• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

सिद्धार्थसंगको संगत

अरुलाई कुनै पुस्तक पढ्न सिफारिस गर्नुप¥यो भने कुन पुस्तक सिफारिस गर्नुहुन्छ भन्ने प्रश्नमा किताब पढ्नेहरु धेरैले सिद्धार्थको नाम लिने गर्छन । पुस्तकमा के त्यस्तो कुरा छ र सबैले पढ्न सिफारिस गर्छन भन्नेमा मलाई कौतुहलता थियो । केहि वर्ष अगाडी पुस्तकालयमा त्यो पुस्तक भेटेको पनि थें । तर अहिलेजत्ति नै चर्चा नसुनेको भएर त्यसबारे त्यत्ति धेरै चासो राखिएन ।

बुद्ध नै कहाँ जन्मिएका थिए भन्ने बारेमा विवाद चल्छ बेलाबेलामा । सिद्धार्थ मनमा आउनेवित्तिकै वुद्धको कुरा आईहाल्ने । पुस्तकहरुमा पटपटक सिद्धार्थबारेमा पढ्दै आएको थिएँ । सिद्धार्थ त्यस्ता महान पात्र थिए । उनले समाजको भलाईका लागि आफ्नो सुखसयलपूर्ण जीन्दगी त्याग गरेका थिए । कुनै दिन विरामी देखेपछि सो को कारण खोज्न दरवार छोडेका उनि पछि वुद्ध वनेका थिए । उनले आफ्नो भोगाईबाट पाएको ज्ञान विश्वलाई वाँडे । उनलाई पच्छ्याउनेहरु वौद्धमार्गी भए ।

लेखक जर्मनीका हर्मन हेस्से । पश्चिमाले लेखेको पूर्वीय अध्यात्मबारेको पुस्तक । केही पश्चिमाहरु आफुभन्दा वाहेकका सबै मूर्ख हुन भन्ने वहस चलाईरहन्छन, चलाईरहेका छन । यस्तो अवस्थामा ती पश्चिमाले वुद्धका वारेमा के कुरा लेखे होलान भन्ने जिज्ञासा थियो नै ।
पढौंला भन्ने त थियो । पढिनहालेको देखाउन धेरै वहाना पनि थिए । पुस्तक अंगे्रजीमा थियो । अंग्रेजी मेरो मातृभाषा हैन । नेपालीमा अनुवाद भएपनि अनुवादहरु त्यत्ति धेरै शसक्त हुन्नन् भन्ने मान्यताले पनि घर गरेको थियो । पोखरामा एउटा तालिमको सिलसिलामा थिएं । कुरैकुरामा एकदिन झापाका युवराज लामाले आफुसंग उक्त पुस्तक भएको कुरा वताए । मैले पढौं न त भनें । नेपाली अनुवाद होला भन्ने लाको थियो । अंग्रेजीमा रैछ । तैपनि पढ्न सुरु गरें । त्यसअघि पनि जर्ज अरवेलको एनिमल फार्म अंग्रेजीमा नै पढेको थिएँ । त्यसले गर्दा पनि अंग्रेजीमा पढ्न सक्छु भन्ने आँट थियो ।

पोखरामा केही भाग त पढियो तर त्यसले खासै तान्न सकेको थिएन । किताब फिर्ता गर्नुपर्ने वेलामा युवराजले किताब फिर्ता गर्नु पर्दैन भनेपछि मलाई पछि पढौंला भन्ने ढुक्क भएको थियो ।

पछि पनि किताब पढौं भनेर सिद्धार्थ पढ्न लागें । भाषाको समस्या बेलाबेलामा देखिएपनि पढाई भने निरन्तर अगाडी वढ्दै गयो । व्राह्मण कुलमा जन्मिएका सिद्धार्थलाई आफुले अध्ययन गर्दै आएका वेद पुराणहरुले चित्त वुझाउन सकेनन् । उनि सत्यको खोजीमा घर छोड्ने भए । उनलाई उनको अत्यन्त मिल्ने साथी गोविन्दले साथ दिए । उनि सन्यासी वने, भिक्षु वने । तर उनले आफुले मनले खोजेको सत्य फेला पार्न सकेनन् । वुद्धका अघि पुगे र वुद्धसंग संवाद गरे । उनको क्रान्तिकारी चेतनाले मन तान्दै लग्यो । वुद्धसंग वातचित गर्दाको एउटा संवादले भने धेरै मन छोयो । वुद्धको संघमा उनको साथी गोविन्दले वस्ने निर्णय गरिसकेको थियो । उनि त्यसरी बस्न मानिरहेका थिएनन र वुद्धसंग कुरा गरेर वाहिर जाने तयारीमा थिए । वुद्धसंगको कुराकानीमा उनले भने मैले आफुले चाहेको कुरा पाउन सकिन त्यसैले म तपाँइको साथ छोड्न चाहन्छु । बुद्धले यस प्रसङ्गमा भनेका थिए के त्यसो भए मैले गरेको काम गलत नै छ त ? अरुहरु जो मलाई मानेर आईरहेका छन म तिनलाई विदा गरौं त ? जवाफमा सिद्धार्थ भन्छन म अरुका जीवनको निर्णय गर्न सक्दिन । म मेरो जीवनका वारेमा मात्र सबै निर्णयहरु गर्न सक्छु ।

यसपछि मैले नेपालीमा नै पुस्तक हेर्न खोजें र पुस्तकालयबाट ल्याएर हेरें पनि । तर नेपाली अनुवादमा भएको भाषाले भने हलुवामा वालुवा भन्ने भनाई याद आयो । वाक्यगठन तथा सामान्य भाषागत कुरामा पनि ध्यान नदिएको कुराले त्यसलाई खल्लो वनाएको थियो ।

वुद्धलाई छोडेर हिंडेका सिद्धार्थ र माझीविचमा भएको कुराकानी पनि धेरै नै मन छुने लाग्यो । नदि तर्न लाग्दा सिद्धार्थ भन्छन अव हाम्रो भेट होला वा नहोला तपाँईलाई नदि तारिदिनुभएकोमा धेरै धन्यवाद है । जवाफमा माझीले भन्छन सबै कुराहरुसंग पुन भेट हुन्छ । मैले यस नदिवाट सिकेको कुरा हो । तपाँई र हाम्रो पनि फेरी भेट हुन्छ । यस वार्तालापले मलाई धेरै नै भावुक वनायो । र निकैबेर घोत्लिए ।

मानिसले आफ्नो बारेमा निर्णय स्वयम आफैंले गर्नुपर्छ भन्ने कुरा दर्शाउन खोजेका छन लेखकले । धेरै वटा जीवनशैली एकै पात्रमार्फत देखमउन सक्नु पनि उनको अर्को खुवि हो । पुस्तकमा एक पात्र भिक्षु, व्यापारी, माझी लगायतका धेरै भुमिकामा देखिन्छ । कमलासंगको भेटमा भएका कुराकानी पनि धेरै नै मार्मिक लाग्छन । लुटेर प्रेम लिन सकिन्न भन्ने उनको भनाई ज्यादै नै मननिय लाग्छ । कामस्वामीसंगको संगत उनीसंग काम गर्दाको व्यवहार लगायतका कुराले मानिसमा धेरै सकरात्मक शिक्षा प्रदान गर्न पुस्तक सक्षम हुन्छ ।

संसारलाई तुच्छ मानेर हिंडेको मानिस संसारीक मायाजालमा कसरी फस्छ भन्ने कुरा पनि कमलासंगको संगतले जन्मिएका छोराप्रति सिद्धार्थको मोहले झल्काँउछ । साथै यस प्रसङ्गले मानिस आफुले हिंड्न खोजेको वाटोमा कसरी अगाडी जान्छ भन्ने कुरा पनि देखाँउछ । जस्तो पात्र छ उससंग त्यस्तै व्यवहार गर्नुपर्छ भन्ने कुरा पनि लेखकले माझिमार्फत व्यक्त गरेका छन ।

वुद्धका वारेमा विमती राख्दाराख्दै पनि बुद्धप्रति सिद्धार्थको सम्मानलाई पुस्तकले राम्रोसंग देखाउन सकेको छ । अध्यात्मिक कुराहरु तथा अनुभवहरु सिद्धार्थकै भनाईमा व्यक्त गर्न नसकिने कुरा हुन तर पुस्तकले धेरैहदसम्म पाठकमा त्यसको छाप छोड्न सकेको छ ।

उपन्यासको सुरुदेखि अन्तसम्म आईपुग्दा लेखकले धेरै मानविय पक्षको कुरा वुझाउन त सक्छन । तर सिद्धार्थले जीन्दगीभर खोजेको सत्य प्राप्त गरे की गरेनन् भन्ने कुरा भने पाठकले प्रष्टसँग वुझ्दैनन । अन्तमा गोविन्दसंग भेट हुँदा गोविन्दलाई सिद्धार्थले संसारको सुन्दरताका बारेमा ढुंगाको माध्यमबाट दिएको संदेश धेरै नै मर्मस्पर्शी छ । साथै सत्यको एउटा मात्रै पाटो हुन्न भन्ने कुरा बुझाउन पनि कृति सक्षम छ । साथै यसले मानविय जीवन अपूर्ण छ र अपूर्णतामा नै समाप्त हुन्छ भन्ने कुरा देखाउन खोजेको जस्तो लाग्छ ।

हुन त अहिले पनि सत्य खोज्ने प्रयास जारी छ । धेरैले सत्यलाई आफ्नै तरिकाले व्याख्या गरिरहेका छन । कतिपयले सत्यमाथि आफ्नोमात्रै एकाधिकार रहेको कुरा वताउँदै साँघुरो गल्लिको यात्रा गरिरहेका छन । वुद्धका वारेमा पश्चिमका विद्धानले यत्ति धेरै कुरा गर्दा पनि हामी अझै कुहिराको कागझैं रुमल्लिरहेका छौं । आफ्ना बारेमा आफैंले खोज गर्ने सिद्धार्थको वाटो समाउन सके हामी धेरै दासताहरुबाट मुक्त हुन सक्ने छौं । किताब पढिसकेपछि मलाई लागेको यत्ति हो । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

1 comment:

  1. सरले किताब पढ्नु भएछ, जानेर खुसी लग्यो, अव एक चोटि खलिल जिब्रानको prophet पढ्न अनुरोध गर्दछु साथ मा कुमार नगरकोटीको kathmandu fever मोक्षान्त पनि

    ReplyDelete

हाम्रो फेसबुक पाना