• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

तामाकोशी हड्ताल; लिखित प्रतिवद्धता चाहियोःमजदुर, दिन सकिन्नः आयोजना

माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा कार्यरत मजदुरहरुले ५ सय कित्ता शेयर माग गर्दै भईरहेको हड्ताल एघारौं दिनसम्म जारी छ। आयोजनाले शेयर दिनेबारेमा लिखित प्रतिवद्धता नजनाएसम्म आन्दोलन नरोकिने मजदुरहरुले बताएका छन्। आयोजनाको ठेकेदार सिनो हाईड्रो अन्तर्गतको नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियनका अध्यक्ष सोनामछिरी शेर्पाले मजदुरहरुले निःशुल्क नभई सशुल्क शेयर माग गरेका कारण यसबारे आयोजनाले लिखित प्रतिवद्धता नजनाएसम्म आन्दोलन जारि रहने बताए।

 ‘शेयर दिए मजदुरले पनि आयोजनामा अपनत्व महशुस गर्छ। आयोजना पनि समस्यामा पर्दैन’, शेर्पाले भने। मजदुरको आन्दोलनमा वाह्य तत्वहरुले चलखेल गरेको आरोपका बारे मजदुरहरुले खण्डन गरेका छन्। ‘हामीले आयोजनमा रगत पसिना बगाएका मजदुरहरुले शेयर माग गरेका हौं। कसैले उक्साएर आन्दोलन गरेको हैन’, मजदुर कमल अधिकारीले भने।

आयोजनाले नियतवश आन्दोलन लम्ब्याईरहेको मजदुरहरुको आरोप छ। हिजो नेपाली लगानीमा आयोजना बन्दैन भनेर सार्वजनिक समारोहहरुमा भाषण गर्नेहरुले मजदुरलाई बद्नाम गरेर आयोजना लम्ब्याउन लागिपरेका छन्। मजदुर रोशन खड्काको आरोप छ।

आयोजनाले भने आन्दोलनकारीको मागको समाधानका लागि लिखित प्रतिवद्धता गर्न नसकिने बताएको छ। आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले मजदुरले राखेको माग आयोजनाले सम्बोधन गर्न नसक्ने रहेको बताए। उनले भने ‘आयोजना आफैंले शेयरको बाँडफाँड गर्न सक्दैन। मजदुरहरुले राखेको मागबारे सम्बन्धित निकायलाई जानकारी गराईएको छ।’

• स्थानीय भन्छन् हड्ताल रोक
आयोजनामा भईरहेको हड्ताल तत्काल रोक्न स्थानीयहरुले माग गरेका छन्। आयोजना निर्माण हुँदै गरेको लामाबगर गाविसका पूर्व अध्यक्ष पेम्बा नोर्बु शेर्पा आङाले कर्मचारीको आन्दोलनमा स्थानीयको समर्थन नरहेको बताए। ‘कर्मचारीको आन्दोलनले राज्यलाई घाटा पर्छ। यहाँसम्म आईपुगेको आयोजना रोक्दा हामीलाई चित्त बुझेको छैन’, उनले भने। 

शेर्पासहितको एक समूहले आयोजनाको काम तत्काल सञ्चालन गर्नुपर्ने भन्दै केहि दिन अघि विज्ञप्ती निकालेर सार्वजनिक अपिल गरेको थियो। आन्दोलन रोक्न माथिल्लो तहबाटै पहल नभएकोमा स्थानीयहरुको चिन्ता रहेको उनले बताए। ‘हामीले सहजीकरण गर्नुपर्छ भने हामी तयार छौं। माथिल्लो तहबाट पहल हुनुपर्‍यो।’

स्थानिय व्यापारी छ्योतर शेर्पाले आन्दोलनका कारण व्यापार घटेको वताए। ‘६, ७ सय मजदुरमा अहिले २ सय जति मात्रै होलान। कोही घरतिर, कोही स्थानीयको काम गर्न बाहिर गएका छन्। काम रोकिएका कारण व्यापार घटेको छ।’ आयोजनामा हड्ताल भएपछि मजदुरहरु समस्यामा परेको उनले बताए।

• आयोजना १ वर्ष लम्बिन सक्ने
आयोजनामा काम ठप्प भएपछि आयोजना ढिलाई हुने सम्भावना बढेको छ। निर्धारित समयमा नै आयोजना निर्माण सम्पन्न गर्न दिउँसो र राती २ सिफ्टमा काम सञ्चालन भईरहेको थियो। १० दिनको आन्दोलनका कारण १ महिना बराबरको काम क्षति भएको छ। आयोजनाका प्रवक्ता न्यौपाने भन्छन् ‘आन्दोलनले आयोजनाले निर्माण गरेको कार्यतालिका पछाडी धकेलिँदै गएको छ। यसका कारण आउने जेठसम्म गर्नुपर्ने नदि फर्काउने (रिभर डाईभर्सन)को काम अर्को १ वर्षका लागि पर सर्ने सम्भावना बढ्दै गएको छ।' न्यौपानेका अनुसार रिभर डाईभर्सनको काम वर्षा लाग्नु अगावै गरिसक्नुपर्ने हुन्छ।

आयोजनामा भईरहेको हड्ताल तत्कालै स्थगित भएमा अझै समयतालिकामा असर नपर्ने आयोजनाले जानकारी दिएको छ। आयोजनामा हालसम्म ७३ प्रतिशत काम सम्पन्न भईसकेको छ। आयोजनाको लट ४ अन्तर्गत भईरहेको ट्रान्समिसन लाईन निर्माणकार्य अन्तर्गत १ सय २७ टावरमध्ये हालसम्म १० ओटा टावर निर्माणको काम सम्पन्न भएको छ।

• प्रभावित क्षेत्रको आन्दोलन स्थगित
जिल्लाबासीको शेयर अनिश्चितकालका लागि स्थगित भएपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजना संघर्ष समितिले गर्दै आएको आन्दोलन स्थगित गरेको छ। समितिको आन्दोलनका कारण तामाकोशी आयोजनाका लागि निर्माण समाग्री बोकेका सवारीका साधन सिङ्गटी बजारमा रोकिएका थिए। आन्दोलन स्थगित भएपछि रोकिएका सवारी साधनहरु आईतबार नै आयोजना निर्माणस्थल लामावगर पुगेका छन्।

शेयर बाँडफाँडमा भएको विवादका कारण जिल्लाबासीका लागि छुट्ट्याइएको शेयर वितरणको कार्य  अनिस्चितत कालका लागि स्थगित गरिएको छ। शेयर संकलन चैत्र ८ बाट गर्ने तय भएको थियो।  

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना