• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

मकैले मास्यो गरिबी

"अपवाद" 
दोलखाको उत्तरी क्षेत्रमा पर्ने चिलंखा गाविसका वासिन्दाको मूख्य पेशा खेति हो । यस क्षेत्रका किसानलाई आफ्नो वारीमा फल्ने अन्नले अघिल्ला वर्षहरुमा मुस्किलले ६ महिना मात्र खाना  पुग्थ्यो । घरखर्च चलाउन साहुकोमा ऋण काढ्नुपर्ने अवस्था थियो । खेतवारीमा अन्न उत्पादनका लागि लाग्ने श्रमको तुलनामा उत्पादन ज्यादै कम भएका कारण विस्तारै यस क्षेत्रका मानिसहरु कृषि पेसावाट विस्थापन हुने अवस्थामा पुग्न लागेका थिए ।


तर गत वर्षवाट यस गाँउको अवस्था फेरीएको छ । अहिले यस गाँउमा मकै खेतिवाट धेरैको वर्षभरिको घरखर्च धान्न सकिने अवस्था आएको छ । घरखर्च धानेर  वचत गर्न पुग्ने आम्दानी भएपछि कृषकहरु उत्साहित भएका हुन । फोरुट नर्वेको सहयोगमा ग्रामीण विकास टुकी संघ दोलखाले यस वर्ष चिलंखा र वावरे गाविसमा मकैको विउ उत्पादन गर्ने परियोजना लागु गरेपछि किसानको अवस्थामा सुधार आएको हो । 
चिलंखा गाविसकी पवनकुमारी खड्का पहिला भन्दा परियोजना लागु भएपछि आफूहरुको अवस्थामा सुधार आउन लागेको वताउनुहुन्छ । “पहिला आफुले उव्जाएको खेतिवाट वर्षमा ४, ५ हजार मात्र कमाई हुन्थ्यो । तर यस वर्ष १४ , १५ हजार रुपैया कमाई हुन्छ होला । पहिले हामीले उत्पादन गरेको मकै विक्रि नहुने अवस्था थियो । तर अहिले किसानको उत्पादन सबै संस्थाले नै लिने भएपछि हामीलाई वजारको पनि चिन्ता छैन ।” खड्काले भन्नुभयो । 
परम्परागत रुपमा गरिएको मकै भण्डारण

फोटो अर्जुन "अपवाद"

गएका वर्षहरुमा यस क्षेत्रका किसानहरुले विक्रि गरेको मकै पाथीको साठी, सत्तरी रुपैंयामा विक्रि हुने गर्दथ्यो । अझ किसानको उत्पादन विक्रि नभएर घुन पुतलीले सखाप पार्ने गर्दथ्यो । तर यस वर्ष परियोजना लागु भएपछि संस्था आफैंले, किसानले उत्पादन गरेको मकै प्रतिपाथी १४० रुपैंयामा लिने भएको छ । यसले गर्दा किसानहरुको उत्पादन वढ्न पुगेको हो । 
उत्पादीत मकै विउको प्रयोजनका लागि प्रयोग गरिने संस्थाका प्राविधिक केदारवहादुर खत्रिले जानकारी दिए । अहिले संस्थाले चिलंखा गाविसका ९ जना र वावरे गाविसका ३० जना किसानहरुसंग मिलेर यो कार्यक्रम चलाईरहेको छ । “किसानहरुले वर्षेनी एकै किसिमको विउ प्रयोग गर्ने र विउको गुणस्तरमा ध्यान नदिने भएका कारण अपेक्षित प्रतिफल लिन नसकेकाले परियोजना सञ्चालन गरिएको र परियोजना अन्तर्गत गणेश १ र रामपुर कम्पोजीट जातको मकैको विउ उत्पादन गर्न लागिएको हो । ” खत्रिले भने । 
कार्यक्रम सुरु भएपछि स्थानिय वासिन्दाहरुले विउ उत्पादनका साथसाथै गोठेमल व्यवस्थापन, मुत्र संकलन लगायतका कार्य समेत गरिरहेका छन । वावरेकी कमलादेवी महिला समूहकी अध्यक्ष हिरादेवी खतिवडा यस परियोजना आएपछि स्थानिय वासिन्दाले कम्पोष्ट मल वनाउन, जैविक विषादीको प्रयोगवाट किरा नियन्त्रण गर्न समेत सिकेको वताउनुहुन्छ । गएका वर्षहरुमा किसानहरुले मकै उत्पादन गरे पनि त्यसको वजार पाएका थिएनन । यस वर्ष उत्पादन पनि वढि भएको र मकैको भाउ पनि विगत वर्ष भन्दा धेरै पाएका कारण किसानहरु एकदमै उत्साहित छन । विगतका वर्षहरुमा वोटमा एउटा मात्र घोगा लाग्ने तर यो साल एकै वोटमा तीन घोगासम्म मकै फलेको छ । यसका कारण गत वर्षहरुको भन्दा दोव्वर आम्दानी हुने खतिवडाको भनाई छ । 
परियोजनाका प्रमूख रामचन्द्र श्रेष्ठ किसानहरुले उन्नत जातको मकै उत्पादन गरि आगामी वर्षदेखी सहज रुपमा उन्नत विउ पाउने वातावरण वनाउने उद्देश्यका साथ परियोजना लागु गरिएको वताँउछन । “ग्रामिण क्षेत्रका किसानहरुले मकै रोप्ने वेलामा उन्नत विउ नपाउने अवस्थालाई सम्वोधन गर्नका लागि यो कार्यक्रम लागु गरिएको र आगामी वर्षमा किसानहरुलाई सहकारीको माध्यमवाट उन्नत विउ उपलव्ध गराउने सोच राखिएको छ ।” श्रेष्ठले भने । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

2 comments:

  1. okay yesai gari gau develop vako news haru padhna pau hai arjun sir.

    thank x a lot.

    ReplyDelete

हाम्रो फेसबुक पाना