आयोजनाकाे गोगरमा रहेकाे प्रवेश मार्ग |
माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा अनलाईनमार्फत शेयर आवेदन गर्न पाईने भएको छ । जिल्लाबासीका लागि छुट्ट्याइएको १० प्रतिशत शेयर आवेदन गर्दा अनलाईनमार्फत भर्न पाईने व्यवस्था गर्न लागिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो ।
दोलखाको २१ औं जिल्ला परिषदका क्रममा बोल्दै प्रवक्ता न्यौपानेले आगामी चैत्र १ गतेबाट जिल्लाबासीको लागि शेयर आवेदन खुल्ला हुने र जिल्लाका सबै गाविसमा शेयर संकलनका लागि अस्थायी संकलन केन्द्र स्थापना गरिने बताए ।
उनले भने ‘जिल्लामा रहेका सबै बैङ्कहरुमार्फत शेयर आवेदन गर्न पाईने व्यवस्था गरिएको छ । त्यसका लागि बैङ्कहरुमा फर्म आईसकेको छ ।’ उनले विदेशमा रहेका दोलखालीहरुलाई लक्षित गरि अनलाईनबाट डाउनलोड गरि शेयर आवेदन फर्म बुझाउन सकिने बताए । ‘यहाँबाट स्क्यान गरि पठाएको फर्म भरेर पठाए पनि मान्य हुने व्यवस्था गरिएको छ ।’

शेयर बाँडफाँड प्रकृया रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट अदालतले खारेज गरिदिएपछि आयोजनाको शेयर संकलनको काम अगाडी बढेको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले निर्धारण गरेको शेयरमध्ये कर्मचारी सञ्चय कोषका लागि यसअघि नै शेयर आव्हान गरिसकिएको छ । जिल्लास्थित राजनैतिक दलहरुको संयन्त्रले प्रत्येक दोलखालीले समान ७ हजार रुपैंयाबराबरको ७० कित्ता शेयर आव्हान गर्न पाउने व्यवस्था गरेका छन् । दोलखा जिल्लाबासीले १ अर्ब ५ करोड ९० लाख रुपैंयाबराबरको शेयर खरिद गर्न पाउनेछन् ।
No comments:
Post a Comment