• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

यसरी कहाँ पुगिएला कमरेड ?

अर्जुन  'अपवाद '
भन्न खोजेको कुरा सुरु गर्नुभन्दा केही दिन अगाडीको प्रसङ्ग उल्लेख गर्न चाहन्छु । चरिकोटको व्यस्त पत्रिका पसलमा नरम कमरेड पत्रिका किन्न आएका थिए । नरम कम्युनिष्ट पार्टीको जिल्ला अधिबेशन चलिरहेको थियो । नरम कमरेड व्यस्त थिए अधिबेशनका कारण । पत्रिका पसलको छेउमा भएको चिया पसलमा कडा कमरेड चिया पिउँदै रहेछन । नरम कमरेडलाई चिया खान बोलाए कडा कमरेडले । व्यस्त भएको वताँउदै कमरेडले चिया खान मानेनन ।
तर कडा कमरेडले कुरा अर्कै छ भनेपछि नरम कमरेड कडा कमरेडले चिया खाईरहेको पसलमा गए । चिया पसलमा नरम कमरेड छिरेपछि कडा कमरेडले भने “मलाई तपाँईसँग एउटा सल्लाह गर्नु छ ।”
कडा कमरेडले नरम कमरेडसंग सल्लाह गर्न खोजेको विषय भनेको उनको व्यक्तिगत प्रसङ्ग रहेछ । कडा कमरेडका पिता गएको वर्ष परमधाम भएका रहेछन । कम्युनिष्टहरुले भन्ने गरेको साँस्कृतिक क्रान्ति अन्तर्गत उनले बाबुको काजक्रिया गरेनन् । 
“यस वर्षको वार्षिकीमा भने केही गरौं की भनेर तपाँईसँग सल्लाह लिन खोजेको ?” कडाको कुरा सुनेपछि नरमले भने हाम्रा पार्टीका नेताले पनि यो काम गरे । म उनलाई सम्मान गर्छु तर म चाँही गर्न सक्दिन । “हामी आफैंले यो काम गर्नु हुन्न भनेर समाजमा भन्दै हिंड्यौ तर अहिले के गर्ने भन्ने कुरामा अलमलमा परियो ।” कडा कमरेडले गुनासो व्यक्त गरेपछि नरम कमरेड चुपचाप रहे । कडा कमरेडले प्रस्ताब गरेको विकल्प वार्षिक तिथीमा सार्वजनिक सभा आयोजना गर्ने र धर्मगुरुहरुलाई बोलाएर छलफल चलाउनेमा दुवैजना सहमत भए र छुट्टिए । 
अचम्म लागेर आयो, विकल्प सुन्दा । कम्युनिष्टहरुमा नै प्रचलित ‘उग्रवामपन्थिहरु अन्तमा दक्षिणपन्थिमा परिवर्तन हुन्छन’ भन्ने कुराको सम्झना भयो । धर्मगुरुहरुलाई त समाज सिङ्गै परिवर्तन गर्छौ भन्नेहरुले विकल्प दिएर पो बहस चलाँउदा पो खोजेको कुरा भेटिन्छ । 
नेपालमा कम्युनिष्ट आन्दोलनको यत्ति धेरै लामो समय बित्दा पनि यस्ता कुरामा बहस नै सुरु भएको रैनछ । समाज व्यक्ति व्यक्ति मिलेर बन्ने हो । समाजमा धेरै किसिमका संस्कार छन । ती सबै सहि त नहोलान तर खत्तम नै पनि त छैनन । हामीले मान्दै आएका संस्कार छोड्ने हो भने नयाँ कस्तो हुने त ? जन्म, मृत्यु, विवाह जस्ता ठुला संस्कारमात्रै हैनन । विहान उठ्ने, बेलुका सुत्ने जस्ता सामान्य कुरापनि व्यक्तिले आफुले मान्दै आएको संस्कारका आधारमा अपनाउँदै आएको हुन्छ । कम्युनिष्टहरु यस्ता संस्कार नमान्ने त भन्छन । कस्ता कुराहरु मान्ने व्यक्ति कम्युनिष्ट हुने भन्ने कुरा बताउन सक्दैनन । यस विषयमा छलफल चलाँउदैनन् । 
आजभन्दा २ बिस र ४ वर्ष अगाडी नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको हो नेपालमा । इतिहासकारहरुले बेलाबेला यसै भन्छन । कम्युनिष्ट आन्दोलनमा लाग्नेहरु सामाजिक क्रान्तिको कुरा व्यापक रुपमा उठाउने गर्छन । तर त्यो कस्तो हुने भन्ने कुरामा कम्युनिष्ट कार्यकर्ता मात्र हैन अगुवा नै अलमलमा पो छन की ?  
त्यसबेलामा पार्टी स्थापना गर्न कम्मर कसेर लागेका नरबहादुर कर्माचार्य अहिले ८९ वर्ष पुगेछन । यो लेख लेख्न बस्नुभन्दा केहि क्षण अगाडी उनि काठमाण्डौको एक सञ्चारमाध्यममा अन्तरवार्ता दिएर भन्दै थिए । “जुन उद्धेश्यका साथ पार्टी खोलिएको थियो । त्यो उद्धेश्य केही समयमा नै पुरा हुन्छ ।” त्यो भनेकै के हो भन्ने बारेमा बारे उनले केही खुलाएनन । 
सामुहिकतामा विश्वास गर्ने कम्युनिष्टहरु अध्ययनलाई पनि एक योग्यताकै रुपमा मान्छन । अगुवाले राखेका विचारहरुका व्याख्या विश्लेषण गर्न सक्नु कम्युनिष्ट पार्टिमा आवद्ध कार्यकर्ताका लागि आधारभुत योग्यता हो । कम्युनिष्टहरु चलिरहेको परम्परामा रहनुलाई यथास्थिति भन्छन । त्यसबाट अगाडी जान नसके जीवनको सार्थकता नहुने कुरामा बलियो विश्वास राख्छन ।
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको महान दिनका अवसरमा देशभर कम्युनिष्ट पार्टीहरु कार्यक्रम गरिएका छन । तर यस्ता सामाजिक सवाल कतै पनि उठेका छैनन होला सम्भवत । नेपालमा कम्युनिष्ट आन्दोलनको सुरुवात चार जनाले गरेका थिए । अहिले नेपालमा सबै कम्युनिष्ट पार्टीहरु मिल्ने हो भने संविधानसभामा तिनीहरुलाई २ तिहाईभन्दा बढि मतदाताले आफ्नो मत दिएका थिए । सुरुका कम्युनिष्टहरुले समाज परिवर्तनका विभिन्न कुरा गरे । पछि एउटा कम्युनिष्टको समूहले बस्ति बस्ति चहारेर परिवर्तनको काल्पनिक संसारका सपना बाँड्यो । 
अरुलाई परिवर्तनका सपना बाँड्ने कमरेडहरु भने आफैं अलमलमा छन । लेखको सूरमा उल्लेख गरिएको दृश्य देख्दा यसो भन्ने साहस आएको हो । नत्र त लोकतन्त्रमा देखेको कुरा बोल्न गाह्रै पर्ने स्थिती छ । सत्यमाथि एकाधिकार भएको ठान्ने एक समुहले सत्यको अर्को पाटो हुन्छ भन्नेलाई प्रतिगमनकारी भनेर सामाजिक वहिष्कार सम्मको कारवाहि चलाउन सक्छ । 
कम्युनिष्ट अगुवाहरुले पनि काजक्रियाको सवालमा बाबुआमाको काजक्रिया गरेका छैनन । तर उनिहरुले त्यसको विकल्प पनि दिन सकेका छैनन । समाज रुपान्तरण गर्नका लागि संस्कारजन्य कुरामा सुधार गर्नका लागि प्रष्ट विकल्प आउनु जरुरी छ । 
नेपालमा राजनितिज्ञहरुलाई प्रायजसो लाग्ने गरेको आरोप के हो भने राजनीतिज्ञहरु जनतामा भ्रम मात्र छर्छन । नेपालमा स्थापना भएको ६ दशकसम्म यस्ता सामान्य विषयमा छलफलसमेत नचलाउनुलाई के भन्ने त ? 
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

1 comment:

हाम्रो फेसबुक पाना