अर्जुन “अपवाद”
दोलखाको मेलुङ गाविसमा रहेको नेपाली सेनाको जग्गा स्थानिय वासिन्दाले अतिक्रमण गरेका छन । सेनाको नाममा रहेको ६५ रोपनी भन्दा धेरै जग्गामा अहिले स्थानिय वासिन्दाका ६० भन्दा वढि घर रहेको वर्द वहादुर गण चरिकोटका सेनानी यामबहादुर सापकोटाले जानकारी दिनुभयो । सेनाको जग्गा अतिक्रमण गर्नेमा निजि व्यक्तिसंगै सरकारी विद्यालय पनि रहेका छन ।
मेलुङको त्रिभुवन उमावी तथा मेलुङ क्याम्पसले पनि सेनाकै जग्गामा भवन वनाई पठनपाठन सञ्चालन गरिरहेका छन ।

विक्रम संवत २००७ सालमा सेनाको शिवदल गुल्म रहेको उक्त स्थानको जग्गामा अहिले प्रत्येक बुधबार हाट लाग्ने गरेको छ । सेनाको नाममा रहेको जग्गामा अहिले स्थानिय वासिन्दाका २ ओटा पक्कि २७ ओटा ढुङ्गामाटोका र ३७ ओटा खर र जस्ताको छानो भएका गरि जम्मा ६६ ओटा निजि घरहरु निर्माण गरिएका छन ।
आफ्नो नाममा रहेको जग्गा अतिक्रमण भइसकेपछि आफुले त्यस स्थानका स्थानिय वासिन्दालाई हट्नका लागि आग्रह समेत गरिसकेको बताँउछन सेनानि सापकोटा । यसका लागि हामीले नापी कार्यालयको सहयोगमा जग्गाको सिमाङ्कन समेत गरिसकेको र यसका बारेमा रक्षा मन्त्रालयलाई समेत जानकारी गराइसकेको उनले जानकारी दिए ।
त्रिभुवन उच्च माध्यामिक विद्यालयले २०५६ साल बैशाख २२ गते नेपाली सेनालाई एक पत्र लेखि सेनाको नाममा रहेको जग्गाको संरक्षणका लागि विद्यालयलाई जिम्मा दिनको लागि आग्रह गरेको थियो । सो स्थानमा रहेको विद्याप्रेमी वोर्डिङ लगायतका निजी भौतिक संरचना हटाइ तारबार गर्न लागेको पनि सापकोटाले जानकारी दिए ।

dharai ramro eesu ho yar thanks
ReplyDelete