• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

कहिले स्विकार गर्ने आफ्ना गल्तिहरु ?

नेपालको राजनीतिको विषेशता नै हो, आफू पानीमाथीको ओभानो बन्ने अनि भएभरका दोषहरु अरुमा खन्याउने । लोकतन्त्रको पुर्नबहालीपछि त यो संस्कार यसरी फैलिरहेको छ कि अव आउने केहि वर्षपछि सत्य चाँही के थियो त भनेर खोज्नुपर्ने दिन आउने निश्चित छ । अहिले समाजमा फैलाइएका अफबाहहरुले हाम्रो समाजलाई कतातिर डोहो¥याइरहेको छ त्यसका बारेमा कसैलाई मतलब छैन । आफ्ना निहित स्वार्थ पुरा गर्नका लागि जस्ले जस्लाई जे आरोप लगाए पनि हुन्छ भन्ने धारणा समाजका एकदमै तल्लो तहसम्म फैलँदै छ । यसका कारण बर्षौदेखि मिलेर रहेको समाजभित्र फुट सुरु भइसकेको छ ।
आफ्ना अधिकार खोज्दा अरुको अधिकार पनि सम्मान गर्नुपर्छ भन्ने कुरा कसैलाई मतलब छैन । पक्कै पनि समाजमा धेरै संख्या हुनेबाट अल्पसंख्यक प्रभावित हुने गर्छ । त्यो जुनसुकै रुपमा हुने गर्छ साँस्कृतिक धार्मीक राजनैतिक । हिजो यो देशका राज्य सञ्चालकहरुमा क्षेत्रि ब्राह्मणको संख्या धेरै थियो । त्यसमा पनि अधिकांश हिन्दुहरु थिए । त्यसका कारण देशमा मनाइने चाडपर्व दिवसहरुमा उनिहरुको प्रभाव पर्नु सामान्य कुरा हो तर यसलाई शासकहरुले शासकहरु इतरका माथि थिचोमिचो गरेको भन्न मिल्छ र ? नेपालको इतिहासलाई राम्ररी अध्ययन गर्ने हो भने विगतमा यहाँ कसैले कसैलाई बहिष्कार गरेर अगाडी बढेका छैनन । यो देशका हिन्दुहरु समेतको मतबाट हिजो मुस्लिम नागरिक मन्त्रि बनेको कुरा कसैले अस्विकार गर्नु आवाश्यक छैन । हिजो पनि यो देशका आदिवासी जनजातीहरु देशका उच्च तहमा पुग्न सफल भएका थिए । कसैले कसैलाई आजकाल प्रचार गरिएजस्तो निषेध गरेर अगाडी बढ्न खोजेको भए यो कुरा सम्भव थियो र ?
केहि महिना अगाडी भारतको न्यायालयले बाबरी मस्जिदका बारेमा फैसला गर्दै सो भुमिमा प्राचिन समयमा रामको मन्दिर रहेको भन्ने कुरा उल्लेख गरेको थियो । कुनै समयमा मुसलमान शासक भएको बेला त्यो मन्दिरलाई भत्काइएको थियो । के नेपालका शासकहरुले विगतमा कुनै त्यस्तो काम गरेको भए काठमाण्डौको मुटुमा स्वयम्भु तथा त्यसको छेउमा रहेको मस्जिद आजसम्म रहीरहन सक्थ्यो ? काठमाण्डौमा रहेका चर्चहरुको अस्तित्व आजसम्म रहन सक्थ्यो र ?
मानिसहरुलाई उत्तेजनामा ल्याउन जति सजिलो छ तिनीहरुलाई सहि शिक्षा दिनु त्योभन्दा धेरै कठिन हुने गर्छ । यो देशमा हिजो गिरिजाप्रसाद कोइरालाले पटक पटक शासन गरे भन्दैमा देशभरिका कोइरालाहरुको अवस्था एकदमै उच्च छ भन्न मिल्दैन । यदि त्यसो हुने भए त दोलखामा जन्मिएका भिमबहादुर तामाङ कानुन तथा न्याय मन्त्रि समेत बन्न सफल भए । टाढाको कुरा गर्नुपर्दैन उनकै गाँउका तामाङहरुको स्थिति उनि मन्त्रि भएबापत उकासिएको छैन । पुष्पकमल दाहाल यो देशका प्रधानमन्त्रि भएवापत दाहाल जाति विशेषका लागि केहि काम गरे र ? पक्कै गरेनन उनले त्यसो गर्न पनि मिल्दैनथ्यो ।
आजकाल समाजमा कुनै जात वर्ग पछाडी पर्नुमा अर्को जाती तथा वर्गविषेशले थिचोमिचो गरेको भनेर प्रचार गर्ने गरिन्छ । यसका कारण समाजका एक वर्गले आफू पछाडी पर्नुमा कसैले थिचोमिचो गरेको भनेर बुझ्न थालेका छन । अव आउने संघिय व्यवस्थामा त्यसको बदला लिइने भन्ने कुरा समेत सुनिन थालेका छन । यसरी हाम्रो संघिय व्यवस्था सुरुमा नै विवादमा पर्न लागेको छ ।
पक्कै पनि विगतका दिनमा राज्यको मुलप्रवाहिकरणबाट कुनै वर्ग पछाडी परेको हो । तर त्यसको कारण अहिले प्रचार गरिएझै कसैले कसैलाई निषेध गरेर अगाडी बढेका कारण हैन । तर अहिले कसैलाई निषेध गरेर अगाडी बढ्ने कुरामा बहस भइरहेको छ । राजनीति गर्नेलाइ त यसले फाइदा नै पु¥याउला तर यसले अन्तत देशलाइ भने वर्वादीको खाडलमा धकेल्नेछ । आफ्ना गल्तिलाई स्विकार गर्दै अगाडी बढे सबैको भलो हुने थियो ।
अर्जुन  “अपवाद”
मिर्गे–५,चिलाउनेखर्क
दोलखा 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

हाम्रो फेसबुक पाना