• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

प्रतिगमनको हौवा

    ”अर्जुन  “अपवाद
    नेपालमा २०६२÷६३ मा भएको जनाआन्दोलनको बलमा पुर्नस्थापित भएको संसदले नेपाल संघिय, धर्मनिरपेक्ष र गणतान्त्रिक मुलुक भएको घोषणा ग¥यो । जनआन्दोलनको एकमात्र उद्देश्य भनेको राजतन्त्रको अन्त गर्नु थियो । आन्दोलनमा राजतन्त्रविरुद्ध चर्का नारा लागे पनि संघियता लगायतका विषयमा कुनै कुरा उठेका थिएनन । जनताले दलहरुलाई गणतन्त्र बाहेकका मुद्धामा कुनै अधिकार दिएका थिएनन । तर नेपालका दलहरुले आफ्नो अधिकारको दुरुपयोग गरि यो काम गरे ।
दलहरुले जनताका नाममा गरेका यस कार्यको विरोधमा एकदमै कम मात्रले आवाज उठाए । लोकतान्त्रिक भनिएको मुलुकमा अल्पमतको विचारलाई सम्मान गरिनु पर्ने हो तर नेपालमा लोकतन्त्रको खिल्ली उडाउँदै त्यसको विपक्षमा आवाज निकाल्नेहरुलाई प्रतिगमनकारीको विल्ला भिराइएको छ र यस्तो विचार प्रकट गर्नेलाई दक्षिणपन्थि तथा लोकतन्त्रका विरोधी भनेर कतिपय स्थानमा कालोमोसो दल्ने सम्मका काम भए । हालसम्म पनि भइरहेका छन ।
    जनताका नाममा आएको लोकतन्त्रले जनतालाई पिडा र निरासा भन्दा बाहेक केहि पनि दिएको छैन भनियो भने त्यसलाई पनि प्रतिगमनकारी तर्क भन्नेहरु थुप्रै निस्कन्छन । तर नेपालमा लोकतन्त्र आएको ५ वर्ष पुग्यो तर लोकतन्त्रमा पूर्व राजामहाराजाका शालिक ढाल्ने, आफ्ना कुरा सुनिएन भन्दै संसदको कुर्सी फाल्ने, गाँउगाँउमा जातियताको नाममा द्धन्द भड्काउने भन्दा बाहेकका उल्लेखनिय काम भएका छैनन । काम गर्न सकिएन भने सबैलाई अहिले त संक्रमणकाल हो नी भन्दै उम्किने गतिलो मौका मिलेको छ । तर यो संक्रमणकालमा नै सर्वोच्च अदालतमा पसेका प्रमुख न्यायाधिस रामप्रसाद श्रेष्ठले थोरै समयको अन्तरालमा थुप्रै काम सम्पन्न गर्न भ्याए । त्यस्तै काठमाण्डौको प्रहरी प्रमुख भएर छिरेका रमेश खरेलले छोटो समयमा नै काठमाण्डौको सुरक्षा व्यवस्थामा अनुभुती गर्न सकिने गरि परिवर्तन गरे । हाम्रा जनप्रतिनिधीहरु संसदमा कुटाकुट गर्दा महान काम गरेझैं गरेर नाक फुलाँउछन ।
         समाजमा दलहरुले गरेका कुराको विरोध गर्न पाइन्न । उनिहरुले जे गरे पनि जसो गरे पनि जयजयकार गर्नुपर्ने यो स्थिति हिटलरको शासनकाल भन्दा के फरक छ र ?
    कुनै पनि विचारलाई समयमा सम्वोधन गर्न नसके त्यसले समयक्रममा ठुलो घटनाको रुप लिन सक्छ । २०५२ सालमा तत्कालिन जनमोर्चा नेपालले नेपालमा गणतन्त्र चाहिन्छ भन्दै माग राखी काठमाण्डौमा आन्दोलन गर्दा उसको विचारलाई बलपुर्वक दवाइयो । त्यतिखेर गणतन्त्रको मागमा सहमत भएर उसको आन्दोलनमा साथ दिने जमात पनि त्यति ठुलो थिएन । सानो जमात भनेर सरकारले नसुनेका मागले २०६३ सालसम्म आइपुग्दा १९ हजारभन्दा बढिको ज्यान लियो । नेपाललाई विकासको गतिमा कैयौं वर्षपछाडी धकेल्यो । हिजो २३ जना पनि नभएको संगठनमा १९ हजारभन्दा वढि जनसेना संलग्न भए । त्यसैगरि यो माग राख्ने पार्टी नै संविधानसभाको निर्वाचनमा ठुलो दल बन्न पुग्यो । 
  अहिले हाम्रो समाजमा भइरहेका बहसमा दलहरुले गरेका कुराको विरोध गर्न पाइन्न । उनिहरुले जे गरे पनि जसो गरे पनि जयजयकार गर्नुपर्ने यो स्थिति हिटलरको शासनकाल भन्दा के फरक छ र ? अहिले नेपालमा संघियता उपयुक्त हुन्न भन्ने विचार राख्ने संविधानसभामा एक दल राष्ट्रिय जनमोर्चा मात्र छ । उसले राखेका विचारका बारेमा अहिले समाजमा बहस चलाइए त्यसलाई प्रतिगमनकारी भन्ने गरिन्छ । वास्तविकता के हो भने भिडभाडले मात्र सहि कुरा गर्छ भन्न सकिन्न । ग्यालिलियोले पृथ्वी गोलो भएको कुरा तत्कालिन समाजमा राख्न सकेनन । यस सिद्धान्त पत्ता लगाएवापत उनलाई कारबाही समेत गर्ने तयारी गरियो । कारबाहिबाट जोगिनकै लागि पनि उनले माफी माग्नु प¥यो । तर समयक्रममा उनको कुरा सहि कुरा भएको प्रमाणित भयो ।
    प्रकृतिमा भएका सबै कुरा सुन्दर छन । मानिसको हातमा परेपछि मात्र विग्रन सुरु गर्छन भन्ने रुसोको भनाईमा सबै सहमती हुन नसकेपनि केहि कुरा भने सत्य छन । विश्वमा सबै शासन व्यवस्था राम्ररी चलेका उदाहरण छन हामीसँग । संघियताले विकास भएका देश पनि छन भने संघियताले पतन भएका देश पनि विश्वमा छन । एकात्मक राज्य हुँदा पनि विकासको शिखरमा पुग्ने चिनजस्ता देशहरु पनि छिमेकमा नै छन । सबै कुरालाई अध्ययन गर्दा निस्कने निश्कर्ष भनेको के हो भने शासनव्यवस्था शासनशैली आफैमा ठुलो कुरा हैन नेतृत्व कर्ताभन्दा कि कसो त ?

मिर्गे–५,चिलाउनेखर्क, दोलखा
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

हाम्रो फेसबुक पाना