• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

गौशालामा देवीः धनुषामा किशोरी !

 गीत-संगीतबाट तिजको माहोल सुरु भएको छ । पछिल्लो समयका एकाध गीतमा नअल्झिने हो भने गीत/संगीत मार्फत् महिलाले आफ्ना वेदना प्रस्तुत गर्नेगर्छन् । महिलाको शालिन विद्रोह गीत संगीत मार्फत प्रस्तुत हुन्छ, भैरहेको छ । महिलामाथि भएका अत्याचारविरुद्ध गीत संगीत मार्फत विरोध गर्न तिजले धेरथोर सहयोग गरेकै छ ।  

नेपालमा महिला हरेक क्षेत्रमा पछाडि पारिएका छन् । जनगणना २०७८ ले महिला अझै पनि शैक्षिक, साामाजिक, आर्थिक लगायतका क्षेत्रमा पछि रहेको प्रष्ट देखिन्छ । पुगनपुग १० प्रतिशत महिलासँग मात्रै आफ्नो नाममा जग्गाजमिन छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत रहेकोमा महिलाको ६९.४ प्रतिशत मात्रै छ । एकतिहाई महिला मात्रै घरमुली छन् । यो असमानताका पछाडि धेरै कारणहरू छन् । त्यसमध्येको एक प्रमुख कारण भनेको महिला स्वयंले महिला विरुद्धका गतिविधिहरूलाई सामान्यीकरण गर्नु हो । अझ प्रष्ट शब्दमा भन्दा त्यस्ता समाजमा अपराध निम्त्याइरहेका घटनालाई अधिकार देख्नु हो । यो आलेख यस्तै दुई प्रसङ्गमा केन्द्रित छ । 

परिवेश, आवेश अनि बंगलादेश

हातमा मोबाइल छ। मोबाइलमा सारा संसार छ। गाउँको परिवार। विदेश भएको भाई। बैंकमा भएको बचत/ऋण। सुरु गरेको लेखको मस्यौदा। मानिसहरुका सिर्जना। उनीहरुका आक्रोस। सबका सब यतै। सबै यतै भएसी म किन उता हुन सक्थें! औंलाले स्कृन तलमाथि गर्दै यसो सोच्छु, मोबाइलमा छैन चाँहि के? फेरी सोच्छु, मैले मोबाइल चलाइरहेको छु कि मोबाइलले मलाई?


गाउँ गाउँमै सिंहदरबार टोलटोलैमा राजा

यिनै राजा पाल्दापाल्दै देशै रित्तियो आज

यिन्ले भन्या लोकतन्त्र त भन्ने मात्रै हो

बोलम भने आफैं छुच्चो बन्ने मात्रै हो।


फेसबुक रिलमा गीतको टुक्रा छ। मनै कुँडिने दृश्य छ। दौडीरहेको स्कृन टक्क रोकिन्छ। ध्यान तान्छ। ४ लाइन गित सुनेपछि पुरै गीत युट्युबमा खोज्छु। युट्युबको कृष्ण शताब्दी युजरबाट २ महिनाअगाडि अपलोड भएको गित २ लाख ३२ हजार पटक हेरिसकिएको रैछ। गीतमा यथार्थ छ। यथार्थभन्दा धेरै त निराशा छ। आक्रोस छ। 

त्यो सनद, यो समय

चाडबाडको समय। यो सँगसँगै सुरु भयो धान भित्र्याउने मौसम। मौसमले साथ दिएको छैन। अनुमानभन्दा बाहिरको मनसुनले अघिल्ला वर्षमा किसानले काटेको धान बोटमै उम्रियो। यो वर्ष पनि सरकारले किसानलाई धान नकाट्न एसएमएस नै पठाउनु पर्‍यो। 

असारको १५ । नेपाली संस्कृतिमा सबैभन्दा व्यस्त दिन । अत्यधिक प्रयोगमा आउने खाद्यान्न धान रोप्ने दिन । प्रकृतिले आफ्नो नियम नछाडे सबै किसान खेतमा हुने दिन । असारको १८ मा नै विश्व तापमानमा नयाँ रेकर्ड कायम भयो। यो दिन अहिलेसम्मकै सबैभन्दा तातो दिन भएको भनेर वैज्ञानिकहरुले घोषणा गरे। 


यो वर्ष पनि धेरैतिर पर्नुपर्ने जति पानी नपरेपछि धान रोप्न नसकिएको समाचारहरू आए । वर्षा नै नहुने मुस्ताङमा बाढीले वितण्डा मच्चायो । 


जेसिजसँगको आवद्धताः केहि सम्झनाहरु !

कैलेकाँही यसो पछाडी फर्कनु पनि रमाइलै हुने रैछ । पुराना स्मृतिहरु खोतल्दा छुट्टै अनुभव हुने रैछ । त्यस्तै केहि सम्झनाहरु यस आलेखमा खोतल्न खोजिएको छ। जेसिज जीवनको यात्राबारे केहि व्यक्तिगत अनुभव ! 


सम्झेर ल्याउँदा जेसिज पहिला रेडियोबाटै सुनियो होला । जम्मा एउटा रेडियो सुनिने समयमा हुर्केको म । रेडियो नेपालबाहेक कान्तिपुर एफएम र सगरमाथा एफएम सुनिन्थे मेरो गाउँमा । त्यो पनि मुस्किलले !


जेसिजको नेपालमा इतिहास लामै छ । अझ दरबारसँगै जोडिन्छन् यसका इतिहासहरु । राजनीतिको कुरा गर्न नपाइने बेलामा पनि राजाकै मुखुन्जी शासन व्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने इतिहास यसै संस्थासँग छ । यसै संस्थासँग कसरी जोडिइयो भन्नेबारे केहि चर्चा अवको क्रममा । 

कान्तिपुरको आँखाः २० वर्ष २ महिना अघिको माओवादी आन्दोलन!

२०५२ सालदेखी २०६२ सम्म नेपालमा चलेको जनयुद्धमा दोलखा पनि प्रभावित भयो। जनयुद्धको समयमा बेदिङ क्षेत्रको भ्रमण गरेका कान्तिपुरका पत्रकार राजेन्द्र मानन्धरले २०६० साउन १ गते कान्तिपुर दैनिकमा सो बारे संस्मरण लेखेका छन् । सगरमाथा चढ्नेहरूको गाउँ जाँदा भेटिएका माओवादी शिर्षकमा लेखिएको सामाग्रीले अहिले त्यस बेलाको परिवेश बुझ्न सजिलो होला भन्ने आशयका साथ यो सामाग्री प्रकाशन गरिएको छ।

झमक्कै साँझ परिसकेको थियो रोल्वालिङको शेर्पा बस्ती बेदिङ गाउँ पुग्दा । दोलखाको सदरमुकाम चरिकोटबाट पाँचौं साँझ मुस्किलले बास बस्न त्यहाँ पुगेका थियौं । साझको हिम सिरेटोले लगलग काँप्दै बेदिङ गाउँ पस्नमात्र के पाएथ्यौं । एउटा अधबैंसे युवती हातको इसाराले हामीलाई रोक्दै अगाडि बढिन् । उनको इसारा कुनै खतराको संकेत हो भन्ने लाग्थ्यो । हामी एउटा घरमा छेलिएर अडियौं । नजिकै आइपुगेकी ती युवतीले सचेत गर्दै भनिन्- 'यो गाउँमा ३५ जना माओवादी बसेका छन्, तपाईंहरू अगाडि नबढ्नुस् !'

दशकअघिको त्यो एउटा पत्र र केहि सम्झना !

पछाडी फर्कनु सामान्यतया राम्रो मानिन्न । मान्छे अझ भनौं प्रकृतिको स्वभावै हो अगाडि जाने । अगाडि जाने स्वभावकै कारण आज संसारमा प्रतिष्पर्धा छ प्रगतिको । विकासको । अग्रगमनको । 


यो सामग्री भने झण्डै १ दशक पूरानो हो । कैलेकाँही पछाडि फर्केर हेर्नु पनि रमाइलै हुने रहेछ । एकदमै छोटो समयको भेटमा सुदर्शन खतिवडा सरले यो सामग्रीका लागि उत्प्रेरित गर्नुभो । मैले रेडियो शैलुङ दोलखामा चलाएको तार्किक निश्कर्ष कार्यक्रमका बारेमा सामग्रीका लागि । अलिकति तत्कालै लेखेको पूरानो सामग्री र केहि थपथाप सम्झनाहरू !

हाम्रो फेसबुक पाना