भित्तामा झण्ड्याइएको क्यालेण्डरमा
पौष महिना देखा परेको
सत्ताइसौं दिनको दिन
म,
तिम्रो सालिकमा श्रद्धा अर्पण गर्न
एकाबिहानैको चिसो सिरेटोसँगै
अख्रकिएका हातभित्र
मुस्कुराइरहेको फूलको गुच्छा
हामी सबै एकै हौं
एकता नै भलो हो ।
एकनाश बोलिरहने तिम्रो मौनता
तिम्रो आर्दश, तिम्रो पौरख
सम्झिएर म
फूल तिमीलाई समर्पण गर्थे
आफ्नो माटो सम्झँदै ।
तिम्रो पौरख सम्झँदै ।
तर,
तिमीले पनि थाहा पायौ कि ?
तिम्रो हात भाँचियो
विविध बहानामा
तिम्रो अस्तित्वको धरहरा भाँचियो ।
पृथ्वी,
तिमी पृथ्वीमा
गल्र्यामगुर्लुम्म भएर पछारियौ
एउटा समूहले ताली बजायो
अर्काले थपडी मा¥यो
सबै एकै स्वरमा चिच्याए
निरंकुशता अन्त्य भयो ।
विगत वर्षका स्मृतिहरु बाहेक
यस चौबाटोमा
केही देखिन्न आजभोली
यत्रतत्र छरिएका
पृथ्वीका कणबाहेक ।
आत्तिएर बगीरहने वर्षझै
यस वर्षमा पनि
पौष आयो, सत्ताइस आयो
तैपनि
विगतमा तिमीलाई माला चढाउने
तिम्रो गुणगान गाउने
एउटा जमात आएन
माफ गर पृथ्वी, म पनि आँइन
यस चौबाटोमा आएर
मलाइ प्रतिगमनकारीको नाममा
अनुहारमा कालोमोसो
शरिरमा दुई चार थप्पड
अनि गाँउको कुख्यात छोरो
बन्न मन लागेन
मैले घरको कौशीबाट
सबैका आँखा छलेर
तिमीलाई दुई थोपा आँसु चढाँए
हुलबाट सकिनसकी जोगाएको
टुक्रा टुक्रा भइसकेको
तिम्रो बुढो तस्बिरमा
दुई चिम्टी अबिर दलिदिएँ
डरै डर भित्र
तिम्रो सन्तानले खाएको बिष
तिमीलाई मार्न काफी छ रे
तिम्रा फौजले कक्तिको
नाक कान काटे अरे
दूःख दिए अरे
त्यसैबेलाको पैंचो
अहिले फेरिएको रे ।
तिमीले जोडेका थियौ
जमात तोड्न चाहन्छ
तिमीले गाँसेका थियौ
जमात चँुडाल्न चाहन्छ
तोड्नेको संसारभित्र
जोड्नेहरु मूर्ख हुन ।
मनभित्र अथाह श्रद्धा भए पनि
तिम्राविरुद्ध नारा लगाउनुपर्छ
मेरो मनले महान भन्छ
तैपनि यो हुलका अगाडी मैले
कुख्यात र निच भन्नुपर्छ
त्यसैकारण
मलाई माफ गर पृथ्वी
म हाँसका बथानमा
बकुल्लो बन्न सकिन
मिर्गे– दोलखा
पौष महिना देखा परेको
सत्ताइसौं दिनको दिन
म,
तिम्रो सालिकमा श्रद्धा अर्पण गर्न
एकाबिहानैको चिसो सिरेटोसँगै
अख्रकिएका हातभित्र
मुस्कुराइरहेको फूलको गुच्छा
हामी सबै एकै हौं
एकता नै भलो हो ।
एकनाश बोलिरहने तिम्रो मौनता
तिम्रो आर्दश, तिम्रो पौरख
सम्झिएर म
फूल तिमीलाई समर्पण गर्थे
आफ्नो माटो सम्झँदै ।
तिम्रो पौरख सम्झँदै ।
तर,
तिमीले पनि थाहा पायौ कि ?
तिम्रो हात भाँचियो
विविध बहानामा
तिम्रो अस्तित्वको धरहरा भाँचियो ।
पृथ्वी,
तिमी पृथ्वीमा
गल्र्यामगुर्लुम्म भएर पछारियौ
एउटा समूहले ताली बजायो
अर्काले थपडी मा¥यो
सबै एकै स्वरमा चिच्याए
निरंकुशता अन्त्य भयो ।
विगत वर्षका स्मृतिहरु बाहेक
यस चौबाटोमा
केही देखिन्न आजभोली
यत्रतत्र छरिएका
पृथ्वीका कणबाहेक ।
आत्तिएर बगीरहने वर्षझै
यस वर्षमा पनि
पौष आयो, सत्ताइस आयो
तैपनि
विगतमा तिमीलाई माला चढाउने
तिम्रो गुणगान गाउने
एउटा जमात आएन
माफ गर पृथ्वी, म पनि आँइन
यस चौबाटोमा आएर
मलाइ प्रतिगमनकारीको नाममा
अनुहारमा कालोमोसो
शरिरमा दुई चार थप्पड
अनि गाँउको कुख्यात छोरो
बन्न मन लागेन
मैले घरको कौशीबाट
सबैका आँखा छलेर
तिमीलाई दुई थोपा आँसु चढाँए
हुलबाट सकिनसकी जोगाएको
टुक्रा टुक्रा भइसकेको
तिम्रो बुढो तस्बिरमा
दुई चिम्टी अबिर दलिदिएँ
डरै डर भित्र
तिम्रो सन्तानले खाएको बिष
तिमीलाई मार्न काफी छ रे
तिम्रा फौजले कक्तिको
नाक कान काटे अरे
दूःख दिए अरे
त्यसैबेलाको पैंचो
अहिले फेरिएको रे ।
तिमीले जोडेका थियौ
जमात तोड्न चाहन्छ
तिमीले गाँसेका थियौ
जमात चँुडाल्न चाहन्छ
तोड्नेको संसारभित्र
जोड्नेहरु मूर्ख हुन ।
मनभित्र अथाह श्रद्धा भए पनि
तिम्राविरुद्ध नारा लगाउनुपर्छ
मेरो मनले महान भन्छ
तैपनि यो हुलका अगाडी मैले
कुख्यात र निच भन्नुपर्छ
त्यसैकारण
मलाई माफ गर पृथ्वी
म हाँसका बथानमा
बकुल्लो बन्न सकिन
मिर्गे– दोलखा
apawad@hotmail.com
No comments:
Post a Comment