• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

कोरोनाको कथाः धेरै बाक्लो थेग्दैन है !

अहिले विश्वमा कोरोनाको त्रास छ । नेपालमा २० हजारभन्दा धेरैमा स‌क्रमण देखिएको छ । यसमा करिब ५ दर्जन मानिसको मृत्यु भएकाे छ । विश्वमा यस रोगले झण्डै ७ लाख मानिसको ज्यान गएको छ ।  झण्डै २ करोड मानिसमा यो रोगको संक्रमण भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । 

२०१९ को डिसेम्बर महिनामा चिनको उहान शहरमा देखा परेको यो रोगले अहिले विश्वको अर्थतन्त्र लगायतका क्षेत्रमा गम्भिर असर पारेको छ । यसका बारेमा विभिन्न मानिसहरुसँग गरेको कुराकानी म कोरोनाको कथामा प्रस्तुत गर्नेछु ।  यो हामीले भोगेको एउटा ठूलो त्रासदीको समय पनि हो । कोरोनालाई कसरी बुझे त विभिन्न क्षेत्रका मानिसले सुरुमा ८० वर्ष पुग्न लागेका वृद्धको कुरा 

मैले विरबहादुर दहाललाई भेट्न खोज्नुको कारण गाउँको इतिहास थाहा पाउनु थियो । एकजनाले कुनै दिन कतै भनेको सम्झिए जागिर खान हजुरबाको नाम नचाहिने हो भने धेरैले आफ्नै हजुरबाको नाम जान्दैनथे। मलाइ गाउँको पुस्ता को जालो बुझ्नु थियो । त्यसको जानकार थिए विरबहादुर । यसैकारण अघिल्लै दिन म भेट्न गएको थिएँ । उनि मकै गोड्न गएका रहेछन् । म फेरी भोलिपल्ट उनका घरमा गएँ ।

मैले उनलाई भेट्दा सरकारले लगाएको लकडाउन २ महिना पुरा भएको थियो । जेठको मध्यतिर उनलाई भेट्न उनको घरमा पुग्दा उनि बाख्राका स्याहारमा थिए । सुरुमै कोरोनाको कुरा भयो । उनले मलाई सोधे "एउटा कुरा बुझेको छैन । यो लकडाउनले रोग हरण नै गर्ला त ?" 

मैले आफुले जानेसम्मका लकडाउन गर्नुका कारण उनलाई बताएँ । 
मेरो कुरा सुनेपछि उनले भने 
"यो हावा हो । लकडाउनले हावा के रोकिएला र ?"

वैत्येश्वर गाउँपालिका वडा नं. ३ का विरबहादुर दहालको ७८ औं जन्मजयन्ती केहिदिनअघि मात्र वितेको थियो। 
"९९ साल लाग्दै जेठमा जन्मेको हुँ।" उनले उमेर सोध्दा भनेका थिए।
उनले आफ्ना जीवनमा भोगेका अरु कुराहरु पनि सुनाउन लागे । 

"पहिला पहिला पनि यस्तै रोगव्याधीहरू विभिन्न ठाउँमा हुन्थे । रेडियोले समाचारमा भन्थ्यो । सबै जना मरे भने त तेरो मेरो भन्ने पनि नहोला भनेर हामी कुराकानी गर्थ्यौं । अहिले कोरा भाइरसले पनि त्यस्तै पो बनाउँछ कि । 
रेडियो सित्ता खाने भित्ता लाग्छन् । पाङ्दुर खाने जोदाहा हुन्छन भनेर भन्थ्यो । तेरो मेरो पनि हराउँछ भन्थ्यो । त्यस्तै पो होला कि जस्तो लाग्छ ।" 

उनको अहिलेको विश्वव्यापी व्याधीका बारे आफ्नो बुझाइ भन्न लागे । 
"यस्तो हो नि त । झारपात बाक्लो भो भने खुइलिन्छ । कमाइ उर्लेर गो भने हुरीले लान्छ । मान्छे बाक्लो भो भने रूढिले लान्छ । यस्तै त हो नि धेरै बाक्लो भएपछी थेग्दैन है । 

"७२ सालको भूकम्पमा पनि ग्रहणले सूर्यलाई टम्म ढाकेको थ्यो । पछि पनि ग्रहण लागो तराइ हानो । यो साल पनि टम्म ढाक्ने खालको सूर्यग्रहण लाग्दैछ । दिउँसै राँको बाल्ने पार्दैछ । अझै टम्म भो भने त थुप्रै विनाश हुन्छ होला । देउतालाई पनि दशा लागेपछि त मानिसको के लाग्छ र ! 

यो साल समय राम्रो छैन । आगौं पनि राम्रो छैन । परागौंबाट चाँहि अलिक राम्रो पो होला कि !"
उनले यसका असरबारे पनि आफ्नो आकलन सुनाए । 

"यो समय नै राम्रो छैन । किसान, जागिरे कसैलाई पनि राम्रो छैन । एउटा डाक्टरी गर्नेलाई चाँहि अलिक राम्रो होला कि । खाद्यान्न व्यापारीलाई पनि अलिक राम्रै होला । व्यापार भा को भकै । 
बाहिर नाका बन्द राखे पनि देशभरी त खुला गरिदिए पनि हुने । प्रहरी सेना त हिँडेकै छ । सर्नुपरो भने त तिनीहरुबाटै सर्ला नि । मेरा हृदयमा यस्तो लाग्छ ।" 

ठ्याक्कै सत्य कस्तो हुन्छ । धेरैका धेरैथरी जवाफ होलान । धेरैले धेरै कुरा गर्लान । सबै कुरामा सहमत हुनुपर्छ भन्ने छैन । उनको विश्वास यस्तै रैछ कोरोना भाइरसमा ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना