• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

संकटमा माहुरिपालन व्यवसाय

अर्जुन दाहाल 
कुनै समय माहुरिपालनका लागि पकेट क्षेत्र घोषणा गरिएको दोलखा जिल्लाको मिर्गे गाविसमा अहिले मौरिपालन व्यवसाय संकटमा परेको छ ।

विगतमा माहुरिपालन व्यवसायबाट जीविकोपार्जन गर्दै आएका किसानहरु अहिले सो व्यवसायबाट पलायन भइरहेका छन । विगतमा सय घारसम्म माहुरी पालन गरेका मिर्गे दुईका किसान प्रकाशकुमार पाख्रिन मौरिमा देखा परेको रोगका कारण तिन वर्षअगाडीदेखि मौरिपालन व्यवसाय छोडी आफु अर्को व्यवसाय गर्न लागेको बताउनुहुन्छ । “माहुरीपालन व्यवसायबाट राम्रै आम्दानी भइरहेको थियो । तर एकाएक चाकामा बच्चा कुहिने रोग लाग्यो । रोग नियन्त्रणका लागि प्रभावकारी औषधी पाउन सकिएन । यसले गर्दा माहुरीपालन व्यवसाय छोड्न बाध्य भइयो ।” उनले भने ।
माहुरीका लागि आहारमा ध्यान दिन नसकेका कारण माहुरीपालन व्यवसाय फस्टाउन नसकेको बताउनुहुन्छ मिर्गे दुइ जैनालुका किसान सम्बरबहादुर तामाङ । “माहुरीलाई दिइने आहारा चिनीको मात्रा मिलाउन सकिएन । यसले माहुरी भटाभट म¥यो र बाँकी माहुरी पनि फस्टाउन सकेन ।” उनले अगाडी भने ।
मिर्गे गाविसलाई जिल्ला कृषि विकास कार्यालय दोलखाले माहुरीपालनको पकेट क्षेत्र घोषणा गरेपनि बेवास्ता गरेका कारण आफुहरु माहुरीपालन व्यवसायबाट पलायन हुनु परेको विगतमा रितेता माहुरीपालन समूह गठन गरि माहुरीपालन व्यवसायमा संलग्न मिर्गे ९ यार्साका रिने शेर्पा बताउनुहुन्छ । सम्बन्धीत निकायको वेवास्ता सँगसँगै माहुरीका लागि आहारा पनि कम भएको कारण माहुरीपालन व्यवसाय संकटमा परेको उनको बुझाइ छ । “बनमा फूल फूल्ने बिरुवा कम भएका छन । पहिलेको जस्तो बारीमा तोरी छर्न छोडिएको छ । यसले माहुरीलाई आवाश्यक खाना कम भएको छ । यसका कारण पनि मौरिपालन व्यवसाय संकटमा परेको हो”। उनले भने

विगतमा मिर्गे गाविसमा आधा दर्जन भन्दा बढि माहुरीपालन सम्बन्धी उद्योगहरु घरेलु तथा साना उद्योग कार्यालय चरिकोटमा दर्ता भई सञ्चालनमा रहे पनि अहिले प्रायजसो उद्योगहरु बन्द अवस्थामा रहेका छन ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

1 comment:

  1. Arjun G, Best of luck .I wiss u R success in your every step.I prey to God. Report Dherai ramro 6 .yasai gari pragati gardai ganu hola hai ta .

    Babita oli
    Radio shailung F.M,Dolakha

    ReplyDelete

हाम्रो फेसबुक पाना