• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

द्वन्द्वकालको दुःखद नजिर

दोलखा – दुई र डेढ वर्षका छोरीहरू मस्त निद्रामा थिए। बुद्धिमान पाख्रिन र उनकी पत्नी शान्ति पनि सुत्ने तर्खरमा थिए। २०५९ मंसिर ९ गते राति करिब सवा नौ बजेतिरको कुरा हो यो।
‘कमरेड बुद्धिमान ढोका खोल्नुस्... !’ बाहिरबाट आवाज आयो। उनले बिस्तारै झ्याल खोलेर हेरे। तत्कालीन विद्रोही माओवादीका हतियारधारी लडाकुले घर घेरा हालेका रहेछन्।
प्रायः घरमा आएर धम्क्याइरहने हुँदा बुद्धिमानले माओवादी लडाकुको त्यो उपस्थितिलाई सामान्य रूपमा लिए। फेरि केही सर्त लिएर आए होलान् भन्ठानेर उनले ढोका खोले। शान्ति तीन महिनाकी गर्भवती थिइन्।
रमेश खतिवडा
‘तपाईं हामीसँग हिँड्नुस्, पार्टी जिल्ला हेडक्वार्टरको निर्देशन छ,’ घरभित्र पसेकामध्ये एकले भने। तर उनले कहीं नजाने बताउँदै भने, ‘जे कुरा गर्नु छ, यहीँ गर्नुस्।’ उनीहरूबीच केही समय जाने–नजाने विषयमा गलफती चलिरह्यो। यतिकैमा बाहिर रहेका कमान्डरले ठूलो आवाजमा निर्देशन दिए, ‘जान मान्दैन भने त्यो सुराकी दलाललाई घिसारेर बाहिर निकाल्नुस् !’
हतियारधारी टोलीसँग जान घरबाट निस्किँदै गर्दा बुद्धिमानले पत्नीलाई सम्झाउँदै भने, ‘उनीहरू (माओवादी) कम्युनिस्ट भएकाले एउटा कम्युनिस्टले अर्को कम्युनिस्टलाई केही गर्दैन, म चाँडै फर्किन्छु, पिर नमान्नू।’ पुनःसंरचनापछि हालको जिरी नगरपालिकामा परेको तत्कालीन ठूलोपातल गाविसको अध्यक्ष पदमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित बुद्धिमान पाख्रिन जिल्लाभरिमै पार्टीभित्र प्रखर र लोकप्रियमध्ये केहीमा गनिन्थे। ताहाचल क्याम्पसबाट स्नातक सकेर गाउँ फर्केका उनी स्कुलमा शिक्षण गर्दै थिए।

सिस्नेरी गाउँमा उनलाई खुट्टा तथा हातका औंलाहरू र नङमा नेलले खोपिएको, शरीरका विभिन्न भागमा ब्लेडले चिरिएको थियो। दुई रातसम्म दिइएको यातनाका कारण बुद्धिमान चिच्याएको आवाज सम्झिँदा अहिले पनि यो गाउँका केही नागरिकको आङै सिरिङ्ङ हुन्छ।
क्याम्पस पढ्दा विद्यार्थी राजनीति गरेका कारण एमालेको जिल्ला कमिटीमा समेत जोडिएका उनलाई पार्टीले गाविस अध्यक्ष लड्न प्रस्ताव ग-यो। २०५४ जेठ १३ गते सम्पन्न स्थानीय निकायको निर्वाचनमा लामो समय निरन्तर प्रधानपञ्च चलाएका गाउँकै छिमेकीलाई भारी मतले हराएर गाविस अध्यक्ष चुनिएका पाख्रिनले गाउँमा केही सुधारका काम गरे। माओवादी युद्ध चर्किंदै थियो। उनलाई चन्दा माग्न माओवादी कार्यकर्ताहरू आइरहन्थे।
२०५६ सालतिर गाउँको पुछारबाट बगेर जाने खिम्ती खोलामा नर्वेजियनको लगानीमा हिमाल पावर लिमिटेडले खिम्ती जलविद्युत् आयोजना निर्माण हुने भयो। हिमाल पावरले आयोजनाको निर्माण अवधिका लागि चाहिने पाँच सय किलोवाट बिजुली स्थानीय झाँक्रे खोलाबाट निकाल्यो। खिम्ती सम्पन्न भएलगत्तै हिमाल पावरले झाँक्रेखोला विद्युत् आयोजना खिम्ती ग्रामीण विद्युत् सहकारीमार्फत वरपरका सातवटा गाउँलाई हस्तान्तरण ग-यो। सहकारीको नेतृत्व र अगुवाइ बुद्धिमानसहित वरपरका प्रायः एमाले नेताहरूले गरेका थिए। गाउँमा बिजुली बल्यो भनेर गाउँले फुरुङ्ङ परे।
जिल्लाको पूर्वी दक्षिणमा पर्ने यो गाउँमा तत्कालीन विद्रोही माओवादीले समेत आँखा लगाउन थालिसकेको थियो। गाविस अध्यक्ष बुद्धिमान एमालेको लोकप्रिय जनप्रतिनिधिभित्र गनिँदै थिए। ठूलोपातलमा माओवादीले गाउँ जनसरकार गठन गर्न सकेको थिएन।
२०५९ कात्तिक अन्तिम साता माओवादीले स्थानीय समुदायलाई हस्तान्तरण भइसकेको यो झाँक्रेखोला विद्युत् आयोजनामा बम विस्फोट गराएर क्षति पा-यो। विदेशी लगानी धपाउने भन्दै हिमाल पावरकै स्वामित्वको भनेर बम प्रहार गरिएको भनिएको सो आयोजना बन्द भएपछि दोलखा एमालेको जिल्ला पार्टीभित्र बहस सुरु भयो। प्रायः आफ्ना नेताहरूले अगुवाइ गरेको यो झाँक्रेखोलामा बम पड्काएर क्षति पु-याएकोप्रति एमाले समर्थकहरूले मन दुखाएका थिए।
समुदायको व्यवस्थापनमा आइसकेको बिजुली माओवादीले उडाइदिएपछि जनताको बिजुलीमा आक्रमण भएको सन्देश दिन भन्दै एमालेले मंसिर २ गते बम पड्काइएको झाँक्रेखोलाको विद्युत्गृहमा माओवादीविरुद्ध विरोधसभा गर्नू भनेर अलिखित सर्कुलर ग-यो। खिम्ती ग्रामीण विद्युत् सहकारीको ब्यानरमा विरोधसभाको तयारी भयो। पार्टीका तत्कालीन जिल्ला सचिव (प्रमुख) आनन्द पोखरेल थिए।
२०५६ को निर्वाचनमा दोलखा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पोखरेल र १ का निर्वाचित पशुपति चौलागाई विरोधसभामा अतिथिका रूपमा सहभागी हुने जानकारी पठाइयो। तर निर्धारित विरोधसभाको दिन दुवै नेता गएनन्। ठूलोपातल गाविस अध्यक्ष बुद्धिमानको प्रमुख आतिथ्यमा विरोधसभा सम्पन्न भयो।
गाउँमै आफ्नो पार्टीविरुद्ध विरोधसभा भएको विषयमा माओवादीभित्र बहस भयो। बुद्धिमानलाई भौतिक कारबाही गर्ने वा नगर्ने विषयमा तत्कालीन पार्टीभित्र दुई धार देखियो। एउटा धारले बुद्धिमानले जनयुद्धविरुद्ध नागरिक उचालेको, पटकपटक चन्दा माग्दासमेत नदिएको, सरकारी एजेन्ट बनेर सुराक गरेको साथै उनलाई भौतिक कारबाही गर्दा त्यस क्षेत्रका जनजाति समुदायमा त्रास सिर्जना गर्न सकिने भन्दै उनलाई जसरी पनि कारबाही गर्नुपर्ने अडान लियो।
त्यही साल पार्टीका पोलिटब्युरोसमेत रहेका जिल्लाका अग्रज नेता रितबहादुर खड्काको सरकारी पक्षले रौतहटमा हत्या गरेको प्रतिशोध लिने धङघङीसमेत माओवादीमा थियो। त्यहीअनुसार टोली परिचालित भयो। अपहरण भएकै रात ठूलोपातलका स्थानीयले खुकुरी, हँसियासहितका घरेलु हतियार बोकेर बुद्धिमानको खोजबिन सुरु गरे। मंसिर १० गते मध्याह्नसम्म काब्रे, जुँगुसहित वरपरका गाउँमा खोजे पनि उनलाई भेट्टाउन सकेनन्। माओवादीले बुद्धिमानको अपहरण गरे पनि हत्या भने नगर्नेमा एमालेको जिल्ला तहका नेताहरू ढुक्क थिए। खोजबिन र सम्पर्कका लागि एमालेले सबैतिर संयन्त्र परिचालन गरेको थियो। तर कसैको केही सीप लागेन।

‘खाल्डोभित्र हाल्दासमेत उनको सास नगएपछि त्यहाँबाट उठाएर १३ गते उनलाई बाबरे गाउँको सिस्नेरी पु-याइएको थियो,’ छानबिन रिपोर्टमा भनिएको छ, ‘बाबरेको सिस्नेरी गाउँमा माओवादीकै कारण विस्थापित एक कांग्रेसनिकट शिक्षकको घरमा राखेर दुई दिनसम्म दिइएको यातनापछि उनको मृत्यु भएको थियो।’
२०५९ मंसिर १५ गते दोलखा–सिंगटी सडकखण्डअन्तर्गत सेउली बजारमा एउटा शव फेला परेको खबर फैलियो। तत्कालीन पार्टी जिल्ला सचिव पोखरेल र चौलागाईंसहित नेताहरू ईश्वर पोखरेल (हालका नेकपा जिल्ला अध्यक्ष), भरतबहादुर केसी र अधिकारकर्मी होम पाठकलगायत सेउली बजार पुगेर सो शव नियाल्दा बुद्धिमानको रहेको पत्ता लाग्यो। सडकका बीचमा राखिएको शवनजिकै उनलाई सफाया गर्नुको कारण लेखेर चिठी छाडिएको पाइयो।
एमाले जिल्ला नेताले उक्त शव सदरमुकाम लिएर आए। एमालेका एक जिल्ला नेताका अनुसार जीउभरि तातो फलामले पोलेको जस्तो नीलडाम, एउटा आँखामा गहिरो चोट, हात र खुट्टामा नेल गाडिएको र जिब्रो काटिएको उक्त शवबाट बुद्धिमानलाई चरम यातना दिएर हत्या गरेको बुझिन्थ्यो। त्यस दिन एमालेले शवसहित चरिकोटमा माओवादीविरुद्ध जुलुस गरेको थियो। मंसिरको १७ गते एमालेले परिवारका सदस्यमार्फत जिल्ला प्रहरी कार्यालयमा माओवादीका तत्कालीन जिल्ला सेक्रेटरी सहितका नेताहरू र अपहरण गर्न आउनेहरूविरुद्ध किटानी जाहेरी दिएको थियो।
एमालेले यो हत्याकाण्ड छानबिन गर्न पार्टीभित्र ‘सेक्रेट छानबिन कमिटी’ बनाएको थियो। बुद्धिमानलाई चरम यातना दिइएर हत्या गरेको ठहर छानबिन कमिटीको थियो। एमाले जिल्ला तहका केही नेतालाई मात्र प्राप्त गोप्य रिपोर्टअनुसार मंसिर ९ गते अपहरण गरिएको रात उनलाई काब्रे गाउँका दाहाल थरका एक नेताको घरमा राखेर यातना दिइएको थियो। १० र ११ गते जुँगुमा राखिएको र त्यस अवधिसम्ममा उनको जिब्रो काटिएको थियो।
नागरिक दैनिक पेज ३
त्यही दिन माओवादीले कांग्रेसका एक स्थानीयको घरमा खाद्यान्न, खसीसहितका सामान लुटेर सामन्तीको सामान खोसेको भन्दै भोज लगाएका थिए। जुँगु माओवादीका जिल्लास्तरीय नेताहरूको गृह–गाउँ भएका कारण आधार इलाका थियो। १२ गते उनलाई जुँगुबाट सुनखानी लगिएको थियो। सुनखानी पु-याउँदा बुद्धिमानलाई तामाकोसी नदीमा चोपल्दै निकाल्दै गरिएको र जंगल बीचमा एउटा खाल्डो खनेर पुरिएको रिपोर्ट एमालेको सेक्रेट छानबिन टोलीले बुझाएको थियो।
‘खाल्डोभित्र हाल्दासमेत उनको सास नगएपछि त्यहाँबाट उठाएर १३ गते उनलाई बाबरे गाउँको सिस्नेरी पु-याइएको थियो,’ छानबिन रिपोर्टमा भनिएको छ, ‘बाबरेको सिस्नेरी गाउँमा माओवादीकै कारण विस्थापित एक कांग्रेसनिकट शिक्षकको घरमा राखेर दुई दिनसम्म दिइएको यातनापछि उनको मृत्यु भएको थियो।’
सिस्नेरी गाउँमा उनलाई खुट्टा तथा हातका औंलाहरू र नङमा नेलले खोपिएको, शरीरका विभिन्न भागमा ब्लेडले चिरिएको थियो। दुई रातसम्म रातभरि दिइएको यातनाका कारण बुद्धिमान चिच्याएको आवाज सम्झिँदा अहिले पनि यो गाउँका केही नागरिकको आङै सिरिङ्ङ हुन्छ। एक स्थानीयका अनुसार बुद्धिमानले यहाँ बन्धक रहँदा भाग्ने प्रयाससमेत गरेका थिए। तर चरम यातनाले गलेका उनलाई बारीको तीन कान्लामुनिबाट पुनः नियन्त्रणमा लिइएको थियो।
चरम यातनाका कारण १४ गते बिहान उनले प्राण त्यागिसकेका थिए। प्राण त्यागेपछि माओवादीका हतियारधारी नेताहरूले उनको शव नजिकैको बारीमा फालेका थिए। स्थानीय केही महिलाले आफ्नो घरको छेउमा शव नराख्नू भनेपछि त्यही साँझ चारजना हतियारधारीले उनको शव बोकेर गाउँबाट ओरालो लागेका थिए। त्यही राति सेउली बजारमा शव छाडिएको थियो।
बुद्धिमानको हत्यापछि एमालेले उनकी पत्नी शान्तिमाया पाख्रिनलाई २०६४ र २०७४ मा गरेर दुईपटक समानुपातिक सांसद बनाए पनि पाख्रिन हत्याकाण्डका दोषी पक्राउ गर्न राज्यले सक्रियता देखाएको छैन। द्वन्द्वकालका जघन्य अपराध, व्यक्ति हत्या तथा बलात्कारका मुद्दामा आममाफी नदिन सर्वोच्च अदालत र अन्तर्राष्ट्रिय सन्धिले भने पनि बुद्धिमानको जस्तै निर्मम हत्या मुद्दा चलाउने नचलाउने भन्ने विषय टुंगो लगाउन गठन गरिएको सत्यनिरूपण तथा मेलमिलाप आयोगबारे सत्तापक्ष र प्रतिपक्ष नेताहरूबीच सहमति हुन सकेको छैन। यससम्बन्धी विधेयकसमेत संसद्मा विचाराधीन छ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना