• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

सुचना दिँदा सरकार ढले ढलोस: प्रमूख सुचना आयुक्त

    सुचना आयोगका प्रमूख आयुक्त कृष्णहरी बास्कोटाले सुचनाका कारण सरकार नै बदलिने अवस्था आएपनि नागरिकलाई सुचना दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । शुक्रबार दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरिएको सुचनाको हक सम्बन्धी अभिमूखीकरण कार्यक्रममा बोल्दै आयुक्त बास्कोटाले सुचनाको प्रवाह गर्ने क्रममा कहिलेकाँही सरकार नै बदलिने अवस्था आईपर्ने भएका कारण सरकार भन्दापनि लोकतन्त्र जोगाउनका लागि सुचना दिनुपर्ने बताए । ‘कुनै कुनै सुचना प्रवाह गर्दा सरकार नै बदलिने अवस्था पनि आउन सक्छ । सरकारभन्दा लोकतन्त्र ठूलो हुने हुँदा कर्मचारीले लोकतन्त्र जोगाउनका सुचना प्रवाह गर्नुपर्छ ।’

    प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै आयुक्त बास्कोटाले नागरिकलाई सुचना प्रवाह गर्ने काममा कर्मचारीले कुनै पनि बहानामा अवरोध गर्न नपाईने बताए । उनले भने, ‘विभिन्न बहाना गरेर नागरिकको संवैधानिक अधिकारमा खेलवाड गर्न कुनै पनि कर्मचारीले पाँउदैन । त्यस्तो भएको पाइए आयोगले कारवाही गर्छ ।’

    प्रमूख जिल्ला अधिकारी प्रेमलाल लामीछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमूख तथा सुचना अधिकृत गरि ५० भन्दा बढिको सहभागिता रहेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सुचना अधिकृत देवी प्रसाद थपलीयाले सहजिकरण गरेका थिए ।

    यसैबीच आयुक्त बास्कोटाले सुचना पाउने हक पत्रकारको मात्र हो भन्ने बुझाईका कारण स्थानीयले यसमा चासो नदिएको बताए । नेपाल पत्रकार महासंघ दोलखाले शुक्रबार चरिकोटमा आयोजना गरेको सुचनाको हकको व्यवहारिक कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै बास्कोटाले सुचनाको हक संविधानले प्रत्याभूत गरेको हक भएको र यो सबै नागरिकका लागि भएको बताए । उनले भने ‘नेपालमा सुचना प्रवाह गर्दा कमजोर भईन्छ भन्ने कर्मचारीहरुको मनोविज्ञान रहेका कारण सुचना दिने काममा ढिलाई भईरहेको छ ।’

     कार्यक्रममा आफ्नो भनाई राख्दै सहायक प्रमूख जिल्ला अधिकारी औलाख बहादुर आलेले कर्मचारीहरुमा पञ्चायतकालिन सोच हावी रहेका कारण सुचना प्रवाह गर्ने काममा चुस्तता आउन नसकेको वताए । ‘समय फेरिएपनि कर्मचारीको मानसिकता फेरिएन’, उनले भने । नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष उद्धव पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष पोखरेलले जिल्लामा सुचनाको हकसम्वन्धी अवस्थाका बारे कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, स्थानिय विकास अधिकारी रेशमलाल कँडेलले भनाई राख्दै सुचनाको हक कार्यान्वयन गर्दा आम नागरिकको हित ध्यान दिनुपर्ने बताए ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना