• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

सुन सिद्धार्थ !

मान्छे नमर्दै जन्मीएछौ र पो बुद्ध भयौ
अहिले जन्मिएका भए तिमी बुद्धु हुने थियौ
तिम्रो युगमा शान्ति
त्याग तपश्या र ध्यानबाट प्राप्त हुन्थ्यो
दया, अहिंसा  र परोपकारमा मौलाउँथ्यो
अहिले शान्ति बन्दुकको नालबाट आउँछ
वारुदको गन्धमा रमाउछ
हिंसामा मुस्कुराउँछ

मानवता जिउँदै थियो र पो निर्विवाद भयौ
अहिले
मा. ले.मा. वादीहरुको नजरमा
केवल पाखण्डी ढोगी र पलायनवादी हुने थियौ
अग्रगमनको वाधक प्रतिक्रान्तिकारी प्रतिगमनकारी
पुँजीवादीहरुको नजरमा
भिखारी फिरन्ते वा बौलाह
जे होस
अहिले त्यसो गरेको भए
गयामा हात पसार्दा हौ थाल थाप्दा हौ
चुरीफुरी गरे त सफाया नै
धर्म थियो र पो धर्मात्मा भयौ
तिम्रो जिज्ञासा
मानिस किन मर्छ रोगी हुन्छ र बुढो
अहिले तुरुन्तै हल हुने थियो
आधुनिक विज्ञान भन्छ
मानिस एड्स लागेर मर्छ
उपचार नपाएर रोगी हुन्छ
हर्मन निष्क्रिय हुँदा बुढो हुन्छ
माक्स्रवाद जवाफ दिन्छ ।
मान्छे मर्नु द्वन्द्वात्मक भौतिकवाद
रोगी हुनु- गरिबी हो
बुढो हुनु- शोषण हो
पुँजीवाद भन्छ
स्वभाविक प्रकि्रया
तिमीलाई के मतलव
त्यो बेला साँध सिमाना थिएन र पो विश्वमा फैलियौ

अब
हाम्रो ताम्सालिङमा तिमी तागाधारीको मुर्ती राखिन्छ कि तोडिन्छ
हाम्रो लिम्बुवानमा किरातेश्वर वा फाल्गुनन्द बने पो जिउला
मिथिला र थारुहटमा तिमी अवधी विस्तारवादी गुम्बामा कैद हुनुपर्ला की
अहिले हामी
शान्तिका लागि
गाउँगाउँमा वस्तीवस्तीमा
मान्छे मान्छेका बीचमा
जातजातका माझमा
भाषा लिङ्ग र धर्म संस्कृतिका
पर्खाल लगाउँदै छौ
साँध सिमाना कोरी रहेका छौ
कसैले कसैलाई नदेख्ने र नभेट्ने गरी
क्याविनहरु बनाई रहेका छौ ।
हामीले
यो अग्रगमनको छलाङ मारिसके पछि
तिम्रो तीन शताब्दीको राज अन्त्य हुन सक्छ
तिमी कपिलवस्तुमा कैदी बन्नु पर्छ
या
तिब्बत जापान कोरिया वर्मा आदि देशमा
शरणार्थी
जे होस सिद्धार्थ निरक्षरता थियो र अक्षर भयौ
मान्छे नमर्दै जन्मीयौ र पो बुद्ध भयौ ॥

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना