• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

तामाकोशी शेयरमा आन्दोलन गर्ने महिलाहरुको चेतावनी ।

माथिल्लो तामाकोशी आयोजनाले दोलखा जिल्लाबासीका लागि जारी गर्न लागेको शेयरमा दोलखाली छोरीहरु माथी अन्याय भएको भन्दै महिला अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन । जिल्लाका राजनैतिक दलका महिला संगठन, विभिन्न क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्थासँग आवद्ध २१ महिला अधिकारकर्मीहरुले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र आईतबार जिल्ला प्रशासन कार्यालयमा बुझाइएको हो ।

ज्ञापनपत्रमा दोलखामा जन्म भएका सम्पुर्ण छोरीहरुलाई विना विभेद छोरा सरह शेयर वितरण गर्नुपर्ने र दोलखाली नागरिक भएवापत प्राप्त गरिने शेयर लगायत सम्पुर्ण अधिकार प्राप्त हुनुपर्ने तथा शेयरसम्बन्धी निर्णयहरु गर्दा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्य गरिनुपर्ने २ बुँदे माग राखिएको छ ।


विवाह भई अन्य जिल्लामा गएका महिलाहरुको नामावली संकलन नगरिएको भन्दै पत्रमा राज्यले महिलाहरुलाई समान हक अधिकारको संवैधानिक व्यवस्था गरि आमाको नामबाट नागरिकता पैत्रिक सम्पत्तीमा समान हक प्रदान गरिसकेको अवस्थामा कि दोलखाली महिलालाई बंशजको नामबाट नागरिकता दिन वञ्चित गरियो कि दोलखाली भएवापत पाउने अधिकार सुनिश्चित गर्न ज्ञापनपत्रमा आग्रह गरिएको छ ।
सरकारले महिलालाई समान अधिकार दिइएको भए तापनि शेयरका लागि तथ्यांक संकलन गर्दा जिल्ला बाहिर विवाह भई गएकाहरुको नामावली संकलन नगरिएका कारण जिल्ला प्रशासन कार्यालय र जिल्लामा क्रियाशिल राजनैतिक दलका प्रतिनीधिलाई ज्ञापन पत्र बुझाइएको महिला संघ दोलखाकी सचिव गीता शिवाकोटीले जानकारी दिइन ।

उनका अनुसार ध्यानाकर्षण पत्र माथिल्लो तामाकोसी जलविद्युत आयोजना, धितोपत्र बोर्ड, जिल्ला विकास समितिको कार्यालय, तथा नेपाल पत्रकार महासंघलाई वोधार्थ दिइएको छ । 

आफ्ना माग प्रति वेवास्था गरेमा आन्दोलन गर्न बाध्य हुने चेतावनी ध्यानाकर्षण पत्रमा चेतावनी दिईएको छ । ध्यानाकर्षण पत्र बुझ्दै नेपाली कांग्रेस दोलखाका सचिव केशवराज चौंलागाँईले आफू महिलाहरुले उठाएको मागमा सहमत रहेको वताए ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना