" अपवाद"
१
साच्चै रुन मन लाको'छ आज तिम्रो नाममा सानी ।
दुख्या मनमा मलम लाउन
आउंछु तिम्रो गाममा सानी ।।
थुप्रै भो नि भेट नभाको
त्यही भ'र म भेट्न आ'को ।
सबै संदेश अटाको छू
यहि सानो खाममा सानी ।।
कैयौं माइल यात्रा गरि
तिमीलाई भेट्न आ'को छु ।
हृदयमा उब्जिएको
प्रेम प्यास मेट्न आ'को छु ।।
तिमि जस्तै, म त्यस्तै
भेट्ने क्षण भयो यस्तै ।
प्रेम धुन सुनाउने
सारंगी रेट्न आ'को छु।।
३
फोन छैन मिसकल छैन
साँचै माया मार्या हो कि ?
भेटिन्नौ नौ नि बजार तिर
अन्त बसाइ सार्या हो कि ?
४ तिम्रो मेरो पिडा एकै
ठाउँ फरक परे पनि ।
आफ्नै मात्र स्वार्थ छ
जसलाई जो मरे पनी ।।
को हुने आदिवासी
को को परे आप्रबासी ।
राज्य पेवा चाहियो रे
उनलाई जसै गरे पनी ।।
५
मै भनि मरीमेट्ने
हजार होलान सहरमा
अन्तै बसाई सरे भने
थुप्रै रोलान सहरमा
६
यो नया सालमा सानी
कुन कुरा दिनु मैले ।
सुभ होस् तिम्रो बाटो
किन चिन्ता लिनु मैले ।।
एकै बाटो यात्रा भयो
आज को कता गयो ।
चिन्ता गरि बस्नु भन्दा
अन्तै कुरा छिनु मैले ?
७ यो बिरानो चरिकोटमा
तिमि संगै भा'को भए ।
सह यात्रा गर्न हुन्थ्यो
एकै बाटो आ'को भय ।।
किन गर्छ्यौ नदेखे झैँ
चिठी पत्र नलेखे झैँ ?
हुने थेन कुनै शंका
अस्ति कसम खा'को भए ।।
८
आँसु खस्न खोज्छ किन ?
तिमीसंग छुट्नुपर्दा
एकै हुने लक्ष्य छोडी
अन्तैतिर जुट्नु पर्दा
मेरै भुलले हो कि सानु
तिम्रो गल्ति भयो कतै ?
अँध्यारो भो सबैतिर
बन्धन बिच्मै फुट्नु पर्दा
९
एकै गिलास पिउँन मन थ्यो
२,३ गिलास पुग्ने धन थ्यो
के भयो कसो भो हिजो भट्टीभित्र
होसमा हुँदा सडकमै जीवन थ्यो
१०यो प्रेम दिवसमा
के उपहार दिन्छ्यौ काली,
मेरै लागि भनिकन
कुन माल किन्छ्यौ काली ।
जे भएनि अरुबेला,
मिल्नुपर्छ अब हामी,
तिमी मेरो म तिम्रो
अन्त कता हिन्छ्यौ काली ।।
११
तिम्रो मेरो माया डोरी, टुट्यो कि आजभोली
आत्मियता हामी २ को, छुट्यो कि आजभोली
भेटघाट पातलो छ, रिसायर हो कि ?
सुन्दर संसार कोर्ने खाका, फुट्यो कि आजभोली
१२
न उठाउदा फोन तिम्ले
रुन्छ मन किन किन
नजिक हुन्छु भन्दै टाढा
हुन्छ्यौ झन् किन किन
१३ नया वर्ष आयो तर
पुरानै छ चालचलन
केहि मान्छे खुसि होलान
धेरै लै भा'छ जलन
बिते दिन आश गर्दै
आस्वासनले पेट भर्दै
कैलेसम्म गरि राख्ने
बिरोध अनि आन्दोलन
१४
यदि म मरे भने
विश्वासघात गरे भने
के गरौली सानी तिमि
अन्तै बसाई सरे भने
१५
के छ त्यस्तो रक्सिभित्र
पिउँ पिउँ लाग्ने सधै
जिउ मेरो के भो कुन्नि
त्यहिँ कुरा माग्ने सधै
अघि सम्म सद्धे थिय
हाल के छु थाहा छैन
नियाल्दा जीवन आफ्नै
दया मात्र जाग्ने सधै
१६ म बसाई सरिसके
भेट्न बेसी नझर है
समय नै पापी भयो
मलाई गाली नगर है
१७
कल थियो कि मिसकल थियो
गोजीमा फोन कराइराथ्यो
तिमि हौ कि अरु कोहि
उठाउन मन डराइराथ्यो
अस्ती आँखा तर्दै थियौ
हिजो गाली गर्दै थियौ
कि जोड्यौ अन्तै नाता
अर्कैले मन पराइराथ्यो .
१८
कालो चस्मा भित्रैबाट
आँखा किन त¥या होला ?
तिमी भन्दा मरिमेट्छु
रिस किन ग¥या होला ?
पर्न खोज्छु छेउतिर
बटारेर आफ्नो सिर
२ दिने जीन्दगीमा
दागा किन ध¥या होला ?
No comments:
Post a Comment