• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

आन्दोलन फिर्ता लिएर तामाकोसीका मजदुर काममा फर्किए

माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा भएको मजदुर हड्ताल १३ दिनपछि फिर्ता भएको छ। आन्दोलनरत श्रमिकहरुका मागका बारेमा उच्चस्तरीय कार्यदल बनाउने सहमतिपछि मजदुरहरु हड्ताल फिर्ता लिएर काममा फर्केका छन्।

आयोजनाको ठेकेदार चिनियाँ कम्पनी सिनो हाईड्रो अन्तर्गतको नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक)ले प्रति मजदुर ५ सय कित्ता बराबरको शेयर खरिद सुनिश्चितताको माग गर्दै आन्दोलन गरिरहेको थियो। 


सम्झौता पत्र
मजदुर प्रतिनीधि र आयोजनाका पदाधिकारीहरुबिच बुधवार काठमाडौंमा मागहरु समाधान गर्नका लागि अधिकार सम्पन्न कार्यदल निर्माण गर्ने सहमति भएको थियो । ७ दिनभीत्र कार्यदल गठन गरिने र उक्त कार्यदलले ३० दिनभित्र श्रमिकको माग सम्बोधन गर्ने गरि प्रतिवेदन पेश गर्ने २ पक्षविच भएको सहमतीपत्रमा उल्लेख गरिएको छ । सहमतीपत्रमा आयोजनाका तर्फबाट सञ्चालक शेरसिंह भाट, प्रमूख विज्ञानप्रसाद श्रेष्ठ र प्रवक्ता गणेश न्यौपाने तथा मजदुरहरुका तर्फबाट क्युपेक नेपालका अध्यक्ष नरनाथ लुँईटेल, जिफन्ट दोलखाका अध्यक्ष महेन्द्र पुरी, क्युपेक सिनोहाईड्रो कमिटिका अध्यक्ष सोनामदोर्जी शेर्पाले हस्ताक्षर गरेका छन् ।

सहमतिपश्चात मजदुरहरु काममा फर्केको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए। उनका अनुसार गोगरमा कार्यरत २ सय ५० मजदुरमध्ये अधिकांश काममा फर्किएका छन् । लामाबगरमा कार्यरत सम्पूर्ण चिनियाँ कामदार पनि काममा फर्किसकेका छन् । नेपाली कामदारहरु भने काममा फर्किरहेको उनले बताए। ‘मजदुरहरु काममा फर्किरहेका छन्। केही दिनमा नै सबै मजदुरहरु काममा फर्कीसक्छन’, न्यौपानेले भने।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना