• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

पहिरोको खतरामा पुरै गाँउ

दोलखाको मार्वु गाँउ विकास समितिको वडा नं. ६ को टोकदिङ वस्तिमा ३२ घरधुरीको वसोवास छ । यस वस्तिमा वर्षा हुनेवित्तिकै गाँउलेहरुमा त्रास  जन्मिन्छ । उनिहरु वर्षा भएको दिन राम्रोसंग निदाउन सक्दैनन । यहाँको कमजोर धरातलका कारण यस ठाँउमा रहेका वस्तिमा पानी पर्ने वित्तिकै यहाँको जमिनमा माटो भासिन्छ । 
स्थानिय शान्ति शेर्पा अहिले ६२ वर्ष पुगिन । उनी वसेको घर २० वर्ष अगाडी भासिएर भत्कियो । उनको परिवारले नयाँ घर वनायो । तर अझै डर हट्न सकेको छैन । उनि भन्छिन कुन बेला के हुने हो त्रासमा जिन्दगी विताउनु परेको छ । गाँउकै अर्का स्थानिय वासिन्दा निमी शेर्पा गाँउमा पहिरोका पिरलो सधैंभरी रहने वताउँछिन । उनका अनुसार गाँउमाथि रहेको जंगलमा थुप्रै ठाँउमा जमिन भासिएको छ । यसले गर्दा एक दुई घर मात्र हैन पुरै वस्तिमाथी नै खतरा छ । 
पहिरोको बस्तीमा परेको तोक्दिंग गाउँ    
तस्बिर जिल्ला भू संरक्षण कार्यालय दोलखा 
यस्तो समस्याका वारेमा जानकारी पाएपछि जिल्ला भू संरक्षण कार्यालय र इकार्डस दोलखा सहितको एक टोली स्थलगत भ्रमणमा गएको थियो । स्थानिय वासिन्दाहरुसँगको छलफलपछि कार्यलयले वस्ती बसेको भू बनोट कमजोर भएका कारण यो समस्या आईपरेको निश्कर्ष निकालेको छ । टोलिमा संलग्न जिल्ला भू संरक्षण कार्यालयका सेरबहादुर श्रेष्ठका अनुसार कुनै समय पहिराले पुरिएर नयाँ बनेको जमिनमा वस्ति बनेको कारण वस्तिमा यस्तो समस्या आईपरेको हुनसक्छ । “लामो समयअगाडी पहिराका कारण पुरिएको जमिनमा रहेका ढुङ्गाहरु कमजोर हुन लागेका कारण जमिन भासिन लागेको हुन सक्छ”, श्रेष्ठले भने । 
स्थानिय क्षेत्रमा विपदका वारेमा काम गरिरहेको इकार्डस दोलखाले यस गाँउमा आउन सक्ने विपदका लागि काम गरिरहेको वताएको छ । परियोजना अन्तर्गत स्थानिय तहमा स्थानिय विपद व्यवस्थापन समितिको गठन समेत गरिएको छ । यसले गाविसभरमा हुन सक्ने विपदको सुचिकरण गर्ने लगायतका काम गरिरहेको समितिका मार्वु गाविस संयोजक मोहनविक्रम आचार्यले वताए । उनका अनुसार मार्वु गाविसमा टोकदिङ वस्ति लगायत अन्य विभिन्न स्थानमा हुन सक्ने विपद न्युनिकरणका लागि समितिले विभिन्न खालका कार्यक्रमहरु गरिरहेको उनको भनाई छ ।
इकार्डस दोलखाले सो स्थानमा रहेको वस्ति जोगाउनका लागि विस्तृत योजना निर्माण गरिरहेको इकार्डस दोलखाका जलवायुजन्य जोखिम व्यवस्थापन परियोजनाका परियोजना संयोजक विमल खतिवडाले जानकारी दिए । “हामीले सम्बन्धित स्थानको भ्रमण गरिसकेका छौं । अव प्राविधिक तथा सामाजिक रुपमा कसरी विपद कम गर्ने भन्ने वारेमा योजना निर्माणका क्रममा छौ”, खतिवडाले भने । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना