• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

माथिल्लो तामाकोशी अवरोध, किन मौनता साँध्दैछन सम्बन्धित पक्षहरु ?


स्वदेशी लगानीमा दोलखाको लामावगरमा निर्माण हुँदै गरेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठेकेदार सिनो हाईड्रो अन्तर्गतको नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियनमा आवद्ध मजदुरहरुले गरेको हड्तालका कारण ६ दिनदेखि अवरुद्ध हुँदासमेत समस्या समाधानका लागि गम्भिर पहल भएको छैन। मजदुरहरुले ५ सय कित्ता शेयरको माग गर्दै काम अवरुद्ध गरेपछि आयोजनामा गम्भिर संकट आईपरेको हो।


आर्थिक पत्रकार समाज दोलखाका अध्यक्ष दिलबहादुर केसीले हड्तालका कारण आयोजनालाई दैनिक ३ करोड रुपैंयाबराबरको नोक्सानी हुने बताए। ‘यसले सुरुमा निर्धारण गरेको आयोजना लागत ३५ अर्व २९ करोडमा आयोजना नबन्ने खतरा वढ्दै गएको छ।' उनले भनेे। ‘यसले लागतका साथै निर्धारित अवधी पनि वढ्न सक्ने खतरा बढेको छ। यसले स्वदेशी लगानीमा काम हुँदैन भन्नेहरुलाई मात्रै फाईदा गरेको छ।'

• वाह्य चलखेलको खतरा
कर्मचारी आन्दोलन चर्कँदै जाँदा आन्दोलनमा वाह्य तत्वको चलखेल बढ्न सक्ने आशंका गरिएको छ। आयोजना श्रोतले बाह्य चलखेलको महशुस भएको वताएको छ। कर्मचारीहरुको आन्दोलनको प्रकृति हेर्दा शका गर्ने स्थान प्रशस्त छ। पहिला साकेतिक आन्दोलन गर्ने वताएको कर्मचारी सँगठन पछिल्ला दिनमा काम नै ठप्प पार्ने अवस्थामा पुग्नुले शंका गर्नुपर्ने स्थिती पैदा भएको श्रोतको दावी छ।

आन्दोलनमा राजनैतिक दलहरुकै संलग्नता रहेको दावी गर्नेहरु पनि छन। एक राजनैतिक दलका नेताले नेकपा माओवादीको संलग्नताका कारण आन्दोलन चर्कदै गएको वताए। उनले भने आन्दोलन जटिल बन्दै जानुमा नेकपा माओवादी संलग्न छ। कुनै दिन यसको पुष्टि हुनेछ।

• समाधानका लागि सार्थक पहल भएन
समस्या समाधानका लागि पटक पटक भएका प्रयासहरु निष्कर्शमा पुग्न सकेका छैनन्। बुधवार जिल्ला प्रशासन कार्यालयले मजदुर आयोजनाका प्रतिनिधी तथा ठेकेदार सिनो हाईड्रोका प्रतिनीधि राखेर वार्ता गर्न प्रयास गरेको थियो। वार्तामा सिनो हाइड्रो र आयोजनाका प्रतिनीधि उपस्थित नभएपछि कर्मचारीहरुसँग मात्रै कुराकानी भएको प्रमूख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले जानकारी दिए। उनका अनुसार कर्मचारीहरुले आयोजनाबाट ठोस प्रतिवद्धता नआउन्जेल आन्दोलन रोक्न नसकिने बताएका छन। माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले प्रतिकुल परिस्थितीका कारण जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको वार्तामा उपस्थित हुन नसकेको वताए। ‘काठमाण्डौमा पनि वार्ताहरु जारी छन्। अहिलेको अवस्था हेर्दा वार्ताहरु निश्कर्षमा पुग्ने अवस्था देखिँदैन', उनले भने।

• समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
पत्र पढ्नका लागि तस्बिरमा क्लिक गर्नुहोस
समस्याको समाधानका लागि बुधवार तन्नेरी चासो, जवाफदेहिताका लागि गौरीशंकर युवा समूह, जवाफदेहिताका लागि गौरीशंकर युवा समूह दोलखाले प्रधानमन्त्री शुसिल कोईरालालाई ध्यानाकर्षण गराएको छ। जिल्ला प्रशासन कार्यालय दोलखामार्फत वुझाईएको ध्यानाकर्षण पत्रमा सरकारले उर्जा संकटकाल घोषणा गरेको अवस्थामा जलविद्युत आयोजनामा भएको अवरोध तत्काल हटाउनका लागि सार्थक पहल गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको छ। ध्यानाकर्षण पत्र बुझ्दै प्रमूख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले आयोजनको संकट निवारणका लागि आफुले पहल गर्ने वताए।

 आयोजनामा भईरहेको आन्दोलन समाधानका लागि जिल्लामा रहेका तीनओटा नागरिक समाजले मंगलवार विज्ञप्ती निकालेर अपिल गरेका थिए। ‘संकट समाधानका लागि आयोजना तथा राजनैतिक दलहरु जिम्मेवार देखिएनन्। सबै पक्ष जिम्मेवार भएर समस्या समाधान गर्नुपर्छ। आन्दोलनरत पक्षले पनि वैधानिक बाटो अपनाउनुपर्छ,' नागरिक समाज दोलखाका अध्यक्ष चिरञ्जीवी मास्केले भने।

• जिल्लाबासीको शेयर अन्यौलमा
आयोजनाले जिल्लाबासीका लागि छुट्याएको शेयर संकलनको काम अन्यौलमा पर्दै गएको छ। चैत्र १ गतेदेखि नै सकलन गर्ने भनिएको शेयर अनिश्चितकालका लागि पछाडी धकेलिएको छ। शेयर बाँडफाँडमा स्थानिय राजनैतिक दलहरुले विभिन्न समयमा फरक फरक निर्णय लिएका कारण समस्या आईपरेको हो। आयोजनास्थल लामावगर गाविस र गौरिशंकर गाविसलाई विशेष शेयरको व्यवस्था गरेपछि वातावरणिय प्रभाव मूल्याङ्कन रिर्पोट अनुसार शेयर पाउनुपर्ने भन्दै लादुक तथा लामीडाँडा गाविसका स्थानिय वासिन्दाले सिङ्गटी बजारबाट आयोजनाका यातायातलाई चल्न दिएका छैनन्। यसका कारण माथिल्लो तामाकोशी आयोजनामा सामाग्री लिएर जान लागेका सवारीका साधन सिङ्गटी बजारमा रोकिएका छन्।  ४ सय ५६ मेगावाट क्षमताको आयोजना आगामी वर्ष पुरा हुने गरि काम भैरहेको छ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना