• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

सूर्य डेभलपमेण्ट बैंकको शाखा खोल्ने तयारी अन्तिम चरणमा


सुजन ओली

दोलखाको सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेको  सूर्य डेभलपमेण्ट बैंक लिमिटेड दोलखाले  उत्तरी गाउँ  सिंगटीमा आप्mनो शाखा विस्तार गर्ने भएको छ ।  दोलखालीकै लगानीमा खोलीएको बैंकले उत्तरी क्षेत्रका  २२ ओटा गाविसमा सेवा प्रवाह गर्ने सोचका साथ शाखा विस्तार गर्न लागेको बैङ्कका प्रमूख कार्यकारी अधिकृत सुन्दर खडेकाले जानकारी दिएका छन । स्थानीय बासिन्दाहरुलाई विभिन्न आयआर्जनका कृयाकलापमा सहयोग गर्न सहज र सुलभ दरमा ऋण प्रदान गरि आयआर्जनमा वृद्धि गराउने र सहज रुपमा जीवनयापन गर्न सक्षम बनाउने उद्देश्यका साथ शाखा सोल्न लागेको खड्काले बताए । 
प्रतिस्पर्धात्मक रुपमा बैक खोलेर अनुत्पादक क्षेत्रमा लगानी गर्ने परम्पराको विरुद्धमा उत्पादन क्षेत्रमा लगानी गरी स्वरोजगार तुल्याउने उद्देश्य पनि रहेको उनले वताए ।  
 “दोलखालीकै लगानीमा दोलखालीका लागि भनेर खोलिएको यो बैंकले उत्पादनमूलक क्षेत्रमा मात्र लगानी गर्छ । तल्लोस्तरसम्म बैकिङ सेवा दिएर कृषि, पशुपालनजस्ता क्षेत्रमा लगानी गरी स्वरोजगार बनाइनेछ ”। खड्काले भने 
शाखा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भैसकेको र जेठको अन्तिम सम्ममा सञ्चालन हुने त्यसपछि पूर्वीदक्षिणका बासिन्दाका लागि मैनापोखरी वा जिरीमा पनि शाखा खोलिने लक्ष्य रहेको पनि खड्काले वताए ।
कम्पनी ऐन २०६३ अन्तरगत पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई २०६७ साउनबाट वित्तीय कारोवार सुरु भएको यो बैंकको अधिकृत पूँजी १० करोड, जारी चार करोड, चुक्ता पूजी दुई करोड ८० लाख, लगानी र वचत करिब चार करोड रहेको बताइएको छ । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

हाम्रो फेसबुक पाना