”अर्जुन “अपवाद
परम्परागत रुपदेखि धार्मीक कार्यक्रमहरुमा गाँउदै आइएको महाभारतको कथामा आधारित गायन सहितको नाच “बालन” लोप हुने अवस्थामा पुगेको छ । बालन गाउने कुरालाई युवा पुस्ताले बेवास्ता गरेका कारण यो नाच लोप हुने अवस्थामा पुगेको हो । उमेरले पचासी वर्ष पार गर्न लागेका जफेका नरनाथ पोखरेल आफ्नो समयमा भन्दा अहिले बालन भन्ने क्रम घट्दै गएको बताँउछन । “पहिले लगातार चार पाँच रातसम्म बालन खेलेको सम्झँदै उनले अहिलेका मानिसहरुले यसमा चासो नदिएको बताए । “आफुले अझै पनि यो परम्परा लोप हुन नदिन नयाँ पुस्तालाई तालिम दिने सोच बनाएको छु । तर अहिलेका ठिटाहरुलाई जाँड खाने मात्रै ध्यान छ, के को सिक्थे ।” उनले दिक्क मान्दै भने ।
आफुलाई बालन खेल्न असाध्यै रहर लाग्ने र अहिले पनि मौका मिले राम्रै खेल्ने गरेको अनुभव सुनाँउछन जफेका माधब पोखरेल । पहिलेका संस्कार हराउन नदिन युवाले सिकेर खेल्दै जानुपर्ने उनको भनाइ रहेको छ । “युवाले सिक्ने मन गर्नुपर्यो । पहिलाको संस्कार हराउनु भएन ।” उनले अगाडी थपे । बालन लोप भएर जानुमा अहिलेको पुस्ताले आफ्ना संस्कार बिर्सदै जानु प्रमुख कारण भएको धारणा व्यक्त गर्छन जफेका अर्का बृद्ध बल बहादुर बस्नेत । पहिलेको पुस्ताले संस्कृति जोगाँउदै आएको तर अहिलेका पुस्ताले सबै बिर्सिदै गएको कारण संस्कुति लोप हुन लागेको उनले बताए । “अहिलेको पुस्तालाई सिकाउन नसके यो लोप भएर जान्छ ।” उनले भने ।
No comments:
Post a Comment