• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

महाभारत कथाः अरु जलाउन खोज्दा आफैं जलेपछि

महाभारत कथालाई विश्वमा एक उत्कृष्ट कथाका रुपमा लिइने गरिन्छ । यसको मुल संस्कृतमा एक लाख श्लोक छन् । महाभारतमा भएका रमाइला रमाइला कथाहरु म यस खण्डमा प्रस्तुत गर्नेछू । हामीले सुन्दै पढ्दै आएको कुरा के हो भने कौरबहरुले पाण्डबहरुलाई लाहाका घरमा राखेर जलाउन खोजेका थिए । यसबारेमा अर्को रमाइलो कथा छ । जसले लाहाको घर बनाउन लगाको थियो । उ नै त्यहि घरमा जलेर मरेको रैछ .....


दूर्योधनको सल्लाहमा राजा धृतराष्ट्रले पाण्डबलाई बरणाबत शहरमा पठाउने निर्णय गरे । बरणाबतमा एउटा घरमा आगो लगाएर पाण्डब मार्ने दूर्योधनको योजना थियो । यस योजनामा मन्त्री पुरोचनले साथ दिएको थियो । पुरोचनलाई बोलाएर दूर्योधनले सल्लाह गर्‍यो । मैले पाण्डवहरुलाई बारणावत पठाउन बाबुलाई मनाएँ । अव उनिहरुलाइ कसरी सिद्ध्याउने त्यसमा उपाय दिनुपर्‍यो । 

पुरोचन र दूर्योधनको सल्लाहमा एक भव्य दरवार वारणाबातमा बनाउने तय भयो । त्यसका लागि पुरोचन आफैं वाराणावततिर लाग्यो । दरवार बनाउँदा आगो छिट्टै लाग्ने र भित्र पसेपछि भाग्न नमिल्ने गरि बनाउने भन्ने सल्लाह भयो । 

पाण्डबहरु वाराणावततर्फ प्रस्थान गर्ने दिनमा विदुर सँगै आएर उनले दोहोरो अर्थ दिने कुरा गरे । जसबाट षडयन्त्र भैरहेको छ भन्ने कुरा पाण्डबहरुले अनुमान गरे । पुरोचन पनि केहि दिनमा वारणावत पुग्यो । उ पनि पाण्डबहरुसँगै बस्न लाग्यो । एकदिन पाण्डबहरुका साथमा एक विदुरको दूत पुग्यो र भन्यो यो घरमा राखेर तिमीहरुलाई जलाउँदै छन् । म सुरुङ्ग बनाउन जान्ने भएका कारण मलाइ विदुरले पठाएका हुन् । त्यसपछि दूत र पाण्डब मिलेर सुरुङ्ग बनाए । दूतले कुन दिन षड्यन्त्र हुँदैछ भन्ने जानकारी पनि दियो । काम सकिएपछि पाण्डबहरु सुरुङ्गबाट बाहिर निस्किए र दरबारमा आफैंले आगो लगाइदिए । 

पुरोचन पाण्डबहरुको विश्वास जितेर दरवारमा आगो लगाउन गएको थियो । उ सुतेकै ठाउँमै जलेर मर्‍यो । किनभने उसले आगो लगाउन तोकेको मितिभन्दा पहिला नै सुरुङ्ग खन्ने काम सकिएको थियो । पाण्डवले योजना सबै थाहा पाइसकेका थिए । 

महाभारतको यो कथा कस्तो लाग्यो लेख्नुस है । म अरु कथा पनि लेखौला आगामि दिनमा .....

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना