• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

यसकारण महंगो बन्दैछ तामाकोसी

“ अपवाद ”
पूर्ण रुपमा स्वदेशी लगानीमा वन्न लागेको तामाकोसीको शिलान्याश गरेर चरिकोट फर्किएपछि २०६८ जेष्ठ ५ गते लक्ष्मी होटलमा भएको एक भेटघाटमा एमाले पोलिटब्युरो सदस्य पशुपति चौंलागाँइले भनेका थिए , “तामाकोसी अव विद्युत प्राधिकरणलाई सुम्पिएका छौं । आजभन्दा अगााडी भएका क्रियाकलापले गर्दा तामाकोसी महंगो भयो भने त्यसको जिम्मा अरुले लिनुपर्छ । तर अव तामाकोसी महंगो भयो भने विद्युत प्राधिकरणका कारण हुनेछ । 

उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा माथिल्लो जलविद्युत परियोजना सञ्चालक समितिका अध्यक्ष  रामेश्वर यादवका सामुन्नेमा प्राधिकरणका कर्मचारीहरुले विद्युत आयोजना महंगो वनाउन विभिन्न खेल खेलिरहेको समेत वताएका थिए । त्यतिखेर यो कतै प्रकाशमा आउन सकेन । धेरैले सोचे, राजनीतिज्ञहरु आफ्नो दुनो सोझ्याउन गलत कुरा पनि वोलने गर्छन । 
धेरै समय वित्न पाएको छैन । चौंलागाँईले भनेका कुरामा सत्यता थियो भन्ने अवस्था आइसकेको छ । माथिल्लो तामाकोशी जलविद्युत परियोजनाका लागि निर्माण गरिएका विभिन्न संरचनाहरु गुणस्तरहिन भएको थाहा पाँउदा पाँउदै पनि केही कर्मचारीका कारण त्यस्ता संरचना पास भएको तामाकोसी परियोजनाका   कर्मचारीले जानकारी दिएका छन । तामाकोसीको प्रवेशमार्गमा पर्ने जामुनेमा निर्माण भएको पुल अझै पुरा भएको छैन । तर ठेकेदारले पुरा भएको प्रमाणपत्र समेत पाइसकेका छन । यसबारेमा खोज्दै जाँदा तामाकोसी श्रोतले सम्वद्ध ठेकेदारले कर्मचारीलाई प्रभावमा पारेर प्रमाणपत्र हात परेको वतायो । यसवारेमा पत्रिकामा समाचार आएपछि मात्र हामीले थाहा पाँयौं । यसका वारेमा जानकारी लिन खोज्दा परियोजनाका कर्मचारीवाटै असहयोग हुने तथा धम्की समेत आउने गर्छ । श्रोतले भन्यो । 
कार्यालयमा प्रमाणपत्र लिन आएका ठेकेदारलाई काम पुरा भएको छैन भनेर आयोजनाका कर्मचारीले प्रमाणपत्र दिन आनाकानी गरेका थिए तर ठेकेदारले आयोजनाका केही कर्मचारीलाई प्रलोभनमा पारी प्रमाणपत्र हात पारेको श्रोतको दावी छ । 
सडकको निर्माणमा पनि अनियमितता भएको सर्वसाधारण आशंका गर्ने गर्दछन । दोलखामा लामो समयदेखी काम गर्दै आएका एक पत्रकार भन्छन सडक निर्माणमा भएको कमीशनको खेलमा तत्कालीन समयका जिल्लास्थित उच्च पदस्थ अधिकारी समेत संलग्न भएका थिए । 
दोलखा सदरमुकाम चरिकोटबाट ६८ किलोमिटरको दुरीमा निर्माण हुने यो योजना सन २०१५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

1 comment:

  1. तीमि नेता ,वा ठेकेदार अनी प्राधिकरण का जोहाकिम ,,हउ ,तर आफ्नो देश ,जन्ता को भलाई को निमित काम गर्न सिक ,,आफ्नु परिवार को माया भन्दा हाम्रो सिङो दोलखा को बिकास को बधक न बनी काम कार्य सम्पन्न गर ,, नेता हरु होसिएर ओके ....?

    ReplyDelete

हाम्रो फेसबुक पाना