• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

घरघरमा सुधारिएको चुलो

ईश्वरी दाहाल

मिर्गे / दाउराको बचत हुने तथा धुवाँले भाँडा कम कालो हुने भएपछि मिर्गे गाविसमा अहिले सुधारिएको चुलो बनाउने लहर चलेको छ । स्थानिय आर्वतन चेतना क्लबको जनचेतना अभियानपछि चुलो निर्माण गर्नेहरुको संख्या बढेको हो । परम्परागत चुलो भन्दा सुधारिएको चुलोमा दाउरा खपत कम हुने भएका कारण आफुले घरमा सुधारिएको चुलो निर्माण गरेको बताँउछीन मिर्गे – ५ , चिलाउनेखर्ककी नन्दकुमारी दाहाल । “यसले गर्दा दाउरा कम लागेको छ । यसले समय पनि बचत भएको छ । ” उनले भनिन । 
पछिल्लो समयमा सुधारिएको चुलो निर्माण तर्फ आकर्षण बढ्दै गएको बताँउछिन सुधारिएको चुलो पर्वद्धक मलमली तामाङ । “यो वर्षमा मात्र करिब १०० ओटा सुधारिएको चुलो निर्माण भयो होला ।” उनले भनिन । चेतना क्लबले गरेको सचेतना अभियानमा धुवाँले आँखा तथा मुटुसम्बन्धी रोग लाग्ने र सुधारिएको चुलो बनाँउदा धुवाँका कारण लाग्ने रोगमा कमी आउने थाहा पाएपछि आफुले पनि सुधारिसएको चुलो निर्माण गरेको बताँउछिन मिर्गे– ५,चिलाउनेखर्ककै बिन्दा दाहाल । परम्परागत चुलोको जसरी समय दिइरहनुनपर्ने तथा भाँडा पनि कम कालो हुने भएका कारण अधिकाश घरमा यो चुलोको प्रयोग बढ्न लागेको बताँउछन मिर्गेका दिपकुमार दाहाल .

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

हाम्रो फेसबुक पाना