” अर्जुन “अपवाद
अनयास आँखा जुध्यो, एकोहोरो हेरिरहें ।बोल्ने शब्द हराएर, लामो श्वास फेरिरहें ।।
पहिला तिमी बोले हुन्थ्यो, मनका कुरा खोले हुन्थ्यो ।
यस्तै कुरा सोच्दा सोच्दै , आफ्नो मुटु सेरिरहें ।।
पहिला कतै भेट्या हो कि ? सोचिराथें आफैंभित्र ।
हुँदाखेरी अलमल्ल ,मनले मनलाई खेरिरहें ।।
के भन्यौ के ग¥यौ, थाहा छैन मलाई ।
सवै तिम्रा वचनहरु, नोकरले झै टेरिरहें ।।
अति सुन्दर जिउडाल, बोली झनै मिठो होला ।
मनभित्रको क्याभासमा, तिम्रै तस्विर कोरिरहें ।।
apawad@hotmail.com
ramro 6 sir
ReplyDelete