मंसिर ४ मा हुने संविधानसभाको निर्वाचनमा दोलखामा ११ स्वतन्त्र सहित ४७ जना उम्मेदवारले प्रतिष्पर्धा गर्ने भएका छन । जिल्ला निर्वाचन कार्यालयले प्रकाशन गरेको उम्मेदवारहरुको अन्तिम नामावलीका अनुसार जिल्लाका क्षत्र नं. १ मा ७ स्वतन्त्र उम्मेदवारसहित २५ जना तथा क्षेत्र नं. २ मा ४ स्वतन्त्रसहित २२ जना चुनावी प्रतिष्पर्धामा उत्रने भएका हुन ।
दोलखामा यस अघि २०६४ मा भएको संविधानसभाको निर्वाचनमा दुवै निर्वाचन क्षेत्रमा एमाओवादीले जितेको थियो भने त्यस अघि २०५६ को आम निर्वाचनमा एमालेले दूवै क्षेत्रमा जित हात पारेको थियो ।
अहिले एमाओवादीले दुवै क्षेत्रमा नयाँ अनुहारलाई ठाँउ दिएको छ भने कांग्रेस एमालेले एक क्षेत्रमा नयाँ र एक क्षेत्रमा यसअघि चुनावी प्रतिष्पर्धामा सहभागी भएकाहरुलाई उम्मेदवार बनाएको छ ।
No comments:
Post a Comment