
व्यापारीहरुले विचार पुर्याइिदए
देश नबनेपनि बिग्रनबाट भने
पक्कै जोगिन्थ्यो ।
पुछारमा,
यो देश सपना उमार्नेहरुको पनि
हो । अति व्यापारिकरणका कारण
सपनाका उत्पादकहरु खाडीमा
पिल्सिन बाध्य छन् अथवा बनाइएका
छन् । पाहुनाकै लागि रातारात
गरिने विकास परिवारकै नाममा
गरिने अवस्थाको सुरुवात गर्न
ढिलै भईसक्यो । सपनाको व्यापार
गर्दा फाईदा राम्रै हुन सक्छ
। व्यापारीहरुले समयअनुसार
वस्तुको फेरवदल गर्न त सक्लान्
। सपना उब्जाउनेहरु भने निराशाका
कारण आत्महत्यामा सिद्धिन
सक्छन । होस् गरौँ ।
No comments:
Post a Comment