• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

वसन्त काव्य गोष्ठि सम्पन्न

‘हिजै फर्क्यो छोरो कफिनमा निश्चल बनी
यता बुढी रुखसँगै ढली आहा ऐया नभनी ।’

कवि जीत कार्कीले वर्तमान समाजलाई लय हालेर प्रस्तुत गरेपछि कार्यक्रमका सहभागीहरु सबै भावुक भए ।  कवितामा कार्कीले वैदेशिक रोजगारले गाँउगाँउमा पारेको असरका बारेमा मात्रै प्रस्तुत गरेनन्, बालिका बलात्कार, अपराध लगायतका विषयहरु समेटेर कविता सुनाए । शनिवार दोलखा सदरमुकाम चरिकोटमा नेपाली लेखक संघ, दोलखा शाखाले आयोजना गरेको वसन्त काव्य गोष्ठीमा दोलखाका दर्जन वढि कविहरुले रचना वाचन गरे ।


कार्यक्रममा प्रस्तुत कविताहरु प्रेमभन्दा पनि धेरै वैदेशिक रोजगारीले पारेको असरका बारेमा केन्द्रित थिए । कवि टहल आचार्यले प्रस्तुत गरेको गजलको अंश
‘हराउँदोछ संस्कार संस्कृति र देशभक्ति,
जन्ती मलामीकै छ खाँचो पलायन छ युवाशक्ति ।’

उक्त अवसरमा दोलखामा कविताको ईतिहासका बारेमा कवि श्रीबाबु कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यपत्रमा दोलखामा कविता लेखनको ईतिहासक्रम, वर्तमान अवस्थाका वारेमा विवेचना गरेका थिए । उक्त कार्यपत्रमाथि टप्पणी गर्दै साहित्यकार पुष्करनाथ पोखरेलले दोलखाली साहित्यका बारेमा अझै खोज अनुसन्धान गर्नु जरुरी रहेको वताए ।

नेपाली लेखक संघ दोलखाका अध्यक्ष डम्बर चौंलागाँईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा सािहत्य सञ्जाल दोलखाले प्रकाशन गरेको पुस्तक प्रगतिका पाईलाहरुको विमोचन गरिएको थियो । पुस्तकको विमोचन प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले गरेका हुन । कार्यक्रममा मन्तव्य राख्दै उनले भने ‘कलाकारविहिन समाजको अस्तित्व हुँदैन । नेपाली समाजबाट भानुभक्त, बेलायती समाजबाट शेक्सपियर हटाउने हो भने ति समाजको अस्तित्व रहँदैन ।’


सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना