• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

तिमीलाई हास्ने निउँ भो....................


 “अपवाद”

तिमीलाई हास्ने निउँ भो यो देशको रुवाबासी
तिमी गितमा नाचिराथ्यौ लखेटिदा सिमाबासी

तिम्रो भनाइ नमान्ने जन यहि देशका थिए
सबै पराई देख्न लाग्यौ आज को को के के भए
खरानीको दूःख हुन्न बस्ने आफ्नो घरै मासी
तिमी गितमा नाचिराथ्यौ लखेटिदा सिमाबासी



आफ्नै डम्फु बजाउछौ कैलेसम्म यस्तै गरि
बन्ला र नया घर तोकिएको सिमा भरि ?
लागिसक्यो यो देशमा बेथितीको ठूलै राशी
तिमी गितमा नाचिराथ्यौ लखेटिदा सिमाबासी

हाम्रा काधमा चढेका थियौ नया घर बनाउन
जिम्मेवारी विर्सियौकी ? नया पर्व मनाउन
सुन्तलीको चित्कारलाई टा¥यौ हाँसी हाँसी
तिमी गितमा नाचिराथ्यौ लखेटिदा सिमाबासी

आफैलाई नपोल्ने कस्तो आगो फूक्यौ देशमा
कति दिन हेरिराख्नु तिमीलाई नाङ्गो भेषमा
नया बन्ने आश म¥यो भाको पनि त्यसै नासी
तिमी गितमा नाचिराथ्यौ लखेटिदा सिमाबासी

पराइका बुइ चढी भाइसँग कुस्ती खेल्दा
नैतिकता पतन भो आफै आफै रुमल्लिदा
घर बन्ला र खरानीको पिण्डसँग अँगार गाँसी
तिमी गितमा नाचिराथ्यौ लखेटिदा सिमाबासी

सगरमाथा रुँदा आज तराइ डुब्न तयार छ
तिम्रो अझै ध्यान पुगेन विदेशको शयर छ
पश्चिम तिर महामारी तिमीलाइ हुन्छ बासी
तिमी गितमा नाचिराथ्यौ लखेटिदा सिमाबासी



सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना