अर्जुन “अपवाद”
नयाँ बर्ष ०६८ को शुभारम्भसंगै वितेको बर्ष ०६७ को समिक्षा सुरु भएको छ । सङ्कटकालिन अवस्थाबाट गुज्रीएको वितेको बर्ष २०६७ अपेक्षाकृत राम्रो बन्न सकेन । राजनीतिक अस्थिरता, कम्जोर शान्ति सुरक्षाको अवस्था, आर्थिक सङ्कट वितेको बर्षको विशेषता बन्न पुग्यो ।
तर दोलखाको सन्र्दभमा कुरा गर्ने हो भने वितेको बर्ष उपलब्धि मुलक नै रहेको विश्लेषण सबै क्षेत्रबाट गरेको पाईएको छ । दोलखाका राजनैतिक दलहरु वितेको वर्ष उपलब्धिमुलक भएको विश्लेषण गर्दछन । नेपालि कांग्रेस दोलखाका पार्टी सचिब केशव चौलागाइं । “अन्य जिल्लको तुलनामा दोलखा जिल्लको अवस्था राम्रो रह्यो । विकास निर्माण तथा राजनैतिक सहमतीको बातावरण जिल्लमा वर्षभर रहिरह्यो । ” चौलागाँइले भने । अपराधको तथ्याङ्क पनि विगत वर्षभन्दा गत वर्षमा घटेको जिल्ला प्रहरी कार्यालय दोलखामा रहेको रेर्कडले देखाएको छ । तर यस वर्ष विगत वर्षभन्दा सवारी दुर्घटना तथा कर्तव्य ज्यानका अपराधहरु वढेको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमूख धिरजप्रताप सिंह । जिल्लामा कर्तव्य ज्यानका घटनाहरु बढेपनि यस्ता खालका घटना व्यवसायिक हत्याराहरुवाट नभइ सामान्य घरायसी विवाद तथा क्षणिक आबेशमा आएर गरिएको देखिन्छन । यसलाई कम गर्नका लागि जनचेतना फैलाउने काम गर्नुपर्र्ने सिंह बताउनुहुन्छ ।
२०६७ सालमा विशेष गरि पार्टी संगठन तथा सुदृढिकरणमा केन्द्रित रहेको नेकपा एमाले दोलखा । एमाले दोलखाका पार्टी उपसचिब प्रोणप्रताप केसीले गत वर्षमा पार्टीले आन्तरीक जीवनलाई व्यवस्थित गर्दै गाविसस्तरमा रहेका सम्पुर्ण कमिटीलाई परिचालन गरि पार्टी सुदृढिकरणमा जोड दिएको बताए । गएको वर्षमा भएको राजनितीक सहमति उल्लेखनिय भएकोले नयाँ वर्ष २०६८ मा गत वर्षको झै राजनितिक सहमति गर्दै जानुपर्ने केसी बताउनुहुन्छ ।
मानवअधिकारको क्षेत्रमा भने गएको वर्षमा नयाँ खालका घटनाहरु देखा परेको बताउछन मानबअधिकारकर्मी तथा इन्सेक वर्षपुस्तक प्रतिनिधी उद्धब पोखरेल । मानवअधिकारका सवालमा कुरा गर्दा २०६७ मा नयाँ किसिमका मानवअधिकार हननका घटना देखा परेको छ । नाबलिका माथि बलत्कारको प्रयास तथा विगतका वर्षमा नभएको अपहरणको घटना पनि गएको वर्ष घटेको छ पोखरेलले भने । यस वर्षमा धेरै रुपमा महिला हिंसाका घटना घट्यो पोखरेलले भने । केन्द्रमा राजनैतिक दलहरुले गरेका कामले दोलखा जिल्ला पनि अक्षुतो रहेन राजनैतिक दलले सहि काम गर्न नसक्दा यसले सम्पुर्णं पार्टीप्रतिको विश्वास घटाएको बुझाइ छ एनेकपा माओवादी दोलखाका सचिवालय सदस्य इश्वर थापाको । “गएको वर्ष गाँउगाँउसम्म राजनैतिक दलहरु प्रतिको अविश्वास एकदमै बृद्धि भएको छ । यसलाई बुझेर अगाडी बढ्न नसके अवका दिनमा सिङ्गो नेपाली जनताले दललाई धिकार्ने छन ।” थापाले भने