• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

गजल:बनाँउछु भन्दै

बनाँउछु भन्दै थियौ, भा’को पनि तोड्यौ तिम्ले
सुन्दर संसार जाने बाटो, कुरुपतिर मोड्यौ तिम्ले ।


वाचा कसम खा’थ्यौ हिजो, नयाँ संसार निर्माण गर्न
अमृतको सहरभित्र, विषको बोटलाई गोड्यौ तिम्ले ।

छुन्छु भन्थ्यौ चन्द्रमा, पाँए भने मेरो साथ
उपयोग ग¥यौ अनि, बिच बाटैमा छोड्यौ तिम्ले ।

घिन लाग्न लागिसक्यो, तिम्रो नाङ्गो नाच हेर्दा
घरभित्रको समस्यामा, शत्रुसँ काँध जोड्यौ तिम्ले ।

जति आस थियो मेरो, सबै आज निरास भयो
आशाहरु मारेँ मैले, विश्वास सबै फोड्यौ तिम्ले ।

अर्जुन  ‘अपवाद’
मिर्गे–५,चिलाउनेखर्क
दोलखा
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना